वीरगन्ज– बारामा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ ।
स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो।
बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२ का २२ वर्षीय आयुष राईले शनिबार साँझ साढे ५ बजे सिमरा उपमहानगरपालिका–२ निवासी खड्काको घाँटीमा चक्कु प्रहार गरेका थिए । घाइते खड्काको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
घटनापछि तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिँदै घटनामा संलग्न रहेका मुख्य आरोपी राईसहित ३ जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
राईलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।