• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा

64x64
नेपाल लाइभ आइतबार, असोज ४, २०८३  २२:०९
1140x725
फाइल तस्बिर

काठमाडौं– जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगालस्थित स्टोर पुनः सञ्चालनमा आउने भएको छ। पुनर्निर्माणको काम पूरा भएपछि टंगाल स्टोर सोमबार बिहान १० बजेदेखि ग्राहकका लागि खुला गर्न लागिएको हो।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरलाई आवश्यक पुनर्निर्माण तथा व्यवस्थापनको काम पूरा गरी पुनः सञ्चालनमा ल्याउन लागिएको हो।

आन्दोलनका क्रममा देशभर भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेको थियो। तीमध्ये टंगालसहित १० वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन्। अब दमक र हेटौंडाका स्टोर मात्रै सञ्चालनमा आउन बाँकी छन्।

कम्पनीका अनुसार दमक र हेटौंडा स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको छ। दुवै स्टोरलाई समेत छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

‘खरानीबाट फेरि उठ्नेछौं’

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आन्दोलनका क्रममा ठूलो भौतिक क्षति भए पनि कम्पनीले पुनर्निर्माणलाई निरन्तरता दिएको बताएका छन्।

उनले कठिन परिस्थितिका बीच स्टोर पुनर्निर्माणमा सहयोग गर्ने ग्राहक, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए। तर पनि हामीले राज्यप्रतिको दायित्व बिर्सिएनौं,’ गुरुङले भनेका छन्, ‘हामी एउटा निष्कर्षमा पुग्यौं– खरानीबाट फेरि उठ्नेछौं।’

Ncell 2
Ncell 2
nimb
nimb

१० हजारभन्दा बढी कर्मचारीको रोजगारी निरन्तर

आन्दोलनबाट ठूलो भौतिक क्षति भए पनि कम्पनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारीलाई निरन्तरता दिएको जनाएको छ।

कठिन परिस्थितिमा समेत कर्मचारीलाई सेवाबाट अलग नगरेको र गत वर्षको दसैं बोनससमेत कटौती नगरी रोजगारीलाई निरन्तरता दिएको कम्पनीको भनाइ छ।

‘हामीले कर्मचारीलाई रोजगारीबाट अलग गरेनौं। गत वर्षको दसैं बोनससमेत कटौती नगरी उनीहरूको रोजगारीलाई निरन्तरता दियौं,’ गुरुङले विज्ञप्तिमार्फत भनेका छन्।

Xtrem

Xtrem

कम्पनीले पुनर्निर्माणका क्रममा चौबीसै घन्टा खटिएका कर्मचारी तथा सहयोगीहरूप्रति पनि आभार व्यक्त गरेको छ।

टंगाल स्टोर सञ्चालनमा आएपछि ग्राहकलाई नियमित रूपमा आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउने भाटभटेनीले जनाएको छ। साथै, आगामी दिनमा आधुनिक सुविधा, गुणस्तरीय सेवा तथा सहज किनमेलको वातावरण प्रदान गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।

पुनर्निर्माणमा सहयोग गर्ने ग्राहक, सहयोगी संस्था, शुभेच्छुक तथा प्रतिकूल परिस्थितिमा निरन्तर खटिएका कर्मचारीप्रति कम्पनीले धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  २२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढीले दुई झोलुङ्गेसहित फलामे पुल बगायो, २२ घर जोखिममा
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन
सम्बन्धित सामग्री
आज कति पुग्यो डलर ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... आइतबार, असोज २५, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढीले दुई झोलुङ्गेसहित फलामे पुल बगायो, २२ घर जोखिममा आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्