काठमाडौं– मिरुनालाई ब्राण्ड एम्बासडरका रूपमा नियुक्त गरिएको जानकारी भाटभटेनी सुपरमार्केटको आधिकारिक सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरिएको छ । भाटभटेनीले मिरुनालाई आफ्नो परिवारमा स्वागत गर्दै नयाँ सहकार्यप्रति खुशी व्यक्त गरेको छ ।
भाटभटेनीले सामाजिक सञ्जालमा लेखेको छ, ‘भाटभटेनी परिवारमा मिरुना मगरलाई हार्दिक स्वागत गर्दछौं ।’

भाटभटेनी सुपरमार्केटले मिरुनालाई आधिकारिक ब्राण्ड एम्बासडरका रूपमा स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै यो सहकार्यले साझा मूल्य, विश्वास र नेपालभरका परिवारका लागि स्मरणीय अनुभव सिर्जना गर्ने आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।
अभिनय यात्रामा पछिल्लो समय निरन्तर चर्चामा रहेकी मिरुना विभिन्न व्यावसायिक ब्राण्डसँग पनि जोडिँदै आएकी छिन् । भाटभटेनीसँगको यो सहकार्यसँगै उनको ब्रान्ड एम्बेसडरको भूमिकामा अर्को नाम थपिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।