काठमाडौं–आफूलाई राजनीतिक विश्लेषक बताउने भरत दाहाल पक्राउ परेका छन्।
उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको बताए ।
उनले भने, ‘साइबर ब्युरोको अनुरोधमा पक्राउ गरेका हौँ । आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने छ ।’
उनलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो ।
उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ। दहाल पछिल्लो समय सरकारविरुद्ध चर्को आलोचना गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।