काठमाडौं– प्रहरीले अखिल नेपाल फुटवल संघ (एन्फा)का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सन्जीव पाण्डेलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परेका हुन्। राष्ट्रिय खेलकुद परिषद् र बसन्त रिजालको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई ललितपुर जिल्ला अदालतले चार दिन म्याद थप गरी अनुसन्धान जारी राख्न अनुमति दिएको छ।
खेल मिलेमतो चाही कुन खेलमा भएको हो भन्ने विषय भने खुलाइएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।