• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

स्पट फिक्सिङ: अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, १२ जनालाई मुद्दा चलाउन सिफारिस

64x64
नेपाल लाइभ बुधबार, फागुन ३, २०७९  १२:२८
1140x725

काठमाडौं– नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा भएको स्पट फिक्सिङको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सकेर मंगलबार सरकारी वकिल कार्यालयमा फाइल पठाएको हो। 

सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता अच्यूतमणि नेउपानेले फायल आइसकेको नेपाल लाइभलाई बताए। ‘प्रहरीबाट मंगलबार हामीकहाँ फाइल आइसकेको छ। अध्ययन गरिसकेपछि मुद्दा दायर गर्छौं,’ नेउपानेले नेपाल लाइभसँग भने। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही समय पहिला भएको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा ‘स्पट फिक्सिङ’ भएको आशंकामा सीआईबीले अनुसन्धान गरेको थियो। 

सो क्रममा फिक्सिङ भएको निष्कर्ष निकाल्दै नेपाली राष्ट्रिय टोलीका पूर्व क्रिकेटर मेहबुब आलम र मोहम्मल आदिल अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। त्यसपछि फिक्सिङका विभिन्न पाटाहरु खुलेको सीआईबीले दाबी गरेको थियो।

१२ जनालाई मुद्दा चलाउन सिफारिस
सुरुवाती अनुसन्धानको क्रममा सीआईबीले स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको बताएको थियो। केही दिन अघि पत्रकार सम्मलेन गर्दै १० जनाको संलग्नता रहेको बताएको सीआईबीले अनुसन्धानको क्रममा थप २ जनाको संलग्नता देखिएको भन्दै १२ जनालाई मुद्दा चलाउन सिफारि गरेको छ। 

सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनमा १२ जनालाई मुद्दा चलाउनुपर्ने राय आएको सरकारी वकिल कार्यालयले जनाएको छ। जसमध्ये ३ जना मात्रै पक्राउ परेका छन्। 

सुरुवाती क्रममा सीआईबीले मेहबुब र आदिमलाई सीआईबीले पक्राउ गरेको थियो।  पछि वीरगञ्जका क्रिकेटर नितेश गुप्तालाई पक्राउ गरेको थियो। बाँकी ९ जनालाई फरार अभियुक्त बनाइएको छ। 

लिग सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्‌का सञ्चालकहरुलाई समेत प्रतिवादी बनाइएको छ। सञ्चालकहरु जतिन अहलुवालिया, अभिशेक सकलानी  र विनोद धानीलाई समेत प्रतिवादी बनाइएको छ। 

nimb
nimb

त्यसैगरी विराटनगर सुपर किंग्सका राहुल शर्मा, विराटनगर टिमको कप्तान रहेका वेस्टइन्डिजका खेलाडी एन्ड्री म्याकार्थीले बुकी, काठमाडौं नाइट्सका मालिक नवीन कँडेलसम्मलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी गरिएको छ। 

खेलकुद विकास ऐन आकर्षित
प्रतियोगिताका कमेन्टेटर सचिन तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै प्रतियोगितामा फिक्सिङ हुने गरेकाले प्रतियोगिताबाट बाहिरिएको बताएका थिए। त्यसपछि काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नो टोली एक जनालाई फिक्सिङको प्रस्ताव आएको र एन्टीकरप्सन युनिटमा जानकारी गराएको बताएका थिए। 

फिक्सिङ भएको विषय सार्वजनिक भएपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए। त्यसपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको कमाण्डमा एउटा समिति नै गठन गरेर छानबिन सुरु गरेको थियो। सो क्रममा फिक्सिङ भएको निष्कर्ष निकालिएको थियो। 

आरोपित  खेलाडीहरुलाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अन्तर्गतको कसुरमा कारबाही गर्नुपर्ने राय दिइएको छ। उक्त ऐनको दफा ३१ अन्तर्गतको कसुर उनीहरुलाई आकर्षित हुने बताइएको छ।

दफा ३१ मा खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने उल्लेख छ। यसको व्याख्या गर्दै भनिएको छ, ‘नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदलाधिकारीले त्यस्तो खेल प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामले प्रतिकूल हुनेगरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन।’

स्पट फिक्सिङ गरेको पुष्टि भएमा ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ।


सम्बन्धित सामग्री:

क्रिकेटमा स्पट फिक्सिङ : क्यानका अध्यक्ष चन्दसँग सीआईबीले गर्‍यो सोधपुछ  

टी–२० लिग स्पट फिक्सिङ प्रकरण: २ जना क्रिकेटर प्रहरी नियन्त्रणमा 

क्रिकेटमा स्पट फिक्सिङ: भारतमा रहेका पूर्वराष्ट्रिय खेलाडीसम्म देखियो ‘नेक्सस’

स्पट फिक्सिङ : १ बलबापत १० लाखसम्मको अफर, अडियो–भिडियोे प्रमाण नै फेला पारेको सीआईबीको दाबी

‘स्पट फिक्सिङ’ प्रकरण : खेलाडी विदेशमा, आईसीसीको रिपोर्ट कुर्दै सीआईबी 

हाम्रा एक खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव आएको थियो : ज्ञानेन्द्र मल्ल

म्याच फिक्सिङबारे क्यानले भन्यो– हल्ला मात्र हो 

नेपाल टी–२० लिगमा फिक्सिङ र बेटिङको आशंका, अनुसन्धान गर्दै सीआईबी

नेपाल टी–२० लिगमाथि छानबिन गर्न गृहमन्त्री लामिछानेको आग्रह

टी–२० लिगको स्पट फिक्सिङमा ‘१० जनाको संलग्नता’: ४ नेपाली, ६ जना विदेशी

स्पट फिक्सिङमा संलग्न भएको आरोपमा थप एकजना पक्राउ 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिन्धुपाल्चोकसहित ५ जिल्लामा सतर्कता अपनाउन आग्रह
थप ठूलो बाढी आउने विश्वसनीय सूचना प्राप्त छैन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
लगातार दोस्रो जितको खोजिमा नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत बुधबार  नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध प्रतिस... बुधबार, भदौ १०, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए जनकपुर बोल्ट्सले मंगलबार सामाजिक सञ्जालमार्फत ३५ वर्षीय नीशमलाई टोलीमा पुनः अनुबन्ध गरेको जानकारी दिएको हो। मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको होबार्ट हुरिकेन्स एकेडेमी... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
सिन्धुपाल्चोकसहित ५ जिल्लामा सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
थप ठूलो बाढी आउने विश्वसनीय सूचना प्राप्त छैन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण बिहीबार, भदौ ११, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्