• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

क्रिकेटमा स्पट फिक्सिङ: भारतमा रहेका पूर्वराष्ट्रिय खेलाडीसम्म देखियो ‘नेक्सस’

प्रतियोगिता विवादास्पद भएपछि आयोजक फरार 
64x64
नारायण अधिकारी बुधबार, पुस २०, २०७९  १८:१६
1140x725

काठमाडौं– नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा फिक्सिङ र बेटिङको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थालेको अनुसन्धानमा भारतमा रहेका पूर्वराष्ट्रिय क्रिकेट खेलाडीसम्म ‘नेक्सस’ देखिएको छ। 

हाल भारतमा रहेका ती पूर्वराष्ट्रिय क्रिकेट खेलाडीले नेपाली खेलाडीलाई 'स्पट फिक्सिङ' का लागि प्रयोग गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको सीआईबी स्रोतले दाबी गरेको छ। 

‘नेपाली खेलाडीलाई भारतीय फिक्सरहरुले सिधै अप्रोच गर्ने भन्दा पनि नेपालकै पूर्व राष्ट्रिय क्रिकेट खेलाडीलाई प्रयोग गरिएको देखिएको छ,’ एक अनुसन्धान अधिकारीले भने। यद्यपि यसबारे विभिन्न प्रमाण जुटाउने र थप पुष्टि गर्ने काम भइरहेकाले अहिले थप विषय खुलाउन नमिल्ने ती अधिकारीले नेपाल लाइभलाई बताए। 

भारतमा रहेका ती नेपाली खेलाडीको को–कोसँग कनेक्सन देखिन्छ र उनीहरुले कसरी स्पट फिक्सिङ गरे भन्नेबारे अहिले अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ। 

अर्कोतर्फ फिक्सिङमा बढी विदेशी खेलाडीलाई प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ। बेटिङ र फिक्सिङ गराउनेहरु समेत भारतीय नागरिक रहेको हुनाले उनीहरुले विदेशी खेलाडीहरुलाई प्रयोग गरेर फिक्सिङ गर्ने गरिएको आशंका सीआईबीको छ। 

यसअघि गत मंसीर २ गते नेपाल र युएईबीच त्रिवि मैदान कीर्तिपुरमा भएको म्याचमा बेटिङ हुने गरेको आशंकामा पनि सीआईबीकै टोलीले ३१ जना भारतीयलाई पक्राउ गरेको थियो। 

त्यतिबेला क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणबाट सट्टेबाजी गर्दा कम्तीमा ३ सेकेन्ड ढिला हुने र प्रभावकारी सट्टेबाजीमा असर पर्ने हुँदा उनीहरु आफैं मैदानमा उपस्थित भएर ‘बल–टु–बल’ को बेटिङ गराएको पाइएको थियो। अहिले भने त्योभन्दा डरलाग्दो रुपमा खेलाडीहरुलाई समेत प्रभावमा पारेर 'बल टु बल स्पट फिक्सिङ' गराइएको हुनसक्ने आशंका गरिएको छ। यसमा पनि भारतीयले नै मुख्य भूमिका खेलेको प्रहरीका अनुसन्धान अधिकारी बताउँछन्। मुख्य योजनाकारहरु भारतमा बस्ने र एजेन्ट पठाएर स्पट फिक्सिङ गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

'स्पट फिक्सिङ'
त्रिवि क्रिकेट मैदानमा जारी लिगमा म्याच फिक्सिङ नभइ स्पट फिक्सिङ भएको हुनसक्ने प्रहरीको दाबी छ। ‘म्याच फिक्सिङ असम्भव जस्तै छ। टोलीका सबै सदस्य एकजुट हुनुपर्छ। तर यहाँ बल टु बल स्पट फिक्सिङ भएको हुनसक्ने देखिएको छ,’ सीआईबी स्रोतले भन्यो। सोहीअनुसार अहिले प्रहरीले स्पट फिक्सिङको बारेमा अनुसन्धान अघि बढाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

स्पट फिक्सिङबारे उदाहरण दिँदै ती अधिकारीले सुनाए, ‘यो बल वाइड फाल्छ वा यो बल नो हुन्छ भन्दै बेटिङ राख्ने र लाखौं कमाउने गरिएको आशंका गरिएको छ। जसका लागि खेलाडीलाई पहिल्यै यति ओभरको यति बल नो बल फाल्ने वा वाइड फाल्ने भन्ने भनिएको हुन्छ।’

सीआईबीले स्पट फिक्सिङ घटनाको अनुसन्धानका लागि प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमाण्डमा छुट्टै टोली गठन गरेको छ। 

यसअघि पक्राउ परेका बेटिङ खेलाउने व्यक्तिहरुसँग फिक्सरको कनेक्सन छ छैन वा उनीहरु आफैं फिक्सरको भूमिकामा समेत छन् भन्नेबारे सीआईबीले अनुसन्धान गरिरहेको छ। 

फिक्सिङ र बेटिङ हुने गरेको भन्दै उजुरी परेपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो। सीआईबीका एक अधिकारीले अनुसन्धान सुरु गरिएको पुष्टि गरे। 

विवादास्पद भारतीय कम्पनीलाई सेटिङमै आयोजनाको जिम्मा
नेपाल क्रिकेट संघ क्यानले २०७७ मंसिरमा लिगको सम्पूर्ण जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्‌लाई दिएको थियो। भारतमा बेटिङ समेत गराउने गरेको भनेर बदनाम भएको कम्पनीबाट सुरुमा १० वर्षका लागि क्यानले लिग सञ्चालनको जिम्मा दिएको थियो। उक्त अवधिमा क्यानले ४२ करोड रुपैयाँ पाउने सम्झौता भएको थियो। 

विवाद भएपछि त्यसलाई छोट्याएर ८ वर्षमा झार्दै ३३ करोड रुपैयाँ पाउने सर्तमा क्यानले सेभेन थ्री स्पोटेर्सलाई जिम्मा दिएको थियो। 

सपना अहलुवालिया र जटिन अहलुवालिया निर्देशक रहेको सो कम्पनीले नेपाल टी–२० लिगको सम्पूर्ण व्यवस्थापन गर्ने, खेलाडी अनुबन्धन, टेलिभिजन प्रसारण, प्रायोजकसम्म सबैको जिम्मा दिइएको थियो। 

‘करोडौं लगानी गरेर फ्रेन्चाइज गर्ने जिम्मा लिइएको देखिन्छ। तर दर्शक र प्रायोजक समेत नहुँदा आर्थिक संकट हुनुपर्नेमा  कसरी फ्रेन्चाइज भइरहेको छ भन्ने प्रश्न समेत उठेको छ। जसकारण पनि स्पट फिक्सिङ हुनसक्ने आधार र कारणहरु देखिन्छन्,’ सीआईबीका एक अधिकारी भन्छन्। 

ग्लोबल टेन्डर नै नगरी सार्वजनिक खरिद नियमावली छलेर क्यानले सुटुक्क ८ वर्षसम्म प्रतियोगिता सञ्चालनको सबै जिम्मा सेभेन थ्री स्पोर्टर्सलाई सुम्पिएपछि उक्त विवाद त्यतिबेलै संसद्‌देखि सर्वोच्चसम्म पुगेको थियो। सांसद गोकुल बाँस्कोटाले त्यतिबेलै प्रतिनिधि सभामा सार्वजनिक खरिद निमायवली छलेर बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई लिग सञ्चालनको जिम्मा दिनु र भारतीय कानुन मान्नुपर्ने भन्ने विषय आपत्तिजनक रहेको बताएका थिए। 

अर्कोतर्फ एभरेस्ट प्रिमियर लिग समेत सञ्चालन गरिसकेका आमिर अख्तरले सेभेन थ्री स्पोर्टस्‌लाई आयोजनाको जिम्मा दिएपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा नै हालेका थिए। उक्त मुद्दा अहिलेसम्म बिचाराधीन छ। 

खेलाडीनै भन्छन्– फिक्सिङको अफर आयो
काठमाडौं नाइट्सको कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले समेत आफ्ना एक खेलाडीलाई फिक्सिङ प्रस्ताव आएको बताएका छन्। मंगलबार विराटनगर सुपर किंग्ससँगको खेलपछि प्रेस कन्फ्रेन्समा उनले फिक्सिङको अफर आएको खुलासा गरेका हुन्। 

यसबारे आफूले तत्काल एन्टी करप्सन युनिट (एसीयू) लाई जानकारी समेत दिएको मल्लको दाबी थियो।  

‘अरु टिमबारे मलाई थाहा भएन। हाम्रो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको साँचो हो। त्यसपछि हामीले नियमअनुसार एसीयुलाई जानकारी गरायौं,’ मल्लले भने। 

कप्तान मल्लले नै फिक्सिङको अफर आएको खुलासा गरेपछि सीआईबीले यसलाई गम्भीर रुपमा लिँदै अनुसन्धान अघि बढाएको छ। 

‘खेलाडीले नै फिक्सिङको अफर आएको थियो भन्ने गम्भीर कुरा खुलाएपछि यसमा क–कसको के भूमिका छ, क्यान कहाँ चुकेको छ भन्नेबारे हामीले हेरिरहेका छौं,’ एक अनुसन्धान अधिकारीले नेपाल लाइभसँग भने। 

ज्ञानेन्द्रले फिक्सिङबारे बोलेपछि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले पनि स्पट म्याच फिक्सिङ प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने धारणा राखेका थिए।  

‘नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरू पार गर्दै राम्रो स्वरूप लिने क्रम जारी थियो। यो अनवरत यात्रा र उतारचडावकै बीच नेपाल टी–२० मा म्याच फिक्सिङजस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ। यो अपराधको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गरियोस्,’ खड्काले भनेका छन्। 

प्रतियोगिता सुरु भएदेखि नै विवादमा परे पनि कमेन्टेटर सचिन तिमल्सेना बाहिरिएपछि झनै विवादित बनेको थियो। कमेन्टेटर सचिन तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै प्रतियोगितामा फिक्सिङ हुने गरेकाले प्रतियोगिताबाट बाहिरिएको बताएका थिए। 

उनले भनेका थिए, ‘आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ। यसले नतिजामा असर नगरे पनि खेलको दौरानमा भने केही काम गर्छ। जुन पहिल्यै भनेअनुसार गरिएको हुन्छ।’

प्रतियोगिता विवादास्पद भएपछि आयोजक फरार
फिक्सिङ आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएपछि आयोजक भने फरार भएका छन्। क्यानलाई समेत जानकारी नै नदिइ आयोजक कम्पनी सेभेन थ्री स्पोर्टका कर्मचारी भारत पुगेपछि थप आशंका गरिएको छ। 

खेलाडीहरुले अहिलेसम्म पारिश्रमिक समेत नपाउनु र फिक्सिङको आरोपमा अनुसन्धान सुरु भएलगत्तै फरार हुनुले घटनालाई थप रहस्यमय बनाएको छ। सेभन थ्री स्पोर्ट प्रमुख जतिन अहलुवालिया समेत अहिले नेपाल छाडेर भारत पुगिसकेका छन्। तर आफू नभागेको र नेपालमा थ्रेट भएकाले भारत आएको अहलुवालियाले दाबी गरेका छन्। 

कम्पनीका प्रमुखले नै नेपाल छाडेपछि प्रतियोगिता थप अन्योल बनेको छ भने खेलाडीले पाउने पारिश्रमिक समेत के हुने भन्ने अनिश्चित भएको छ।

 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नेपालको शानदार जित, ओमान ६० रनमै अलआउट नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो । बिहीबार, भदौ २५, २०८३
ओमानविरुद्ध नेपाल १४७ रनमै अलआउट, दीपेन्द्रको अर्धशतक क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भयो। बिहीबार, भदौ २५, २०८३
फाइनलमा पुग्न नेपालले पहिला ब्याटिङ गर्ने नेपालले एसीसी पुरुष प्रिमियर कपको फाइनलमा प्रवेश गर्न पहिला ब्याटिङ गर्ने भएको छ। बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
सडकपेटीमा प्रसूति प्रकरण : ड्युटीमा रहेका अस्पतालका कर्मचारी हटाइए, छानबिन सुरु शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री बालेनले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
परराष्ट्रमन्त्री र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता शुक्रबार, भदौ २६, २०८३
भारतसहितका राजदूतहरूको आउजाउ, को आए ? को जाँदै ? शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्