• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मोटोपनाको नयाँ परिभाषा दिनुपर्नेमा अन्तर्राष्ट्रिय अध्ययनको जोड

64x64
नेपाल लाइभ सोमबार, माघ ७, २०८१  ०८:४५
1140x725

अहिले धेरै मानिसमा मोटोपना भएको भनिँदै छ जबकि त्यसको "अझ बढी सटिक" र "सूक्ष्म" परिभाषा आवश्यक रहेको विश्वभरिका विज्ञहरूको एउटा अध्ययन प्रतिवेदनले औँल्याएको छ।

उक्त अध्ययनअनुसार धेरै बोसो भएका बिरामीहरूको समग्र स्वास्थ्यबारे चिकित्सकहरूले विचार गर्नुपर्छ न कि उनीहरूको बडी मास इन्डेक्स (बीएमआई) मात्र हेर्नुपर्छ।

साथै तौलका कारण दीर्घरोग निम्तिएका मानिसहरूलाई 'क्लिनिकल मोटोपना' भएका र कुनै स्वास्थ्य समस्या नदेखिएका मोटा मानिसलाई 'प्रि-क्लिनिकल मोटोपना' भएका भन्नुपर्ने उल्लेख छ।

विश्वभरि मोटोपना भएका एक अर्बभन्दा बढी मानिस रहेका छन् र तौल घटाउने प्रेस्क्रिप्शनका औषधिहरूको माग उच्च रहेको छ।

द ल्यान्सेट एन्ड इन्डोक्राइनोलजी नामक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनलाई विश्वभरिका ५० जनाभन्दा स्वास्थ्यविद्‌हरूले समर्थन गरेका छन्।

'पुनः परिभाषा'
"मोटोपना एउटा स्पेक्ट्रम हो," समूहको नेतृत्व गरेका किङ्ग्स कलेज लन्डनका प्राध्यापक फ्रान्सुको रुबिनो भन्छन्।

"केही मानिसहरूलाई मोटोपना छ र उनीहरू सामान्य जीवनयापन गरिरहेका छन्। सामान्य ढङ्गले काम गरिरहेका छन्।"

"अरू चाहिँ हिँड्न वा राम्रोसँग सास लिन सक्दैनन् अथवा विभिन्न स्वास्थ्य समस्यासँगै ह्विलचेअरमा उनीहरू निर्भर हुन्छन्।"

Ncell 2
Ncell 2
nimb
nimb

रोगसहितका बिरामी र स्वस्थ तर भविष्यमा रोगको जोखिममा रहेका मोटा मानिसबीच फरक छुट्ट्याउनका निम्ति मोटोपनाको परिभाषा "बदलिनुपर्ने" अध्ययन प्रतिवेदनले जनाएको छ।

हाल धेरै देशमा बीएमआई ३० भन्दा माथि भएका मानिसहरूलाई मोटोपना भएको भन्ने गरिएको छ। उक्त मापनमा मान्छेको उचाइ र तौलमा आधारित भई शरीरमा रहेको बोसोको अनुमान गरिन्छ।

यूकेका धेरै हिस्सामा तौलसम्बन्धी मानिसहरूको स्वास्थ्य अवस्थाको जानकारी एनएचएसलाई आवश्यक हुन्छ।

तर उक्त अध्ययन प्रतिवेदनका अनुसार बीएमआईले बिरामीको समग्र स्वास्थ्य अवस्थाबारे केही खुलाउँदैन र मांसपेशी र शरीरको बोसो छुट्ट्याउन विफल हुन्छ अथवा कम्मर अनि अरू अङ्ग वरपर जम्ने खतरनाक बोसोबारे खुलाउँदैन।

Xtrem

Xtrem

विज्ञहरूले नयाँ मोडेलको वकालत गरेका छन् जसले शरीरका अङ्गलाई असर पार्ने- उदाहरणका लागि मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोग र टाइप टू डाइबिटिज अथवा जोर्नीमा हुने दुखाइ- मोटोपनाका लक्षणलाई र दैनिक जीवनमा तिनले पार्ने असरलाई हेर्छ।

यसले मोटोपना एउटा क्लिनिकल रोग भइसकेको र त्यसको ‍औषधोपचार गर्नुपर्छ भन्ने देखाउँछ।

तर 'प्रि-क्लिनिकल ओबेसिटी(मोटोपना)' भएका व्यक्तिहरूलाई औषधि दिनु वा शल्यक्रिया गर्नुको साटो तौल घटाउन सल्लाह दिनुपर्छ, परामर्श दिनुपर्छ र स्वास्थ्य समस्या निम्तिने जोखिम कम गर्नका लागि हेरिराख्नुपर्छ। उपचार पनि आवश्यक हुन सक्छ।
'अनावश्यक उपचार'
"मोटोपना एउटा स्वास्थ्य जोखिम हो- फरक के हो भने कतिपय मानिसका लागि यो एउटा रोग पनि हो," प्राध्यापक रुबिनोले भने।

"मोटोपनाको अहिलेको अस्पष्ट दृश्य" को सट्टा ठूलो जनसङ्ख्यामा त्यसको जोखिमको स्तर बुझ्नका निम्ति मोटोपनलाई पुनःपरिभाषित गर्नु तर्कसङ्गत हुने उनी बताउँछन्।

यो अध्ययन प्रतिवेदनमा योगदान पुर्‍याएका बालबालिकाको मोटोपनासम्बन्धी विज्ञ एवं सिड्नी विश्वविद्यालयस्थित प्राध्यापक लुइस बाउरका अनुसार नयाँ परिभाषाले मोटोपनका शिकार भएका बालबालिका तथा वयस्कको "अझ उपयुक्त स्याहार गर्न" सघाउन सक्छ भने मोटोपनाको सङ्ख्या धेरै प्रमाणित गर्ने र अनावश्यक उपचारको समस्यालाई घटाउन सक्छ।

शरीरको तौल २० प्रतिशतसम्म घटाउने औषधिको प्रेस्क्रिप्शन ठूलो स्तरमा भइरहेका बेला अध्ययन प्रतिवेदनले मोटोपनालाई पुनः परिभाषित गर्न "अझ बढी सान्दर्भिक" रहेको औँल्याएको छ। किनकि त्यसले मोटोपना प्रमाणित गर्ने कार्यलाई अझ विश्वासिलो बनाउने छ।

'सीमित सहयोग'
रोयल कलेज अफ फिजिसिअन्सले "मोटोपनाको उपचार अरू दीर्घरोगको उपचार जस्तै उही चिकित्सकीय ध्यान र करुणाका साथ गर्न" एउटा बलियो आधार अध्ययन प्रतिवेदनले तयार गरेको जनाएको छ।

प्रि-क्लिनिकल र क्लिनिकल मोटोपनाबीच फरक छुट्ट्याउनु "एउटा महत्त्वपूर्ण कदम" हुने छ र गम्भीर रूपमा असर परिसकेका बिरामीलाई उपयुक्त स्याहार दिन प्रतिवेदनले मोटोपनाको पहिचान गर्न तथा समयमै आवश्यक कदम चाल्ने विषयमा जोड दिएको कलेजले जनाएको छ।

तर स्वास्थ्य बजेटमा पर्ने असरबारे चिन्ताहरू छन् जसको अर्थ 'प्रि-अबेसिटी' समूहमा पर्ने बिरामीहरूका लागि थोरै रकम उपलब्ध होला भन्ने पनि हुन्छ।

न्यूजील्यान्डको ओटागोस्थित एड्गार डाइबिटिज एन्ड ओबिसिटी रिसर्च सेन्टरका सहनिर्देशक एवं प्राध्यापक सर जिम मेनका अनुसार "चिकित्सकीय रूपमा मोटोपना भएको परिभाषामा पर्नेहरूको आवश्यकतामा जोड दिएको देखिन्छ" र उनीहरूका लागि सहायता उपलब्ध हुने "सम्भावना निकै" देखिन्छ। बीबीसी
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जापानलाई नेपालको विशाल लक्ष्य, वर्षाले खेल रोकियो
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए
सम्बन्धित सामग्री
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बताए। बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
जापानलाई नेपालको विशाल लक्ष्य, वर्षाले खेल रोकियो शनिबार, असोज १०, २०८३
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु शनिबार, असोज १०, २०८३
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए शनिबार, असोज १०, २०८३
गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा शनिबार, असोज १०, २०८३
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्