काठमाडौं – तीनकुने घटनामा संलग्न भएको भन्दै प्रहरीले दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ।
‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई बालाजु क्षेत्रबाट आज पक्राउ गरिएको प्रहरी स्रोतले बतायो।
शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए। प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो।
उनले आजै मात्र पत्रकार मृत्युको कारण राज्यपक्ष भएको आरोप लगाउँदै फेसबुक स्टाटस राखेका थिए।
प्रहरीले राजावादीहरुको प्रदर्शनमा सहभागी राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा. धवलशम्शेर राणा र स्वागत नेपाल लगायतलाई शुक्रबार नै पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।