• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

‘स्पट फिक्सिङ’ प्रकरण : खेलाडी विदेशमा, आईसीसीको रिपोर्ट कुर्दै सीआईबी

आयोजक फरार भएपछि उधारो उपाधि 
64x64
नारायण अधिकारी बुधबार, माघ ४, २०७९  १२:३४
1140x725

काठमाडौं– नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा ‘स्पट फिक्सिङ’ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन गरिरहेको छ। प्रतियोगिता सुरु भएदेखि नै स्पट फिक्सिङ भएको आशंकामा छानबिन सुरु गरेको सीआईबीले प्रतियोगिता सम्पन्न भएर खेलाडीहरु विदेश पुग्दासम्म छानबिन टुंग्याएको छैन। 

अनुसन्धानको जिम्मा पाएको सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) कमल थापा छानबिन अन्तिम चरणमा पुगेको बताउँछन्। ‘छानबिन अन्तिम चरणमा पुगेकाले छानबिन सकिएपछि यथार्थ विवरण बाहिर आउने छ,’ प्रवक्ता थापाले भने। 

छानबिनका क्रममा सीआईबीले क्यानका पदाधिकारीहरु र खेलाडीहरुलाई सीआईबी कार्यालयमै बोलाएर सोधपुछ समेत गरेको थियो। खेलाडीहरुले भने अनुसन्धानमा सहयोग गर्नका लागि आफूहरुले देखेको कुरा प्रहरीलाई बताएको दाबी गर्दै आएका छन्। 

लुम्बिनी अलस्टार र फारवेस्ट युनाइटेडबीच भएको दोस्रो खेलका केही गतिविधि शंकास्पद देखिएको सीआईबीको दाबी छ। स्पट फिक्सिङ भएको हुनसक्ने विषय सार्वजनिक भएपछि अन्तर्राष्ट्रियक क्रिकेट परिषद् (आईसीसी)को २ सदस्यीय प्रतिनिधिमण्डल नेपालमा आएको थियो। 

आईसीसीको इन्ट्रिग्रेटी युनिटका एन्ड्रयु इफग्रेभको नेतृत्वमा २ सदस्यीय टोली काठमाडौं आएको थियो। उक्त टोलीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग छलफल गरेका थियो। स्रोतका अनुसार आईसीसीको टोलीले सीआईबीका एआईजी उत्तमराज सुवेदीसँग पनि छुट्टै छलफल गरेको थियो। छलफलका क्रममा उनीहरुले पनि फिक्सिङबारे गम्भीर चासो राखेका थिए। 

स्रोतका अनुसार अहिले पनि आईसीसीसँग समन्वय गरेर सीआईबीले अनुसन्धानलाई मूर्त रुप दिन लागेको छ। तर आईसीसीको टोलीले फिक्सिङबारे कुनै औपचारिक धारणा सार्वजनिक नगर्दा सीआईबी अहिलेसम्म अन्योलमै छ।

सजक सीआईबी
स्पट फिक्सिङको अनुसन्धान गरिरहेको सीआईबीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको गतिविधिलाई निगरानी राखेर अनुसन्धान गरिहरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुमाथि अनुसन्धान गर्नुपर्ने भएकाले अनुसन्धान थप चुनौतीपूर्ण हुने र सजक हुनुपर्ने भन्दै सीआईबी निकै सजक भएर अनुसन्धान गरिहरेको हो।

जसकारण अनुसन्धान सकिए पनि सीआईबीले अहिलेसम्म कुनै पनि विषयहरु सार्वजनिक गरेको छैन। क्रिकेटको नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले यसबारे अहिलेसम्म कुनै पनि धारणा सार्वजनिक गरि नसकेकाले सीआईबीले केही पनि सार्वजनिक गरेको छैन।

Ncell 2
Ncell 2

आईसीसीको रिपोर्ट सार्वजनिक भएपछि मात्रै सीआईबीले आफ्नो अनुसन्धान रिपोर्ट अनुसार एक्सन लिने तयारी गरेको सीआईबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘यो निकै संवेदनशील विषय हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु जोडिएको र केही तलमाथि भए खेलाडीको करिअरमा समेत असर पर्ने भएकाले आईसीसीको रिपोर्ट सार्वजनिक नभइ सीआईबीले एक्सन लिँदैन’, एक अधिकारीले भने। 

प्रारम्भिक अनुसन्धानको क्रममा स्पट फिक्सिङ भएको सीआईबीको दाबी थियो। तर, अहिले भने आईसीसीको रिपोर्ट नआई सीआईबीले यसबारेमा औपचारिक रुपमा कुनै प्रतिक्रिया नदिने जनाएको छ।

विदेशमा खेलाडी, कसरी हुन्छ कारबाही?
विदेशी खेलाडी नै संलग्न भएको भन्ने आशंकामा सीआईबीले अनुसन्धान गरेको थियो। तर प्रतियोगिता सकिएर सबै खेलाडीहरु अहिले आ–आफ्नो देश फर्किसकेका छन्। सीआईबीको प्रारम्भिक अनुसन्धानमा पनि विशेष गरेर विदेशी खेलाडीहरुलाई नै प्रयोग गरेर स्पट फिक्सिङ गरिएको आशंका गरिएको थियो।

यदि स्पट फिक्सिङमा विदेशी खेलाडीहरु संलग्न रहेको भन्ने पुष्टि भएको अवस्थामा कारबाही प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रश्न उब्जिएको छ। यस्तो अवस्थामा भने आईसीसीले नै उनीहरुलाई प्रतिबन्ध लगाउन सक्ने छ। 

अर्कोतर्फ भने फुटबलको म्याच फिक्सिङपछि फिक्सिङलाई पनि कानुनमा समेटिएको छ। मुलुकी फौजदारी अपराध संहिता २०७४ मा राज्यविरुद्धको कसुरमा फिक्सिङलाई राखिएको छ।

‘नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरुको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हितविरुद्धको कसुर भएको मानिनेछ,’ फौजदारी संहितामा भनिएको छ।

फिक्सिङको कसुर पुष्टि भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। रकम लेनदने भएको पुष्टि भएको अवस्थामा भने रकम जफत हुने उल्लेख गरिएको छ।

आयोजक फरार भएपछि उधारो उपाधि 
लिग नसकिँदै विवादित बनेपछि आयोजकको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्का निर्देशक जटिन अहलुवालिया फरार भएका थिए। उनको अनुपस्थितिमै लिग सम्पन्न भएको थियो। पुस २७ गतेको फाइनलमा विराटनगर सुपरकिंग्सलाई हराउँदै लुम्बिनी अल स्टार्सले उपाधि जित्यो।

विजेता लुम्बिनीले ५५ लाख, उपविजेता विराटनगरले ३० लाख रुपैयाँ, जनकपुर रोयल्सले १० लाख र काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनुपर्ने हुन्छ। तर उक्त रकम अहिलेसम्म उपलब्ध भएको छैन। भारतीय कम्पनी नै फरार भएपछि रकम पाउने–नपाउनेसमेत अन्योल भएको छ। 

त्यसबारे जिज्ञासा राख्दा क्यानका अध्यक्ष चन्दले भने, ‘आयोजक कम्पनीसँग हाम्रो सम्पर्क भइरहेको छ। पैसा उपलब्ध गराउँछु भनेको छ। केही समयपछि उपलब्ध होला।’

‘उपाधी जित्ने, तर रकम नपाउने भन्ने कुरा नहुने भएकाले केही क्राइसिस भएकाले टाइम लाग्ला तर रकम नपाउने भन्ने हुँदैन’, चन्दले थपे।

यस्तै प्लेयर अफ दि सिरिजलाई ५ लाख तथा उत्कृष्ट बलर र ब्याटरलाई जनही २ लाख ५० हजार रूपैयाँ आयोजकले दिनुपर्ने हुन्छ। 

प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई ४० हजार र इमर्जिङ प्लेयरलाई १ लाख ८० हजार रूपैयाँ दिनुपर्ने हुन्छ। अहिलेसम्म खेलाडीले भने रकम पाएका छैनन्। खेलाडीहरुले अहिलेसम्म मेडल र ट्रफी मात्रै पाएका छन्।

सुरुवातदेखि नै बद्नाम
विदेशी खेलाडी मात्र नभइ नेपाली खेलाडीसमेत फिक्सिङमा संलग्न रहेको हुन सक्ने बताइएको यो लिग भने सुरुदेखि नै बद्नाम भएको थियो। क्यानले २०७७ मंसिरमा लिगको सम्पूर्ण जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई दिएको थियो।

भारतमा बेटिङ (सट्टेबाजी)समेत गराउने गरेको भनेर बद्नाम भएको कम्पनीबाट सुरुमा १० वर्षका लागि क्यानले लिग सञ्चालनको जिम्मा दिएको थियो। उक्त अवधिमा क्यानले ४२ करोड रुपैयाँ पाउने सम्झौता भएको थियो।

विवाद भएपछि त्यसलाई छोट्याएर ८ वर्षमा झार्दै ३३ करोड रुपैयाँ पाउने सर्तमा क्यानले सेभेन थ्री स्पोटेर्सलाई जिम्मा दिएको थियो। 

सपना अहलुवालिया र जटिन अहलुवालिया निर्देशक रहेको सो कम्पनीले नेपाल टी–२० लिगको सम्पूर्ण व्यवस्थापन गर्ने, खेलाडी अनुबन्धन, टेलिभिजन प्रसारण, प्रायोजकसम्म सबैको जिम्मा दिइएको थियो। 

ग्लोबल टेन्डर नै नगरी सार्वजनिक खरिद नियमावली छलेर क्यानले सुटुक्क ८ वर्षसम्म प्रतियोगिता सञ्चालनको सबै जिम्मा सेभेन थ्री स्पोर्टर्सलाई सुम्पिएपछि उक्त विवाद त्यतिबेलै संसद्‌देखि सर्वोच्च अदालतसम्म पुगेको थियो। अहिले पनि यससँग सम्बन्धित मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला टी–२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित टस हारेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १२३ रनको झिनो लक्ष्य थाइल्यान्डले मात्र १६ दशमलव ५ ओभरमा २ विकेटको इतिमा पूरा गर्‍यो । थाइ... आइतबार, माघ ४, २०८२
महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १... आइतबार, माघ ४, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ आगामी फेब्रुअरी-मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ । शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्