काठमाडौं – नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० अर्थात् सोमबार अमेरिकी राष्ट्रपतिको शपथ लिएकै दिनबाट गैरकानूनी आप्रवासीहरुमाथिको छापा सुरु हुने भएको छ।
अमेरिकी मिडियाहरुले कुनै कानूनी अनुमति नलिइकन यस्तो छापा सुरु हुने बताएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ। बीबीसीका अनुसार गैरकानूनी कामदारहरुको पक्राउ तथा डिपोर्ट (स्वदेश फिर्ता) अभियान सुरु हुनेछ।
अमेरिकी मिडिया वाल स्ट्रिट जर्नल तथा न्यू योर्क टाइम्सले सिकागोबाट त्यस्तो अभियान सुरु हुने उल्लेख गरेका छन्। ट्रम्पले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो गैरकानूनी आप्रवासी फिर्ताको अभियान चलाउने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।