काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कीर्तिपुरमा जारी नेपाल टी–२० लिगमाथि छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आग्रह गरेका छन्।
लामिछानेले मंगलबार सीआईबीलाई छानबिन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
जारी लिगमा स्पट फिक्सिङ र बेटिङको आशंकामा सीआईबीले यसअघि नै अनुसन्धान सुरु गरिसकको थियो। यसैबीच, गृहमन्त्रीले पनि यस्तो आग्रह गरेका हुन्।
यस्तै, काठमाडौं नाइट्सको कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले पनि आफ्ना एक खेलाडीलाई म्याच फिक्सिङ (खेल मिलेमतो)को प्रस्ताव आएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।