काठमाडौं — पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार दुवै पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा उपसचिव निर्मला गुरुङ पनि छन्।
यसरी पक्राउ पर्नेमा दुई पूर्वमन्त्री र श्रम मन्त्रालयका चार जना तत्कालीन उच्चपदस्थ कर्मचारी रहेका छन्। उनीहरुलाई पक्राउ गरिएको बारे सिआइबीले केही कारण खुलाएकाे छैन । स्वाथ्य परिक्षणमा सिन्टिकेट खडा गरेको र नेपालीलाई ठगी गरेको आरोपमा अनुसन्धानकाे जिम्मा सिआइबीलाई दिइएकाे थियो । २ वैशाखमा स्वास्थ्य क्षेत्रमा हुने सिन्डिकेटबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिइएको थियो । त्यसपछि सीआईबीले अहिले यो प्रकरणमो अनुसन्धान अघि बढाएको थियो ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि सीआईबीले यससम्बन्धी कागजात मन्त्रालयसँग माग गरेको थियो । मन्त्रालयले च. न. ३१४ को पत्रमार्फत उक्त विवरण पठाएको बताएको थियो । कुँवर २०७९ असार १२ देखि पुस ११ सम्म श्रममन्त्री थिए भनरे यादव २०७६ मंसिरदेखि २०७७ पुससम्म श्रममन्त्री थिए। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा अतिरिक्त शुल्क असुली, बायोमेट्रिक तथा मेडिकल सिन्डिकेट र त्यसलाई संरक्षण गर्ने निर्णय प्रक्रियाबारे अनुसन्धान सिआइबीले थालेकाे थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।