काठमाडौं– क्वालालम्पुरको रमणीय बेयुमास ओभलमा वेस्ट इन्डिजलाई पराजित गर्दै भारतले यू–१९ महिला टी–२० विश्वकप खेलमा विजयी सुरुवात गरेको छ।
पहिलो इनिङ्समा विन्डिजलाई ४४ रनमा अलआउट गरेको भारतले ४.२ ओभरमा लक्ष्य पछ्याउन सफल भयो।
यसअघि टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको भारतलाई वेस्टइन्डिजले १३ दशमलव २ ओभरमा मात्र ४५ रनको लक्ष्य दिएको थियो।
वेस्टइन्डिजका लागि दुई जना ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके। बाँकी कुनै पनि ब्याटरले सम्झनलायक रन बनाउन सकेनन्।
वेस्टइन्डिजलाई सस्तैमा समेट्नका लागि पारुनिका सिसोडियाले ३ विकेट लिँदा आयुसी सुक्ला र भीजे जोसहिथाले २/२ विकेट लिए। तीन विकेट भने रनआउटबाट प्राप्त भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।