• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

स्पट फिक्सिङ : १ बलबापत १० लाखसम्मको अफर, अडियो–भिडियोे प्रमाण नै फेला पारेको सीआईबीको दाबी

64x64
नारायण अधिकारी मंगलबार, माघ १०, २०७९  १८:३०
1140x725

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही दिनअघि मात्रै सम्पन्न भएको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको स्पट फिक्सिङ भएको निष्कर्ष निकाल्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अहिलेसम्म खुलेका विवरण सार्वजनिक गरेको छ। 

फिक्सिङमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी तथा अलराउण्ड महबुब आलमदेखि अर्का अलराउण्डर खेलाडी मोहम्मद आदिल आलमलाई पक्राउ गरी सार्वजनिक गरेको छ। फिक्सिङ प्रकरणमा थप दुई नेपाली र ६ भारतीय संलग्न रहेको दाबी सीआईबीको छ।

प्रतियोगिताका कमेन्टेटर सचिन तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोस्ट गर्दै प्रतियोगितामा फिक्सिङ हुने गरेकाले प्रतियोगिताबाट बाहिरिएको बताएका थिए। त्यसपछि काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नो टोली एक जनालाई फिक्सिङको प्रस्ताव आएको र एन्टीकरप्सन युनिटमा जानकारी गराएको बताएका थिए। 

फिक्सिङ भएको विषय सार्वजनिक भएपछि गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए। त्यसपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको कमाण्डमा एउटा समिति नै गठन गरेर छानबिन सुरु गरेको थियो। सो क्रममा फिक्सिङ भएको निष्कर्ष निकाल्दै १० जनाको संलग्नता रहेको खुलाइएको हो। 

स्पट फिक्सिङ भएको हुनसक्ने विषय सार्वजनिक आईसीसीको इन्ट्रिग्रेटी युनिटका एन्ड्रयु इफग्रेभको नेतृत्वमा दुई सदस्यीय टोली काठमाडौं आएको थियो। उक्त टोलीले राष्ट्रिय खेलकुद परिषद्  (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ –क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसँग छलफल गरेका थिए। अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँगै समन्वय गरेर आफूहरुले अनुसन्धान गरिहरेको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए।

No description available.

दुवै खेलाडीले स्वीकारेको सीआईबीको दाबी

स्पट फिक्सिङको आरोपमा पक्राउ परेका दुवै खेलाडीले गल्ती स्वीकारेको सीआईबीको दाबी छ। पक्राउ परेका महबुब र आदिलले आफूहरुको गल्ती गरेको भन्दै बयान दिएको सीआईबीको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

आदिलले आफूलाई प्रस्ताव आएको स्वीकार्दै गल्ती भएको स्वीकारेको दाबी सिआईबीको छ। ‘प्रस्ताव आएपछि नै जानकारी गराउनुपर्छ भन्नेबारे आफूलाई केही थाहा थिएन। प्रस्ताव आएको थियो। तर मैले बेलैमा जानकारी नगराएर गल्ती गरेँ,’ आदिलले बयानका भनेको सिआईबीको एक अधिकारीले बताए।

महबुबले पनि आफ्नो गल्ती भएको स्वीकारेको सीआईबीको दाबी छ। आफूलाई आएको प्रस्तावअनुसार खेलाडीलाई अप्रोच गरेको स्वीकारेको सीआईबीको भनाइ छ। ‘मलाई प्रस्ताव आएको थियो। सोहीअनुसार मैले दुई जना खेलाडीलाई प्रस्ताव गरेको हो। तर उहाँहरु फिक्सिङको लागि तयार हुनु भएन,’ आलमको बयानलाई उद्दत गर्दै सीआईबी स्रोतले भन्यो।

को–को हुन् फरार ६ विदेशी र २ नेपाली?

स्पट फिक्सिङमा १० जना संलग्न रहेको सीआईबीले दाबी गरेको छ। सीआईबीका प्रवक्ता सञ्जयसिंह थापाले १० जनाको मिलेमतोमा स्पट फिक्सिङ भएको बताए। तर अहिलेसम्म प्रहरीले दुई जनालाई मात्रै पक्राउ गरेको छ।

बाँकी ८ जना अझै फरार छन्। फरार हुनेहरुमा २ नेपाली र ६ भारतीय रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले बताए। उनीहरु को हुन् भन्नेबारे आचार्यले केही खुलाउन चाहेनन्। स्रोतका अनुसार २ जना नेपालीमा खेलाडी नभई फिक्सिङका लागि एजेन्टको रुपमा काम गर्नेहरु छन्। उनीहरु सामान्य खेलाडी भए पनि चर्चित अनुहार नभएको र फिक्सिङको एजेन्ट भएर काम गरेको पाइएको छ। 

त्यसैगरी फरार ६ जना भारतीयहरुमा १ जना खेलाडी, १ जना व्यवस्थापक, १ जना मिडिलम्यान तथा ब्रोकर, स्पोर्ट टिम स्टाफ १ जना र २ जना सेभेन थ्री स्पोर्टस्का कर्मचार रहेको सीआईबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 
जतिन अहलुवाली र अभिषेक सकलानीसम्म स्पट फिक्सिङको कनेक्सन देखिएको सीआईबीको दाबी छ। उनीहरु नेपाल टी–२० लिगको आयोजक सेभेन थ्री स्पोर्टस्का को–फाउन्डर र अडियो भिडियाे म्यानेजर रहेको बताइन्छ।
 

फिक्सिङका लागि १० लाखसम्मको प्रस्ताव, देखिएन ट्रान्जेक्सन

स्पट फिक्सिङका लागि एजेन्टहरुले खेलाडीलाई १० लाख रुपैयाँ दिने प्रस्ताव गरेको प्रमाण नै फेला परेको सीआईका एसएसपी आचार्यले बताए। उनका अनुसार प्रतिबल ६ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म दिने प्रस्ताव फिक्सिर एजेन्टले गरेका थिए। 

फिक्सिरले भने अनुसार वाइड तथा नो बल फालेबापत बलरलाई १० लाखसम्म दिन तयार हुने तथा ब्याटरलाई समेत रन नहान्न भन्दै फिक्सिङ गर्न प्रस्ताव गर्दै मोटो रकमको प्रस्ताव गरिनुले बेटिङ पनि ठूलो संख्यामा भएको सीआईबीको दाबी छ। 

१० लाख सम्मको रकम प्रस्ताव गरिए पनि सीआईबीले अहिलेसम्म फिक्सिङ गरेबापत रकमको ट्रान्जेक्सन भेटेको छैन। फिक्सिङ पुष्टि गर्नका लागि खेलाडीले लिएको रकम ठूलो प्रमाण हुने भन्दै सीआईबीले त्यसतर्फ अनुसन्धान गरे पनि अहिलेसम्म ट्रान्जेक्सन नदेखिएको हो। 

सीआईबी स्रोतले भन्यो, ‘हामीले ट्रान्जेक्सनका विभिन्न पाटोलाई केलाएर अनुसन्धान ग¥यौं। तर खेलाडी स्वयम् तथा उनका परिवार नातेदारहरुकोमा रकम ट्रान्जेक्सन भएको देखिएन। उनीहरुले नगदमा कारोबार गरेको हुनसक्छ।’

No description available.

फिक्सिङको निष्कर्ष निकालेको सीआईबीसँग के छ प्रमाण?

स्पट फिक्सिङ भएको निष्कर्ष निकाल्दै १० जनालाई संग्दिध देखाउँदै २ जनालाई सीआईबीले पक्राउ गरेको छ। डीएसपी सुन्दर तिवारीको कमाण्डमा छानबिन समिति गठन गरेर छानबिन गर्दा फिक्सिङ भएको निष्कर्षसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो। 

सीआईबीको अहिलेसम्मको अनुसन्धान हेर्दा फिक्सिङ भयो भन्ने ३ वटा कारण सीआईबीले खुलाएको छ। फिक्सिङका लागि प्रस्ताव गरिएको प्रमाण भेटिनु र उक्त प्रस्तावअनुसार नै बलहरु नो बल र वाइड फालिनुलाई सीआईबीले मुख्य आधार बनाएको छ। 

‘रकमको लेनदेन अहिले नभेटिए पनि फिक्सिङ प्रस्तावअनुसार नै कसरी नो बल र वाइड फालिन्छ? यसलाई शंका गर्नुपर्ने ठाउँ छ,’ एसएसपी आचार्य भन्छन्।

फिक्सिङको अर्को दलिल भने सीआईबीले प्रस्ताव आएपछि सम्बन्धित निकायमा जानकारी नगराउनुलाई लिएको छ। ‘फिक्सिङको प्रस्ताव आएपछि एन्टीकरप्सन युनिट तथा सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने हो। तर उनीहरुले जानकारी गराएको देखिँदैन। प्रस्ताव आएपछि जानकारी नै नगराएपछि फिक्सिङ प्रस्तावअनुसार बल नखेले पनि कसुरदार मानिन्छ,’ स्पट फिक्सिङको अनुसन्धान गरेका एक अधकिारीले भने।

प्रस्ताव आएपछि सम्बन्धित ठाउँमा रिपोर्ट गरेको भए र त्यसपछि फिक्सिङ प्रस्तावअनुसार नै बल फ्याँकेको भए पनि कसुरदार नहुने ती अधिकारीको दाबी छ। 

आईसीसीको भ्रष्टाचारविरुद्धको कानून एन्टीकरप्सन कोडको दफा २.४.४ ले फिक्सिङको प्रस्ताव आएपछि सम्बन्धीत निकायमा जानकारी नगराउनु पनि अपराध ठानेको छ। २.४.४ मा उल्लेख लेखिएको छ, ‘फिक्सिङका सबै प्रमाणहरुको तुरुन्तै रिपोर्टिङ गर्नु आवश्यक हुन्छ। त्यसो नगरी ढिलाइ गरेमा भ्रष्टाचारविरुद्धको कोड र अन्य सम्बन्धित भ्रष्टाचार विरोधी निकायहरूले खेलको अखण्डताको रक्षा गर्न सक्ने अवस्था कमजोर हुन्छ। प्रत्येक मामिलामा अनावश्यक ढिलाइ भएको थियो कि भनेर मूल्यांकन यसको आफ्नै परिस्थितिमा निर्भर हुनेछ। एसीयूमा रिपोर्टिङ अघि नै खेलाडीलाई भ्रष्टाचारको उजुरी र आरोप आइसक्दा खेलबाट अलग हुनु पर्नेछ। एसीयूले उक्त आरोपलाई र्पछ्र्यौट नगरेसम्म खेलाडीलाई लागेको उजुरी अन्त्य हुने छैन। र एसीयूले आफूबाहेक कुनै पनि खेलाडी, क्लब वा टोलीका पदाधिकारी वा राष्ट्रिय क्रिकेट महासंघका प्रतिनिधिलगायत अन्य कुनै तेस्रो पक्षको समावेशलाई अस्वीकार गर्छ।’

No description available.

नेपालमा भएको टी–२० लिग पनि आईसीसीकै अन्डरमा रहेर सञ्चालन भएको प्रतियोगिता भएको हुनाले उक्त कानून आकर्षित हुने सीआईबीका अधिकारीको दाबी छ।

यी २ वटा दलिलबाहेक फिक्सिङ भएपछि रकम लेनदेनलगायत अन्य प्रमाण सीआईबीसँग अहिलेसम्म छैन।

के छ कारबाही प्रक्रिया?

आरोपित  खेलाडीहरुलाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ। उक्त ऐनको दफा ३१ अन्तर्गतको कसुर उनीहरुलाई आकर्षित हुने बताइएको छ।

दफा ३१ मा खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने उल्लेख छ। यसको ब्याख्या गर्दै भनिएको छ, ‘नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदलाधिकारीले त्यस्तो खेल प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामले प्रतिकुल हुनेगरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन।’

स्पट फिक्सिङ गरेको पुष्टि भएमा ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ। विदेशी खेलाडी तथा एजेन्टलाई समेत यही ऐनअनुसार मुद्दा चलाइने सीआईबीले जनाएको छ। आईसीसीलगायत सम्बन्धीत देशेसँग समन्वय गरेर उनीहरुलाई नेपाल ल्याएर मुद्दा चलाइने सीआईबीले जनाएको छ। 

यो पनि पढ्नुहोस

क्रिकेटमा स्पट फिक्सिङ: भारतमा रहेका पूर्वराष्ट्रिय खेलाडीसम्म देखियो ‘नेक्सस’

यो पनि पढ्नुहोस

‘स्पट फिक्सिङ’ प्रकरण : खेलाडी विदेशमा, आईसीसीको रिपोर्ट कुर्दै सीआईबी

यो पनि पढ्नुहोस

टी–२० लिगको स्पट फिक्सिङमा ‘१० जनाको संलग्नता’: ४ नेपाली, ६ जना विदेशी


 


 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नेपालको शानदार जित, ओमान ६० रनमै अलआउट नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो । बिहीबार, भदौ २५, २०८३
ओमानविरुद्ध नेपाल १४७ रनमै अलआउट, दीपेन्द्रको अर्धशतक क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भयो। बिहीबार, भदौ २५, २०८३
फाइनलमा पुग्न नेपालले पहिला ब्याटिङ गर्ने नेपालले एसीसी पुरुष प्रिमियर कपको फाइनलमा प्रवेश गर्न पहिला ब्याटिङ गर्ने भएको छ। बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
सडकपेटीमा प्रसूति प्रकरण : ड्युटीमा रहेका अस्पतालका कर्मचारी हटाइए, छानबिन सुरु शुक्रबार, भदौ २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री बालेनले ८ असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
परराष्ट्रमन्त्री र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता शुक्रबार, भदौ २६, २०८३
भारतसहितका राजदूतहरूको आउजाउ, को आए ? को जाँदै ? शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्