काठमाडौं– नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको स्पट फिक्सिङमा १० जनाको संलग्नता देखिएको छ। फिक्सिङ प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली र विदेशी गरी १० जनाको संलग्नता रहेको जनाएको छ।
सीआईबीले मंगलबार पत्रकार सम्मेलन गरी स्पट फिक्सिङमा नेपाली ४ जनाको संलग्नता रहेको बताएको छ। यस्तै, ६ जना विदेशीको संलग्नता रहेको देखिएको जनाएको छ।
स्पट फिक्सिङमा संलग्न नेपालीमध्ये १ जना खेलाी छन्। ३ जना अन्य व्यक्ति रहेका सीआईबीले जनाएको छ। यस्तै, ६ जना विदेशीमध्ये १ जना खेलाडी, ४ जना व्यवस्थापक र १ जना बाहिरी व्यक्ति संलग्न रहेको जनाइएको छ।
स्पट फिक्सिङको प्रकरणमा सीआईबीले हालसम्म २ जनालाई पक्राउ गरेको छ। पूर्व राष्ट्रिय क्रिकेटर ४१ वर्षीय मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य, २० वर्षीय मोहम्मद आदिल आलम (अन्सारी) पक्राउ परेका छन्।
उनीहरुमाथि अनुसन्धान चलिरहेको सीआईबीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।