काठमाडौं– नेपाल प्रहरीको सीआईबीको टोलीले गत महिना काठमाडौंमा भएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ।
पर्साको वीरगञ्ज घर भएका नितेश गुप्तालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनले एजेन्टको काम गरेको ब्युरोका प्रवक्ता तथा एसपी कमल थापाले बताए।
ब्युरोले यसअघि दुई जनालाई पक्राउ गरेको थियो। पूर्वखेलाडी मेहबुब आलम र अहिलेका खेलाडी आदिल आलम पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।