काठमाडौं– प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा हुम्लाका एक जना युवालाई पक्राउ गरेको छ।
गत २ गते काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न रही फरार रहेका हुम्ला अदानचुली गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौ सुर्यदर्शन हाईट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसीलाई टोखा वडा नं. ३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनमाथि प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ।
साथै उक्त वारदातमा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी जारी रहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।