काठमाडौं– शनिबारेखि मलेसियामा सुरु भएको यू–१९ महिला टी–२० विश्वकप खेल अन्तर्गत आइतबार भएको खेलमा भारतका बलरसामु वेस्टइन्डिजका ब्याटर स्तब्ध भएका छन्।
पहिले ब्याटिङ गरेको वेस्टइन्डिज १३ दशमलव २ ओभरमा मात्र ४४ रन बनाउँदै अलआउट बन्यो। वेस्टइन्डिजका लागि दुई जना ब्याटरले मात्र दोहोरो अंकमा रन बनाउन सके। बाँकी कुनै पनि ब्याटरले सम्झनलायक रन बनाउन सकेनन्।
वेस्टइन्डिजलाई सस्तैमा समेट्नका लागि पारुनिका सिसोडियाले ३ विकेट लिँदा आयुसी सुक्ला र भीजे जोसहिथाले २/२ विकेट लिए। तीन विकेट भने रनआउटबाट प्राप्त भयो।
जितका लागि अब भारतले निर्धारित २० ओभरमा ४५ रन मात्र बनाउनुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।