• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

प्रशिक्षकका लागि ‘छुट्टी मनाउने हब’ बन्दै नेपाली क्रिकेट

64x64
दीप सुवेदी शुक्रबार, साउन २०, २०७९  १९:१३
1140x725

काठमाडौं– पुबुदु दासानायके दोस्रोपटक नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न ६ महिना अगाडि नेपाल ओर्लिएका थिए। सन् २०११ मा पहिलोपटक नेपाली क्रिकेट सम्हाल्न आएका उनले त्यसको तीन वर्षमै नेपाललाई सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपमा पुर्‍याइदिए।

नेपाली टोलीलाई ऐतिहासिक सफलता दिएका पुबुदु त्यसको १ वर्षपछि नै नेपाल क्रिकेट संघ (क्यान)सँगको टसलले राजीनामा दिएर क्यानडा फर्किए। तर, त्यसको ६ वर्षपछि भने उनी दोस्रोपटक अप्रयात्सित रूपमा तिनै पदाधिकारीले सम्हालेको नेपाली क्रिकेट हेर्न पुन: आइपुगे।
 
दोस्रोपटक नेपाली टोली सम्हाल्न आउँदा उनीसँग त्यस्तै उपलब्धीको अपेक्षा गरिएको थियो, जुन उनले पहिलोपटकको ५ वर्षे कार्यकालमा नेपाली टोलीलाई दिएका थिए। तर, उनको दोस्रो कार्यकाल भने अपेक्षा गरेअनुसार सफल हुन भने सकेन।

Ncell 2
Ncell 2

२०२२ को अन्त्यतिर अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई छनोट गराउने र नेपालले पाएको एकदिवसीय मान्यता जोगाउने मुख्य जिम्मेवारी पाएका थिए उनले। तर, उनले दुवै पूरा गर्न सकेनन्। ग्लोबल क्वालिफायरमा युएईसँग सेमिफाइनलमा पराजित भएपछि नेपाल दोस्रोपटक टी–२० विश्वकपमा छनोट हुन चुक्यो। यता, एकदिवसीय विश्वकपको रोडम्यापको रूपमा रहेको क्रिकेट विश्वकप लिग–२ मा पनि नेपालको प्रदर्शन सोचेअनरूप राम्रो हुन सकेन।
 
स्कटल्याण्डमा भएको नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज सकेर नेपाल फर्के लगत्तै पुबुदुले राजीनामा घोषणा गरे। उनले घर परिवारलाई समय दिन नसकेकाले जिम्मेवारी छाडेको बताएका थिए।
 
‘मलाई माफ गर्नुहोला, मैले नेपाली राष्ट्रिय टोलीलाई बीचमै छाडेर जानुपर्‍यो। मलाई जसरी पनि आफ्नो घर क्यानडा फर्किनु छ। यदि मैले यो निर्णय नगरेको भए पछि त्यसमा धेरै पछुतो हुन सक्थ्यो। त्यसैले मैले राजीनामा दिने निर्णय गरे। यो निर्णय सजिलो थिएन,’ उनले भनेका थिए।
 
मैदानमा गरेको प्रदर्शनका आधारमा भन्ने हो भने पुबुदुको दोस्रो कार्यकालमा नेपालले एउटा त्रिकोणात्मक टी–२० सिरिज र जिम्बावे ‘ए’ टोलीविरूद्धको अनअफिसियल टी–२० सिरिज जित्यो। लिग–२ का तीन सिरिजमा नेपालले कूल १२ खेल खेल्दा ४ खेल मात्र जित्यो भने एक खेल बराबरी भएको थियो।
 
गत फेब्रुअरीमा ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले कूल पाँच खेल खेल्दा ४ खेल जित्यो। तर, युएईविरूद्ध जित्नैपर्ने सेमिफाइनल खेल हार्दा विश्वकपमा छनोट हुन सकेन।
 
‘छुट्टी मनाउने हब’ बन्दै नेपाली क्रिकेट
नेपाली क्रिकेटले छोटो समयमा जुन सफलता पाएको छ, त्यो वास्तवमै अविश्वासनीय छ। तर, त्यही सफलतालाई जोगाउन भने अब हम्मेहम्मे पर्ने देखिन्छ। नेपालले सन् २०१८ मा पाएको ओडीआई मान्यता गुम्ने स्थितिमा पुगेको छ। यता, दोस्रोपटक नेपाली टोलीले आईसीसी टी–२० विश्वकपमा स्थान बनाउन सकेको छैन।
 
नेपाली टोलीमा आधिकांश युवा खेलाडी छन् भने उनीहरूमा एकता पनि छैन। यस्तै, टोलीले प्रयाप्त राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन। ब्याट र बलसहित मैदानमा अभ्यास गरिरहनुपर्ने खेलाडी पनि कता छन् कता क्यानसँग कुनै खबर छैन।
 
यस्तो अवस्थामा भने नेपाली क्रिकेट विदेशी प्रशिक्षकहरूका लागि ‘छुट्टी मनाउने हब’ बनिरहेको छ। अहिलेसम्म १४ विदेशी प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिइसकेका छन्। सन् २०१४ को विश्वकप पछिको मात्रै कुरा गर्ने हो भने ३ विदेशी प्रशिक्षकले नेपाली टोली सम्हालिसकेका छन्।
 
२०१५ मा पुबुदुले राजीनामा गरेपछि नेपाली टोलीको जिम्मेवारी नेपाली प्रशिक्षक जगत टमाटाले सम्हालेका थिए। त्यसपछि भारतीय नागरिक उमेश पटवाल, श्रीलंकन मुलका अस्ट्रेलियन डेभ वाट्मोर हुँदै पुन: श्रीलंकन मुलका क्यानडाली पुबुदु नेपाली क्रिकेट सम्हाल्न आइपुगेका छन्।
 
पटवाल २०६६ जेठमा नेपाल क्रिकेट संघ निलम्बनमा रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा प्रशिक्षकमा नियुक्त भएका थिए। १ वर्षका लागि नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाएका उनी मुस्किलले ८ महिना टिके। त्यसपछि भने नेपाली टोलीको जिम्मेवारी श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका ‘हाइप्रोफाइल’ प्रशिक्षक डेभ वाट्मोरको काँधमा पुग्यो।
 
क्यानले वाट्मोरलाई २ पुस २०७७ मा १ वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। तर, उनी पनि ९ महिनाभन्दा बढी टिक्न सकेनन्। आफ्नो प्रशिक्षकत्वमा नेपालले लिग–२ मा पहिलो त्रिकोणात्मक सिरिज खेल्नुअघि उनले राजीनामा दिए। नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिजका लागि ओमान पुगेका उनले त्यहीँबाट राजीनामा दिएका थिए।
 
वाट्मोरको राजीनामापछि भने पुबुदुले ‘इन्ट्री’ मारे। २५ मंसिर २०७८ मा नियुक्ति पाएका पुबुदु पनि ८ महिनाभन्दा बढी टिक्न सकेनन्।
 
किन टिक्दैनन् प्रशिक्षक?
नेपाली क्रिकेटले पछिल्लो ३ वर्षमा ३ विदेशी प्रशिक्षक पाइसकेको छ। तर, क्यानले सम्झौताअनुसार नेपाली क्रिकेट हेर्ने प्रशिक्षक भने अझै पाउन सकेको छैन। यसका थुप्रै कारण छन्। तर, क्रिकेटका जानकारहरू भने व्यवस्थापनमा कमजोरी, घरेलु क्रिकेटको संरचना र क्यानमा हुने राजनीति मुख्य कारण रहेको बताउँछन्।
 
‘पछिल्लो समय खेलाडी छनोटमा पनि क्यानको हस्तक्षेप हुन थालेको छ। पुबुदु आउँदा नै उनलाई क्यानसँगको टसलपछि कारबाहीमा परेका ज्ञानेन्द्रलाई नराख्न निर्देशन दिइएको थियो। त्यसभन्दा अगाडि वाट्मोरलाई पनि आफूअनकूल टोली बनाउन सहयोग पाएनन्। यता, अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिता पनि छैन। अनि किन बसिरहने?’ क्यानका एक केन्द्रीय सदस्यले नेपाल लाइभसँग भने।

पुबुदुले पनि खेलाडी विभिन्न गुट र उपगुटमा बाँडिएको भन्दै काम गर्न अफ्ठ्यारो भएको स्वीकार गरेका थिए। राजीनामा दिएर क्यानडा फर्कपिएपछि क्रिक इन्फोसँगको अन्तर्वार्तामा उनले आफू २०११ मा आउँदा जस्तोको टोली अहिले नभएको बताएका थिए। अहिले नेपाली टोलीभित्र धेरै साना समूह भएको बताउँदै पुबुदुले खेलाडीको सोच फरक भएको समेत खुलासा गरेका थिए।
 
‘जब म २०११ देखि २०१५ सम्म नेपालमा थिएँ, टोलीमा कुनै समस्या थिएन। खेलाडीहरू एउटै टोली थिए र जित्नमा धेरै केन्द्रित थिए, खेल जित्नको लागि आफ्नो २०० प्रतिशत दिएर खेल्थे। यसपाली मैले धेरै साना समूहहरू देखेको छु। सोच बिल्कुलै फरक थियो। कुनै बेला यसले नेपालको खेललाई पनि असर गरेको थियो,’ उनले भनेका छन्।
 
पुबुदु गत पुसमा दोस्रो कार्यकालको लागि प्रशिक्षक बनेर नेपाल आउँदा क्यान र सिनियर खेलाडीबीच चर्को विवाद भएको थियो। खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै समाचारमाध्यममा अन्तर्वार्ता दिएको भन्दै क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, तथा बलरद्वय सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टीकरण सोधेको थियो।
 
स्पष्टीकरण चित्त नबुझेपछि क्यानले ज्ञानेन्द्रको कप्तान र दीपेन्द्रको उपकप्तान पद खोसेको थियो भने चारै जना खेलाडीलाई ६ महिनाको तलब नदिने निर्णय गरेको थियो। पछि तलब नदिने निर्णयबाट क्यान पछि हटे पनि ज्ञानेन्द्रको स्थानमा सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय भने ‘सच्याएन’।
 
पुबुदुले आफ्नो दोस्रो कार्यकालमा खेलाडी र क्यानबीचको चर्को विवादलाई सहज बनाउनको लागि महत्त्वपूर्ण समय र ऊर्जा खर्चन परेको थियो। जसका कारण उनको ध्यान खेलमा भन्दा बढी अरू कुरामा गएको थियो।
 
‘म नेपाल आउँदा खेलाडी र क्यानबीच कुनै वास्तविक संवाद थिएन। दुवै पक्ष धेरै कुरामा धेरै अडिग थिए। म मध्यस्थता गर्न सक्षम थिए। किनभने खेलाडीसँग पनि नजिक थिए। मलाई ठिक लागेको काम गर्न क्यानले छुट दिएको थियो,’ उनको भनाइ छ।
 
नेपाललाई विश्वकप पुर्‍याउने प्रमुख प्रशिक्षकको दोस्रो कार्यकालको राजीनामालाई लिएर धेरै प्रश्न उठेका छन्। तर, क्यानका अध्यक्ष चतुरबहादुर चन्द भने चाहेको जस्तो नतिजा दिलाउन नसक्दा प्रशिक्षकहरूले राजीनामा दिने गरेको दाबी गर्छन्।
 
‘हामीले प्रशिक्षकका लागि वातावरण नबनाएको होइन। सबै उनीहरूले चाहेको जस्तो छ। तर, हामीले चाहेको जस्तो राम्रो नआउँदा प्रशिक्षकहरू दबावमा परेका छन्। पुबुदुलाई पनि अमेरिका भ्रमणमा राम्रो नतिजा नआएपछि सचेत गराइएको थियो। स्कटल्याण्डमा राम्रो नतिजा नआएपछि उहाँले राजीनामा दिनुभएको हो,’ उनले भने।

यो श्रङ्खलाका अन्य सामग्रीहरु:

उपेक्षामा महिला क्रिकेट: खेलाडी छन्, प्रतियोगिता छैन

सम्भावना नदेखेर विदेशिन्छन् खेलाडी, क्यान थमथम्याउने प्रयास समेत गर्दैन

उदाउँदा खेलाडीको भविष्य अन्त्य गर्ने ‘कारखाना’ अर्थात् नेपाली क्रिकेट

राजनीतिबाट पीडित बनेको नेपाली क्रिकेट

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १९:१३
  • #नेपाली क्रिकेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार, पुस १०, २०८२
महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो। मंगलबार, पुस ८, २०८२
टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी क्यानले बुधबार २० खेलाडीलाई दोस्रो चरणको बन्द प्रशिक्षणका लागि बोलाएको हो । बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्