• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

प्रशिक्षकका लागि ‘छुट्टी मनाउने हब’ बन्दै नेपाली क्रिकेट

64x64
दीप सुवेदी शुक्रबार, साउन २०, २०७९  १९:१३
1140x725

काठमाडौं– पुबुदु दासानायके दोस्रोपटक नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न ६ महिना अगाडि नेपाल ओर्लिएका थिए। सन् २०११ मा पहिलोपटक नेपाली क्रिकेट सम्हाल्न आएका उनले त्यसको तीन वर्षमै नेपाललाई सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपमा पुर्‍याइदिए।

नेपाली टोलीलाई ऐतिहासिक सफलता दिएका पुबुदु त्यसको १ वर्षपछि नै नेपाल क्रिकेट संघ (क्यान)सँगको टसलले राजीनामा दिएर क्यानडा फर्किए। तर, त्यसको ६ वर्षपछि भने उनी दोस्रोपटक अप्रयात्सित रूपमा तिनै पदाधिकारीले सम्हालेको नेपाली क्रिकेट हेर्न पुन: आइपुगे।
 
दोस्रोपटक नेपाली टोली सम्हाल्न आउँदा उनीसँग त्यस्तै उपलब्धीको अपेक्षा गरिएको थियो, जुन उनले पहिलोपटकको ५ वर्षे कार्यकालमा नेपाली टोलीलाई दिएका थिए। तर, उनको दोस्रो कार्यकाल भने अपेक्षा गरेअनुसार सफल हुन भने सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

२०२२ को अन्त्यतिर अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई छनोट गराउने र नेपालले पाएको एकदिवसीय मान्यता जोगाउने मुख्य जिम्मेवारी पाएका थिए उनले। तर, उनले दुवै पूरा गर्न सकेनन्। ग्लोबल क्वालिफायरमा युएईसँग सेमिफाइनलमा पराजित भएपछि नेपाल दोस्रोपटक टी–२० विश्वकपमा छनोट हुन चुक्यो। यता, एकदिवसीय विश्वकपको रोडम्यापको रूपमा रहेको क्रिकेट विश्वकप लिग–२ मा पनि नेपालको प्रदर्शन सोचेअनरूप राम्रो हुन सकेन।
 
स्कटल्याण्डमा भएको नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज सकेर नेपाल फर्के लगत्तै पुबुदुले राजीनामा घोषणा गरे। उनले घर परिवारलाई समय दिन नसकेकाले जिम्मेवारी छाडेको बताएका थिए।
 
‘मलाई माफ गर्नुहोला, मैले नेपाली राष्ट्रिय टोलीलाई बीचमै छाडेर जानुपर्‍यो। मलाई जसरी पनि आफ्नो घर क्यानडा फर्किनु छ। यदि मैले यो निर्णय नगरेको भए पछि त्यसमा धेरै पछुतो हुन सक्थ्यो। त्यसैले मैले राजीनामा दिने निर्णय गरे। यो निर्णय सजिलो थिएन,’ उनले भनेका थिए।
 
मैदानमा गरेको प्रदर्शनका आधारमा भन्ने हो भने पुबुदुको दोस्रो कार्यकालमा नेपालले एउटा त्रिकोणात्मक टी–२० सिरिज र जिम्बावे ‘ए’ टोलीविरूद्धको अनअफिसियल टी–२० सिरिज जित्यो। लिग–२ का तीन सिरिजमा नेपालले कूल १२ खेल खेल्दा ४ खेल मात्र जित्यो भने एक खेल बराबरी भएको थियो।
 
गत फेब्रुअरीमा ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले कूल पाँच खेल खेल्दा ४ खेल जित्यो। तर, युएईविरूद्ध जित्नैपर्ने सेमिफाइनल खेल हार्दा विश्वकपमा छनोट हुन सकेन।
 
‘छुट्टी मनाउने हब’ बन्दै नेपाली क्रिकेट
नेपाली क्रिकेटले छोटो समयमा जुन सफलता पाएको छ, त्यो वास्तवमै अविश्वासनीय छ। तर, त्यही सफलतालाई जोगाउन भने अब हम्मेहम्मे पर्ने देखिन्छ। नेपालले सन् २०१८ मा पाएको ओडीआई मान्यता गुम्ने स्थितिमा पुगेको छ। यता, दोस्रोपटक नेपाली टोलीले आईसीसी टी–२० विश्वकपमा स्थान बनाउन सकेको छैन।
 
नेपाली टोलीमा आधिकांश युवा खेलाडी छन् भने उनीहरूमा एकता पनि छैन। यस्तै, टोलीले प्रयाप्त राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन। ब्याट र बलसहित मैदानमा अभ्यास गरिरहनुपर्ने खेलाडी पनि कता छन् कता क्यानसँग कुनै खबर छैन।
 
यस्तो अवस्थामा भने नेपाली क्रिकेट विदेशी प्रशिक्षकहरूका लागि ‘छुट्टी मनाउने हब’ बनिरहेको छ। अहिलेसम्म १४ विदेशी प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिइसकेका छन्। सन् २०१४ को विश्वकप पछिको मात्रै कुरा गर्ने हो भने ३ विदेशी प्रशिक्षकले नेपाली टोली सम्हालिसकेका छन्।
 
२०१५ मा पुबुदुले राजीनामा गरेपछि नेपाली टोलीको जिम्मेवारी नेपाली प्रशिक्षक जगत टमाटाले सम्हालेका थिए। त्यसपछि भारतीय नागरिक उमेश पटवाल, श्रीलंकन मुलका अस्ट्रेलियन डेभ वाट्मोर हुँदै पुन: श्रीलंकन मुलका क्यानडाली पुबुदु नेपाली क्रिकेट सम्हाल्न आइपुगेका छन्।
 
पटवाल २०६६ जेठमा नेपाल क्रिकेट संघ निलम्बनमा रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा प्रशिक्षकमा नियुक्त भएका थिए। १ वर्षका लागि नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाएका उनी मुस्किलले ८ महिना टिके। त्यसपछि भने नेपाली टोलीको जिम्मेवारी श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका ‘हाइप्रोफाइल’ प्रशिक्षक डेभ वाट्मोरको काँधमा पुग्यो।
 
क्यानले वाट्मोरलाई २ पुस २०७७ मा १ वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। तर, उनी पनि ९ महिनाभन्दा बढी टिक्न सकेनन्। आफ्नो प्रशिक्षकत्वमा नेपालले लिग–२ मा पहिलो त्रिकोणात्मक सिरिज खेल्नुअघि उनले राजीनामा दिए। नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिजका लागि ओमान पुगेका उनले त्यहीँबाट राजीनामा दिएका थिए।
 
वाट्मोरको राजीनामापछि भने पुबुदुले ‘इन्ट्री’ मारे। २५ मंसिर २०७८ मा नियुक्ति पाएका पुबुदु पनि ८ महिनाभन्दा बढी टिक्न सकेनन्।
 
किन टिक्दैनन् प्रशिक्षक?
नेपाली क्रिकेटले पछिल्लो ३ वर्षमा ३ विदेशी प्रशिक्षक पाइसकेको छ। तर, क्यानले सम्झौताअनुसार नेपाली क्रिकेट हेर्ने प्रशिक्षक भने अझै पाउन सकेको छैन। यसका थुप्रै कारण छन्। तर, क्रिकेटका जानकारहरू भने व्यवस्थापनमा कमजोरी, घरेलु क्रिकेटको संरचना र क्यानमा हुने राजनीति मुख्य कारण रहेको बताउँछन्।
 
‘पछिल्लो समय खेलाडी छनोटमा पनि क्यानको हस्तक्षेप हुन थालेको छ। पुबुदु आउँदा नै उनलाई क्यानसँगको टसलपछि कारबाहीमा परेका ज्ञानेन्द्रलाई नराख्न निर्देशन दिइएको थियो। त्यसभन्दा अगाडि वाट्मोरलाई पनि आफूअनकूल टोली बनाउन सहयोग पाएनन्। यता, अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिता पनि छैन। अनि किन बसिरहने?’ क्यानका एक केन्द्रीय सदस्यले नेपाल लाइभसँग भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पुबुदुले पनि खेलाडी विभिन्न गुट र उपगुटमा बाँडिएको भन्दै काम गर्न अफ्ठ्यारो भएको स्वीकार गरेका थिए। राजीनामा दिएर क्यानडा फर्कपिएपछि क्रिक इन्फोसँगको अन्तर्वार्तामा उनले आफू २०११ मा आउँदा जस्तोको टोली अहिले नभएको बताएका थिए। अहिले नेपाली टोलीभित्र धेरै साना समूह भएको बताउँदै पुबुदुले खेलाडीको सोच फरक भएको समेत खुलासा गरेका थिए।
 
‘जब म २०११ देखि २०१५ सम्म नेपालमा थिएँ, टोलीमा कुनै समस्या थिएन। खेलाडीहरू एउटै टोली थिए र जित्नमा धेरै केन्द्रित थिए, खेल जित्नको लागि आफ्नो २०० प्रतिशत दिएर खेल्थे। यसपाली मैले धेरै साना समूहहरू देखेको छु। सोच बिल्कुलै फरक थियो। कुनै बेला यसले नेपालको खेललाई पनि असर गरेको थियो,’ उनले भनेका छन्।
 
पुबुदु गत पुसमा दोस्रो कार्यकालको लागि प्रशिक्षक बनेर नेपाल आउँदा क्यान र सिनियर खेलाडीबीच चर्को विवाद भएको थियो। खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै समाचारमाध्यममा अन्तर्वार्ता दिएको भन्दै क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, तथा बलरद्वय सोमपाल कामी र कमलसिंह ऐरीलाई स्पष्टीकरण सोधेको थियो।
 
स्पष्टीकरण चित्त नबुझेपछि क्यानले ज्ञानेन्द्रको कप्तान र दीपेन्द्रको उपकप्तान पद खोसेको थियो भने चारै जना खेलाडीलाई ६ महिनाको तलब नदिने निर्णय गरेको थियो। पछि तलब नदिने निर्णयबाट क्यान पछि हटे पनि ज्ञानेन्द्रको स्थानमा सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय भने ‘सच्याएन’।
 
पुबुदुले आफ्नो दोस्रो कार्यकालमा खेलाडी र क्यानबीचको चर्को विवादलाई सहज बनाउनको लागि महत्त्वपूर्ण समय र ऊर्जा खर्चन परेको थियो। जसका कारण उनको ध्यान खेलमा भन्दा बढी अरू कुरामा गएको थियो।
 
‘म नेपाल आउँदा खेलाडी र क्यानबीच कुनै वास्तविक संवाद थिएन। दुवै पक्ष धेरै कुरामा धेरै अडिग थिए। म मध्यस्थता गर्न सक्षम थिए। किनभने खेलाडीसँग पनि नजिक थिए। मलाई ठिक लागेको काम गर्न क्यानले छुट दिएको थियो,’ उनको भनाइ छ।
 
नेपाललाई विश्वकप पुर्‍याउने प्रमुख प्रशिक्षकको दोस्रो कार्यकालको राजीनामालाई लिएर धेरै प्रश्न उठेका छन्। तर, क्यानका अध्यक्ष चतुरबहादुर चन्द भने चाहेको जस्तो नतिजा दिलाउन नसक्दा प्रशिक्षकहरूले राजीनामा दिने गरेको दाबी गर्छन्।
 
‘हामीले प्रशिक्षकका लागि वातावरण नबनाएको होइन। सबै उनीहरूले चाहेको जस्तो छ। तर, हामीले चाहेको जस्तो राम्रो नआउँदा प्रशिक्षकहरू दबावमा परेका छन्। पुबुदुलाई पनि अमेरिका भ्रमणमा राम्रो नतिजा नआएपछि सचेत गराइएको थियो। स्कटल्याण्डमा राम्रो नतिजा नआएपछि उहाँले राजीनामा दिनुभएको हो,’ उनले भने।

यो श्रङ्खलाका अन्य सामग्रीहरु:

उपेक्षामा महिला क्रिकेट: खेलाडी छन्, प्रतियोगिता छैन

सम्भावना नदेखेर विदेशिन्छन् खेलाडी, क्यान थमथम्याउने प्रयास समेत गर्दैन

उदाउँदा खेलाडीको भविष्य अन्त्य गर्ने ‘कारखाना’ अर्थात् नेपाली क्रिकेट

राजनीतिबाट पीडित बनेको नेपाली क्रिकेट

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १९:१३
  • #नेपाली क्रिकेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। शनिबार, असोज ३१, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्