काठमाडौं – पूर्व मुख्यसचिव एकनारायण अर्याललाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
अदालतमा भएको बहसपछि चारदिने थुना म्याद दिइएको हो ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय लगेर शुक्रबार नै अदालतमा उपस्थित गराएको थियो ।
बिहीबार पक्राउ परेका अर्यालमाथि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा रकम असुलेर ठगी गर्न नीतिगत निर्णय गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।