• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

उदाउँदा खेलाडीको भविष्य अन्त्य गर्ने ‘कारखाना’ अर्थात् नेपाली क्रिकेट

64x64
दीप सुवेदी शुक्रबार, साउन २०, २०७९  १०:२९
1140x725

काठमाडौं– खेलको नियम नै हो, जो चलिरहन्छ त्यो टोलीमा परिरहन्छ। अर्थात् उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी राष्ट्रिय टोलीमा परिरहन कुनै संघर्ष गर्नुपर्दैन। तर अवसर खोजिरहेका खेलाडीले भने राष्ट्रिय टोलीमा पर्न निक्कै संघर्ष गरि रहनुपर्छ।

पुस्ता परिवर्तनको सम्मुखमा रहेको नेपाल क्रिकेटका लागि भने यो तथ्य अपवाद नै हो। खेलाडी उत्पादनमा कमी र सहर केन्द्रित प्रतियोगिताबाट राष्ट्रिय टोली निर्माणका कारण नयाँ खेलाडी देख्न नै मुस्किल हुन्छ। जति आउँछन् तिनले पनि १/२ खेलमा मौका पाउँछन् र हराउँदै जान्छन्। त्यसैको पछिल्लो उदाहरण हुन् तीव्र गतिका बलर गुल्सन झा।

गतवर्ष भदौमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान भ्रमणको का लागि पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै गर्दा सर्लाही मलगंवाका झाले बन्द प्रशिक्षणमा रहेका कमलसिंह ऐरी र साहब आलमलाई समेत पछाडि पारेका थिए।

घरेलु प्रतियोगितामा २ खेलको मात्र अनुभव बोकेका झाको नेपाली टोलीमा प्रवेशले क्रिकेट जगतमै तरंग ल्यायो। झा २०७७ को चैतमा भएको काठमाडौं मेयर्स कपका दौरान चर्चामा आएका थिए। 

विभागीय टोली नेपाल पुलिस क्लबबाट खेलेका उनले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। पुलिसबाट फाइनलमा दोस्रो खेल खेल्दा १७ वर्षीय झाले ४ विकेट लिएका थिए। झाको उत्कृष्ट प्रदर्शनमा पुलिसले ८ विकेटको जित निकाल्दै उपाधि समेत जित्यो। 

झालाई पुलिसले मेयर्स कपदेखि टोलीमा भित्र्याएको थियो। काठमाडौं मेयर्स–११ विरूद्धको सेमिफाइनलमा उनले मौका पाएका थिए। तर, सोचेजस्तो प्रदर्शन गर्न सकेनन्। त्यसअघि झाले प्रधानमन्त्री कपको छनोट प्रदेश २ बाट खेलेका थिए। त्यतिबेला उनी प्रदेश २ को बैकल्पिक खेलाडीमा परेपछि  खेल्न पाएनन्। 

मेयर्स कपको फाइनलमा गरेको प्रदर्शनले सबैको ध्यान खिचेका झाको लक्ष्य नेपालको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्ने थियो। जुन तत्कालीन प्रशिक्षक डेभ वाट्मोरले पूरा गरिदिए। वाट्मोरले उनलाई टोलीमा राख्ने लक्ष्यसहित भित्र्याएका भने थिएनन्। अनुभव नै कम भएको कारण उनलाई कम्तीमा ‘नेट प्राक्टिस’ गराउने लक्ष्य थियो वाट्मोरको। 

नेट प्राक्टिसमा पनि अब्बल देखिएका झाले केही अनुभवी खेलाडीलाई पछि पार्दै अमेरिकाविरूद्धको ओडीआई खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरे। डेब्यू खेलमा ५३ बलमा २८ रन बनाएका झाले बलिङमा भने आफ्नो प्रभाव जमाउन सकेनन्। ३ ओभरमा ३१ रन दिएका झा विकेटबिहीन हुँदै महंगो सावित भए।

Ncell 2
Ncell 2
nimb
nimb

घरेलु मैदानमा पपुवा न्यू गिनीविरूद्ध ओडीआई र फिलिपिन्सविरूद्ध टी–२० विश्वकप छनोट खेलेका झा त्यसपछि भने टोलीमा पर्न सकेनन्। तर, उनी टोलीमा नपरे पनि सिनियर खेलाडीसँग अभ्यास गर्न पाउनु नै आफूलाई भाग्यमानी ठान्छन्। 

‘म जुन लेभलबाट राष्ट्रिय टोलीमा पुगेको थिएँ त्यो प्रयाप्त थिएन। ममा सुधारको खाँचो थियो। मैले दाइहरू (करण केसी र सोमपाल कामी)जस्ता सिनियर खेलाडीसँग अभ्यास गर्न पाउनु नै भाग्यको कुरा हो। म टोलीमा पर्दा लाइन र लेन्थ ठिक थिएन। तर, उहाँहरूसँग अभ्यास गर्न पाएपछि सुधार गर्न सकेँ। त्यसैले टोलीमा परिनँ भनेर खिन्न महसुस हुँदैन,’ उनी भन्छन्।

झामात्रै होइन। राष्ट्रिय टोलीमा देव खनाल, किशोर महतो, विवेक यादव, लोकेश बम, बसिर अहमदजस्ता थ्रुपै नयाँ युवा खेलाडीले स्थान बनाएका छन्। घरेलु प्रतियोगितामा राम्रो सम्भावना देखाउँदै राष्ट्रिय टोलीमा स्थान बनाएका उनीहरूले केही खेलहरू पनि खेलेका छन्। तर, उनीहरूलाई कहिले कुन पोजिसनमा खेलाउने भन्ने नै चुनौती रहेको कप्तान सन्दीप लामिछाने बताउँछन्। 

‘हामीसँग केही नयाँ खेलाडी छन्, उनीहरूले राम्रो प्रदर्शन गर्दै आएका छन्। विवेककै कुरा गर्ने हो भने उनी डेब्यूको प्रतिक्षामा छन्। तर अन्य खेलाडीले राम्रो खेल्दाखेल्दै उनलाई कसको स्थानमा खेलाउने भन्नेमा चुनौती छ,’ सन्दीपको भनाइ छ।

‘इगो’ले अनुभवी खेलाडीलाई बाहिर राख्दै नयाँलाई भित्र्याउँदै
पछिल्लो ६ महिनालाई हेर्ने हो भने नेपाली क्रिकेट परीक्षणमा चलिरहेको छ। भर्खरै राजीनामा दिएका प्रशिक्षक पुबुदु दासानायकेले सन् २०१४ मा आफ्नै प्रशिक्षणमा विश्वकप खेलाएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरलाई बाहिर राख्दै नयाँ खेलाडीलाई परीक्षण गरेका थिए। 

यी दुवैले औपचारिक रूपमा सन्यासको घोषणा पनि गरेका छैनन्। तर, राष्ट्रिय टोलीमा पनि फर्किन सकेका छैनन्। ओमानमा गत फागुनमा सम्पन्न चारदेशीय टी–२० आई सिरिज र त्यसपछि आयोजित आईसीसी टी–२० पुरूष विश्वकप क्रिकेटको ग्लोबल छनोटमा मल्लले सन्दीप लामिछानेको कप्तानीमा खेलेका थिए। त्यसयता उनी टोलीमा अटाउन सकेका छैनन्।

सोही प्रतियोगिता खेल्नुअघि शरदको घुँडामा चोट लागेको थियो। क्यानले शरदको स्थानमा युवा ब्याट्सम्यान कुशल मल्ललाई त्यसबेला टोलीमा समावेश गरेको थियो। त्यसयता शरद पनि टोलीमा पर्न संघर्षरत छन्। शरद लगातारको चोट र खस्किँदो लयका कारण टोलीबाट बाहिरिएका थिए।

यी २ सिनियर खेलाडीको अनुपस्थितिमा नेपाली टोलीले ५ वटा सिरिज खेलिसकेको छ। सन्दीपको कप्तानीमा रहेको नेपाली टोली अहिले युवा खेलाडीले भरिएको छ। तर, महत्त्वपूर्ण खेलमा भने नेपाली टोलीले यी दुई खेलाडीलाई सम्झिँदै आएको छ। 

‘हामीसँग प्राय: नयाँ खेलाडीहरू छन्। उनीहरूसँग पर्याप्त अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छैन। हामीले जितिसकेको खेल हार्नु भनेको नेपाली टोलीमा अनुभवी खेलाडीको कमी हुनु पनि हो। त्यसैले टोलीमा अनुभवी खेलाडीको आवश्यकता छ भन्ने लाग्छ,’ गत जेठमा लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजमा खेल ‘टाइ’ भएपछि सन्दीपले भनेका थिए।

वर्तमान परिवेशअनुसार सिनियर खेलाडीहरूलाई टोलीमा फर्किन भने सहज छैन। ज्ञानेन्द्रले खेल्ने तेस्रो नम्बरमा पछिल्लो पटक यू–१९ टोलीका कप्तान देव खनालले राम्रो प्रदर्शन गरिरहेका छन्। १७ वर्षीय देवले गत मार्चमा कीर्तिपुरमा सम्पन्न पपुवा न्यू गिनीसँगको ओडीआई सिरिजमार्फत् नेपाली टोलीमा डेब्यू गरेका थिए। 

नेपाली टोलीबाट १० ओडीआई प्रतियोगिता खेलिसकेका देवले २५३ रन बनाइसकेका छन्। देवसँगै यू–१९ बाट आएका अलराउन्डर आदिल अन्सारीले पनि राष्ट्रिय टोलीमा आफूलाई प्रमाणित गरेका छन्। यस्तै, अर्का युवा अलराउण्डर बसिर अहमद पनि सिनियर टोलीमा थपिएका छन्।

भर्खरै स्कटल्याण्ड भ्रमणबाट फर्किएको नेपाली टोलीमा विकेटकिपर विनोद भण्डारी नै सबैभन्दा सिनियर थिए। उनले सन् २००९ मा एसीसी टी–२० प्रतियोगिताबाट नेपालका लागि डेब्यू गरेका थिए।

यता, सन् २००४ को इन्टरकन्टिनेन्टल कपमा युएईविरूद्ध डेब्यू गरेका शरद र २००६ को सोही प्रतियोगितामा नामिवियाविरूद्ध डेब्यू गरेका ज्ञानेन्द्रसँग डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय अनुभव छ। 

तर, पछिल्लो समय दुई खेलाडीको राष्ट्रिय टोलीमा उपस्थिति न्यून बन्दै आएको छ। करिअरको उत्तरार्धतिर रहेका शरद कुनै समय फिनिसरको रूपमा थिए। एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा गरेको प्रदर्शनको आधारमा शरदले राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए। तर, चोट र फर्मका कारण शरद राष्ट्रिय टोलीबाट टाढिँदै गए। यता, पूर्वकप्तान ज्ञानेन्द्रको हकमा भने अवस्था केही फरक छ।

ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा समाचारमाध्यममा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट संघ (क्यान)बाट अनुशासनको कारबाहीस्वरूप कप्तान पद गुमाएका थिए।

कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्वकप छनोट र युएईमा लिग–२ खेले। तर, त्यसपछि भने उनी टोलीमा पर्न छाडे। क्यान सँगको ‘इगो प्रोब्लम’का कारण ज्ञानेन्द्र टोलीमा पर्न नसकेको धेरैको बुझाइ छ।

गत फागुनमा युएईमा लिग–२ खेलेर आएपछि ज्ञानेन्द्र, शरद र विनोदलाई नै बाहिर राखेर क्यानले युवा टोली घोषणा गरेको थियो। त्यसबेला क्यानका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले सिनियर खेलाडीलाई आराम दिएको र उनीहरूले क्याम्पमा राम्रो गरे फेरि टोलीमा फर्कने बाटो खुला रहेको बताएका थिए।  कप्तान सन्दीपले पनि उनको कुरामा ‘होमा हो’ थपेका थिए।

विनोदको हकमा त्यो लागू पनि भयो। उनी अहिले टोलीमा छन्। केही समय अघिसम्म ब्याटिङतर्फ नेपालका लागि सर्वाधिक रन बनाउने कीर्तिमान ज्ञानेन्द्रकै नाममा थियो। ज्ञानेन्द्रले १९ खेलमा ४ अर्धशसहित ४८० रन बनाएका छन्। ज्ञानेन्द्रलाई ओडीआईमा आरिफ र आसिफ शेख, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले पछ्याइरहेका छन्।

४० खेलबाट १ शतक र ४ अर्धशतकसहित ७४८ रन बनाएका ज्ञानेन्द्र मल्ल टी–२० मा सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा छन्। सन्यास लिइसकेका पूर्वकप्तान पारस खड्काले ७९९ रन बनाएका छन्। 

अन्तर्राष्ट्रिय अभ्यासबाट शिक्षा लिँदैनन् नेपाली प्रशिक्षक
भारतीय क्रिकेटर विराट कोहलीलाई हेर्ने हो भनेपनि पछिल्लो समय उनको लय अस्वाभिक रूपमा खस्किएको छ। उनी कुनै बेला भारतीय टोलीको शक्तिशाली खेलाडी मानिन्थे। उनी प्रशिक्षक नै फेर्न र नियुक्त गर्ने हैसियत समेत राख्थे। सन् २०१७ मा भारतीय टोलीको प्रमुख प्रशिक्षकमा अनिल कुम्बलेलाई छाडेर रवि शास्त्रीलाई क्रिकेट बोर्डले छनोट गर्नुको मुख्य कारण उनी नै थिए। 

उनी आफ्नै शर्त र ‘मुड’अनुसार खेल्ने क्रिकेटरका रूपमा परिचिति छन्। उनको ब्याटले क्रिकेटका सबै फर्म्याटमा लगातार उच्च रन बनाएको पनि थियो। कोहलीको ब्याटिङ लगातार चलेकाले सचिन तेन्दुलकरको एकदिवसीयको ४९ शतक र टेस्टको ५१ शतकको कीर्तिमान केही समयमै तोडिने विश्लेषणसमेत गरिएको थियो।

हुन पनि क्रिकेट प्रतियोगितामा अन्तर्राष्ट्रिय टेस्ट र ओडीआई क्रिकेटमा गरी कुल ७० शतक बनाउनु चानचुने उपलब्धि होइन। तर, पछिल्लो समय उनै कोहलीको चमक फिक्का हुन थालेको छ। उनले २२ नोभेम्बर २०१९ पछि अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि शतक बनाउन सकेका छैनन्।

कोहली पूर्ण रूपमा फर्ममा नरहेका भने होइनन्। उनी अहिले पनि राम्रो सट खेल्छन्, राम्रो सुरूआत गर्छन्, तर आफ्नो इनिङ्सलाई ‘ठूलो इनिङ्स’मा परिणत गर्न भने असफल भइरहेका छन्। इङ्ल्यान्डको पछिल्लो टुरमा पनि उनले टेस्टदेखि एकदिवसीय खेलमा उल्लेखनीय रन बनाउन सकेनन्। त्यसपछि भने उनलाई वेस्ट इन्डिज भ्रमणमा आराम दिएर फर्ममा ल्याउने प्रयास भइरहेको छ। 

पूर्वकप्तान एलबी क्षेत्री नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकले कोहलीबाट पाठ सिक्न नसकेको बताउँछन्। ‘नयाँ खेलाडीको तुलनामा अनुभवी खेलाडी टोलीका लागि निक्कै महत्त्वपूर्ण हुन्छन्। तर, नेपाली टोलीमा भने लय खस्किँएको भन्दै उनीहरूलाई नै बाहिर राख्ने प्रचलन छ,’ उनी भन्छन्,‘ सबै खेलमा एकै खेलाडी चम्किन पर्छ भन्ने छैन र चम्किँदा पनि चम्किँदैन। तर, इगो र खेलाडीको अवस्थालाई नबुझी अनुभवी खेलाडीलाई बाहिर राख्नु मुर्खता सिवाय केही होइन।’

यो पनि पढ्नुहोस

राजनीतिबाट पीडित बनेको नेपाली क्रिकेट

क्यानले भने ‘आउट अफ फर्म’ हुने खेलाडीलाई फर्ममा ल्याउनको लागि कहिले पनि असल मार्ग अपनाएकै छैन। प्राय: फर्ममा नरहेको खेलाडीको सट्टा नयाँ ल्याएर ग्याप भर्ने गरेको छ। त्यसैका नतिजा हुन् ज्ञानेन्द्र र शरद।

तर, अफगानिस्तानकै उदाहरण हेर्ने हो भने आफ्नो खेलाडी फर्ममा नभएमा अभ्यासको लागि पाकिस्तान पठाउँछ। एक–डेढ महिनाको अभ्यास दिएर फर्ममा फर्किए राष्ट्रिय टोलीमा पनि राख्छ। त्यतिमात्रै होइन अफगानिस्तानले आफ्ना खेलाडीलाई युएईको अबुधाबीमा पाकिस्तानलाई विश्वकप जिताउने हस्ती युनुस खानलाई ब्याटिङ कन्सल्टेन्ट बनाएर ४५ दिनको अभ्यास गराएको उदाहरण पनि छ। यसले सिनियरलाई मात्रै होइन यू–१९ टोलीका खेलाडीलाई पनि उत्तिकै फाइदा पुगेको थियो।

पूर्वकप्तान क्षेत्री बद्लिँदो क्रिकेटको कारण नेपालले पनि यही मार्ग अपनाउनुपर्ने बताउँछन्। ‘नेपाली खेलाडीलाई अभ्यासकै कमी भएको छ। खेलाडीले फरक–फरक हावापानी, पिचमा मात्रै होइन टोलीसँग पनि खेल्नु पर्छ। तर, हाम्रो नेपालमा भने फर्ममा नरहेकालाई फ्याँक्यो र अरूलाई भित्र्यायो गरिरहेका छन्, जुन राम्रो संकेत होइन। हाम्रो टोली परीक्षणकै क्रममा छ, त्यसैले कम्तीमा १ खेलाडीलाई २ वर्ष मौका दिनुपर्छ,’ उनले भने। 

 

यो श्रङ्खलाका अन्य सामग्रीहरु:

प्रशिक्षकका लागि ‘छुट्टी मनाउने हब’ बन्दै नेपाली क्रिकेट

उपेक्षामा महिला क्रिकेट: खेलाडी छन्, प्रतियोगिता छैन

सम्भावना नदेखेर विदेशिन्छन् खेलाडी, क्यान थमथम्याउने प्रयास समेत गर्दैन

राजनीतिबाट पीडित बनेको नेपाली क्रिकेट

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १०:२९
  • #नेपाली क्रिकेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित मंगलबार समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो। मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य बाबर हयातको सानदार शतकसँगै हङकङले एसीसी मेन्स प्रिमियर कप २०२६ मा नेपालसामु २६२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। मंगलबार, भदौ २३, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री क्यानका अनुसार बोलपत्र तथा खरिद प्रक्रियामार्फत अधिकारधनी छनोट गरिएको हो। जसअनुसार एनपीएलको विश्वव्यापी ओटीटी अधिकार नेट टिभी प्रालि... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
आज सुनको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ? बुधबार, भदौ २४, २०८३
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको ११३औँ जन्मजयन्ती मनाइँदै बुधबार, भदौ २४, २०८३
भदौ २३ को आन्दोलनमा बाह्य शक्तिले नेपाली युवालाई प्रयोग गरे : बस्नेत बुधबार, भदौ २४, २०८३
प्रचण्डको प्रश्न– जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो ? बुधबार, भदौ २४, २०८३
रविले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला मंगलबार, भदौ २३, २०८३
सर्वसाधारण भन्छन् : ओलीलाई आजीवन कारावास र बालेनलाई साथ दिनुपर्छ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्