• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

उदाउँदा खेलाडीको भविष्य अन्त्य गर्ने ‘कारखाना’ अर्थात् नेपाली क्रिकेट

64x64
दीप सुवेदी शुक्रबार, साउन २०, २०७९  १०:२९
1140x725

काठमाडौं– खेलको नियम नै हो, जो चलिरहन्छ त्यो टोलीमा परिरहन्छ। अर्थात् उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी राष्ट्रिय टोलीमा परिरहन कुनै संघर्ष गर्नुपर्दैन। तर अवसर खोजिरहेका खेलाडीले भने राष्ट्रिय टोलीमा पर्न निक्कै संघर्ष गरि रहनुपर्छ।

पुस्ता परिवर्तनको सम्मुखमा रहेको नेपाल क्रिकेटका लागि भने यो तथ्य अपवाद नै हो। खेलाडी उत्पादनमा कमी र सहर केन्द्रित प्रतियोगिताबाट राष्ट्रिय टोली निर्माणका कारण नयाँ खेलाडी देख्न नै मुस्किल हुन्छ। जति आउँछन् तिनले पनि १/२ खेलमा मौका पाउँछन् र हराउँदै जान्छन्। त्यसैको पछिल्लो उदाहरण हुन् तीव्र गतिका बलर गुल्सन झा।

गतवर्ष भदौमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान भ्रमणको का लागि पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै गर्दा सर्लाही मलगंवाका झाले बन्द प्रशिक्षणमा रहेका कमलसिंह ऐरी र साहब आलमलाई समेत पछाडि पारेका थिए।

घरेलु प्रतियोगितामा २ खेलको मात्र अनुभव बोकेका झाको नेपाली टोलीमा प्रवेशले क्रिकेट जगतमै तरंग ल्यायो। झा २०७७ को चैतमा भएको काठमाडौं मेयर्स कपका दौरान चर्चामा आएका थिए। 

विभागीय टोली नेपाल पुलिस क्लबबाट खेलेका उनले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। पुलिसबाट फाइनलमा दोस्रो खेल खेल्दा १७ वर्षीय झाले ४ विकेट लिएका थिए। झाको उत्कृष्ट प्रदर्शनमा पुलिसले ८ विकेटको जित निकाल्दै उपाधि समेत जित्यो। 

झालाई पुलिसले मेयर्स कपदेखि टोलीमा भित्र्याएको थियो। काठमाडौं मेयर्स–११ विरूद्धको सेमिफाइनलमा उनले मौका पाएका थिए। तर, सोचेजस्तो प्रदर्शन गर्न सकेनन्। त्यसअघि झाले प्रधानमन्त्री कपको छनोट प्रदेश २ बाट खेलेका थिए। त्यतिबेला उनी प्रदेश २ को बैकल्पिक खेलाडीमा परेपछि  खेल्न पाएनन्। 

मेयर्स कपको फाइनलमा गरेको प्रदर्शनले सबैको ध्यान खिचेका झाको लक्ष्य नेपालको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्ने थियो। जुन तत्कालीन प्रशिक्षक डेभ वाट्मोरले पूरा गरिदिए। वाट्मोरले उनलाई टोलीमा राख्ने लक्ष्यसहित भित्र्याएका भने थिएनन्। अनुभव नै कम भएको कारण उनलाई कम्तीमा ‘नेट प्राक्टिस’ गराउने लक्ष्य थियो वाट्मोरको। 

नेट प्राक्टिसमा पनि अब्बल देखिएका झाले केही अनुभवी खेलाडीलाई पछि पार्दै अमेरिकाविरूद्धको ओडीआई खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरे। डेब्यू खेलमा ५३ बलमा २८ रन बनाएका झाले बलिङमा भने आफ्नो प्रभाव जमाउन सकेनन्। ३ ओभरमा ३१ रन दिएका झा विकेटबिहीन हुँदै महंगो सावित भए।

Ncell 2
Ncell 2

घरेलु मैदानमा पपुवा न्यू गिनीविरूद्ध ओडीआई र फिलिपिन्सविरूद्ध टी–२० विश्वकप छनोट खेलेका झा त्यसपछि भने टोलीमा पर्न सकेनन्। तर, उनी टोलीमा नपरे पनि सिनियर खेलाडीसँग अभ्यास गर्न पाउनु नै आफूलाई भाग्यमानी ठान्छन्। 

‘म जुन लेभलबाट राष्ट्रिय टोलीमा पुगेको थिएँ त्यो प्रयाप्त थिएन। ममा सुधारको खाँचो थियो। मैले दाइहरू (करण केसी र सोमपाल कामी)जस्ता सिनियर खेलाडीसँग अभ्यास गर्न पाउनु नै भाग्यको कुरा हो। म टोलीमा पर्दा लाइन र लेन्थ ठिक थिएन। तर, उहाँहरूसँग अभ्यास गर्न पाएपछि सुधार गर्न सकेँ। त्यसैले टोलीमा परिनँ भनेर खिन्न महसुस हुँदैन,’ उनी भन्छन्।

झामात्रै होइन। राष्ट्रिय टोलीमा देव खनाल, किशोर महतो, विवेक यादव, लोकेश बम, बसिर अहमदजस्ता थ्रुपै नयाँ युवा खेलाडीले स्थान बनाएका छन्। घरेलु प्रतियोगितामा राम्रो सम्भावना देखाउँदै राष्ट्रिय टोलीमा स्थान बनाएका उनीहरूले केही खेलहरू पनि खेलेका छन्। तर, उनीहरूलाई कहिले कुन पोजिसनमा खेलाउने भन्ने नै चुनौती रहेको कप्तान सन्दीप लामिछाने बताउँछन्। 

‘हामीसँग केही नयाँ खेलाडी छन्, उनीहरूले राम्रो प्रदर्शन गर्दै आएका छन्। विवेककै कुरा गर्ने हो भने उनी डेब्यूको प्रतिक्षामा छन्। तर अन्य खेलाडीले राम्रो खेल्दाखेल्दै उनलाई कसको स्थानमा खेलाउने भन्नेमा चुनौती छ,’ सन्दीपको भनाइ छ।

‘इगो’ले अनुभवी खेलाडीलाई बाहिर राख्दै नयाँलाई भित्र्याउँदै
पछिल्लो ६ महिनालाई हेर्ने हो भने नेपाली क्रिकेट परीक्षणमा चलिरहेको छ। भर्खरै राजीनामा दिएका प्रशिक्षक पुबुदु दासानायकेले सन् २०१४ मा आफ्नै प्रशिक्षणमा विश्वकप खेलाएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरलाई बाहिर राख्दै नयाँ खेलाडीलाई परीक्षण गरेका थिए। 

यी दुवैले औपचारिक रूपमा सन्यासको घोषणा पनि गरेका छैनन्। तर, राष्ट्रिय टोलीमा पनि फर्किन सकेका छैनन्। ओमानमा गत फागुनमा सम्पन्न चारदेशीय टी–२० आई सिरिज र त्यसपछि आयोजित आईसीसी टी–२० पुरूष विश्वकप क्रिकेटको ग्लोबल छनोटमा मल्लले सन्दीप लामिछानेको कप्तानीमा खेलेका थिए। त्यसयता उनी टोलीमा अटाउन सकेका छैनन्।

सोही प्रतियोगिता खेल्नुअघि शरदको घुँडामा चोट लागेको थियो। क्यानले शरदको स्थानमा युवा ब्याट्सम्यान कुशल मल्ललाई त्यसबेला टोलीमा समावेश गरेको थियो। त्यसयता शरद पनि टोलीमा पर्न संघर्षरत छन्। शरद लगातारको चोट र खस्किँदो लयका कारण टोलीबाट बाहिरिएका थिए।

यी २ सिनियर खेलाडीको अनुपस्थितिमा नेपाली टोलीले ५ वटा सिरिज खेलिसकेको छ। सन्दीपको कप्तानीमा रहेको नेपाली टोली अहिले युवा खेलाडीले भरिएको छ। तर, महत्त्वपूर्ण खेलमा भने नेपाली टोलीले यी दुई खेलाडीलाई सम्झिँदै आएको छ। 

‘हामीसँग प्राय: नयाँ खेलाडीहरू छन्। उनीहरूसँग पर्याप्त अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छैन। हामीले जितिसकेको खेल हार्नु भनेको नेपाली टोलीमा अनुभवी खेलाडीको कमी हुनु पनि हो। त्यसैले टोलीमा अनुभवी खेलाडीको आवश्यकता छ भन्ने लाग्छ,’ गत जेठमा लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजमा खेल ‘टाइ’ भएपछि सन्दीपले भनेका थिए।

वर्तमान परिवेशअनुसार सिनियर खेलाडीहरूलाई टोलीमा फर्किन भने सहज छैन। ज्ञानेन्द्रले खेल्ने तेस्रो नम्बरमा पछिल्लो पटक यू–१९ टोलीका कप्तान देव खनालले राम्रो प्रदर्शन गरिरहेका छन्। १७ वर्षीय देवले गत मार्चमा कीर्तिपुरमा सम्पन्न पपुवा न्यू गिनीसँगको ओडीआई सिरिजमार्फत् नेपाली टोलीमा डेब्यू गरेका थिए। 

नेपाली टोलीबाट १० ओडीआई प्रतियोगिता खेलिसकेका देवले २५३ रन बनाइसकेका छन्। देवसँगै यू–१९ बाट आएका अलराउन्डर आदिल अन्सारीले पनि राष्ट्रिय टोलीमा आफूलाई प्रमाणित गरेका छन्। यस्तै, अर्का युवा अलराउण्डर बसिर अहमद पनि सिनियर टोलीमा थपिएका छन्।

भर्खरै स्कटल्याण्ड भ्रमणबाट फर्किएको नेपाली टोलीमा विकेटकिपर विनोद भण्डारी नै सबैभन्दा सिनियर थिए। उनले सन् २००९ मा एसीसी टी–२० प्रतियोगिताबाट नेपालका लागि डेब्यू गरेका थिए।

यता, सन् २००४ को इन्टरकन्टिनेन्टल कपमा युएईविरूद्ध डेब्यू गरेका शरद र २००६ को सोही प्रतियोगितामा नामिवियाविरूद्ध डेब्यू गरेका ज्ञानेन्द्रसँग डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय अनुभव छ। 

तर, पछिल्लो समय दुई खेलाडीको राष्ट्रिय टोलीमा उपस्थिति न्यून बन्दै आएको छ। करिअरको उत्तरार्धतिर रहेका शरद कुनै समय फिनिसरको रूपमा थिए। एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा गरेको प्रदर्शनको आधारमा शरदले राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए। तर, चोट र फर्मका कारण शरद राष्ट्रिय टोलीबाट टाढिँदै गए। यता, पूर्वकप्तान ज्ञानेन्द्रको हकमा भने अवस्था केही फरक छ।

ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा समाचारमाध्यममा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट संघ (क्यान)बाट अनुशासनको कारबाहीस्वरूप कप्तान पद गुमाएका थिए।

कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्वकप छनोट र युएईमा लिग–२ खेले। तर, त्यसपछि भने उनी टोलीमा पर्न छाडे। क्यान सँगको ‘इगो प्रोब्लम’का कारण ज्ञानेन्द्र टोलीमा पर्न नसकेको धेरैको बुझाइ छ।

गत फागुनमा युएईमा लिग–२ खेलेर आएपछि ज्ञानेन्द्र, शरद र विनोदलाई नै बाहिर राखेर क्यानले युवा टोली घोषणा गरेको थियो। त्यसबेला क्यानका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले सिनियर खेलाडीलाई आराम दिएको र उनीहरूले क्याम्पमा राम्रो गरे फेरि टोलीमा फर्कने बाटो खुला रहेको बताएका थिए।  कप्तान सन्दीपले पनि उनको कुरामा ‘होमा हो’ थपेका थिए।

विनोदको हकमा त्यो लागू पनि भयो। उनी अहिले टोलीमा छन्। केही समय अघिसम्म ब्याटिङतर्फ नेपालका लागि सर्वाधिक रन बनाउने कीर्तिमान ज्ञानेन्द्रकै नाममा थियो। ज्ञानेन्द्रले १९ खेलमा ४ अर्धशसहित ४८० रन बनाएका छन्। ज्ञानेन्द्रलाई ओडीआईमा आरिफ र आसिफ शेख, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले पछ्याइरहेका छन्।

४० खेलबाट १ शतक र ४ अर्धशतकसहित ७४८ रन बनाएका ज्ञानेन्द्र मल्ल टी–२० मा सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा छन्। सन्यास लिइसकेका पूर्वकप्तान पारस खड्काले ७९९ रन बनाएका छन्। 

अन्तर्राष्ट्रिय अभ्यासबाट शिक्षा लिँदैनन् नेपाली प्रशिक्षक
भारतीय क्रिकेटर विराट कोहलीलाई हेर्ने हो भनेपनि पछिल्लो समय उनको लय अस्वाभिक रूपमा खस्किएको छ। उनी कुनै बेला भारतीय टोलीको शक्तिशाली खेलाडी मानिन्थे। उनी प्रशिक्षक नै फेर्न र नियुक्त गर्ने हैसियत समेत राख्थे। सन् २०१७ मा भारतीय टोलीको प्रमुख प्रशिक्षकमा अनिल कुम्बलेलाई छाडेर रवि शास्त्रीलाई क्रिकेट बोर्डले छनोट गर्नुको मुख्य कारण उनी नै थिए। 

उनी आफ्नै शर्त र ‘मुड’अनुसार खेल्ने क्रिकेटरका रूपमा परिचिति छन्। उनको ब्याटले क्रिकेटका सबै फर्म्याटमा लगातार उच्च रन बनाएको पनि थियो। कोहलीको ब्याटिङ लगातार चलेकाले सचिन तेन्दुलकरको एकदिवसीयको ४९ शतक र टेस्टको ५१ शतकको कीर्तिमान केही समयमै तोडिने विश्लेषणसमेत गरिएको थियो।

हुन पनि क्रिकेट प्रतियोगितामा अन्तर्राष्ट्रिय टेस्ट र ओडीआई क्रिकेटमा गरी कुल ७० शतक बनाउनु चानचुने उपलब्धि होइन। तर, पछिल्लो समय उनै कोहलीको चमक फिक्का हुन थालेको छ। उनले २२ नोभेम्बर २०१९ पछि अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि शतक बनाउन सकेका छैनन्।

कोहली पूर्ण रूपमा फर्ममा नरहेका भने होइनन्। उनी अहिले पनि राम्रो सट खेल्छन्, राम्रो सुरूआत गर्छन्, तर आफ्नो इनिङ्सलाई ‘ठूलो इनिङ्स’मा परिणत गर्न भने असफल भइरहेका छन्। इङ्ल्यान्डको पछिल्लो टुरमा पनि उनले टेस्टदेखि एकदिवसीय खेलमा उल्लेखनीय रन बनाउन सकेनन्। त्यसपछि भने उनलाई वेस्ट इन्डिज भ्रमणमा आराम दिएर फर्ममा ल्याउने प्रयास भइरहेको छ। 

पूर्वकप्तान एलबी क्षेत्री नेपाली राष्ट्रिय टोलीका प्रशिक्षकले कोहलीबाट पाठ सिक्न नसकेको बताउँछन्। ‘नयाँ खेलाडीको तुलनामा अनुभवी खेलाडी टोलीका लागि निक्कै महत्त्वपूर्ण हुन्छन्। तर, नेपाली टोलीमा भने लय खस्किँएको भन्दै उनीहरूलाई नै बाहिर राख्ने प्रचलन छ,’ उनी भन्छन्,‘ सबै खेलमा एकै खेलाडी चम्किन पर्छ भन्ने छैन र चम्किँदा पनि चम्किँदैन। तर, इगो र खेलाडीको अवस्थालाई नबुझी अनुभवी खेलाडीलाई बाहिर राख्नु मुर्खता सिवाय केही होइन।’

यो पनि पढ्नुहोस

राजनीतिबाट पीडित बनेको नेपाली क्रिकेट

क्यानले भने ‘आउट अफ फर्म’ हुने खेलाडीलाई फर्ममा ल्याउनको लागि कहिले पनि असल मार्ग अपनाएकै छैन। प्राय: फर्ममा नरहेको खेलाडीको सट्टा नयाँ ल्याएर ग्याप भर्ने गरेको छ। त्यसैका नतिजा हुन् ज्ञानेन्द्र र शरद।

तर, अफगानिस्तानकै उदाहरण हेर्ने हो भने आफ्नो खेलाडी फर्ममा नभएमा अभ्यासको लागि पाकिस्तान पठाउँछ। एक–डेढ महिनाको अभ्यास दिएर फर्ममा फर्किए राष्ट्रिय टोलीमा पनि राख्छ। त्यतिमात्रै होइन अफगानिस्तानले आफ्ना खेलाडीलाई युएईको अबुधाबीमा पाकिस्तानलाई विश्वकप जिताउने हस्ती युनुस खानलाई ब्याटिङ कन्सल्टेन्ट बनाएर ४५ दिनको अभ्यास गराएको उदाहरण पनि छ। यसले सिनियरलाई मात्रै होइन यू–१९ टोलीका खेलाडीलाई पनि उत्तिकै फाइदा पुगेको थियो।

पूर्वकप्तान क्षेत्री बद्लिँदो क्रिकेटको कारण नेपालले पनि यही मार्ग अपनाउनुपर्ने बताउँछन्। ‘नेपाली खेलाडीलाई अभ्यासकै कमी भएको छ। खेलाडीले फरक–फरक हावापानी, पिचमा मात्रै होइन टोलीसँग पनि खेल्नु पर्छ। तर, हाम्रो नेपालमा भने फर्ममा नरहेकालाई फ्याँक्यो र अरूलाई भित्र्यायो गरिरहेका छन्, जुन राम्रो संकेत होइन। हाम्रो टोली परीक्षणकै क्रममा छ, त्यसैले कम्तीमा १ खेलाडीलाई २ वर्ष मौका दिनुपर्छ,’ उनले भने। 

 

यो श्रङ्खलाका अन्य सामग्रीहरु:

प्रशिक्षकका लागि ‘छुट्टी मनाउने हब’ बन्दै नेपाली क्रिकेट

उपेक्षामा महिला क्रिकेट: खेलाडी छन्, प्रतियोगिता छैन

सम्भावना नदेखेर विदेशिन्छन् खेलाडी, क्यान थमथम्याउने प्रयास समेत गर्दैन

राजनीतिबाट पीडित बनेको नेपाली क्रिकेट

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १०:२९
  • #नेपाली क्रिकेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दिएको १४२ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा कुवेत निर्धारित २० ओभरमध्ये १८ दशमलव १ ओभर... बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको हो । बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै ओमनमा नेपालविरुद्ध कुवेतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । बुधबार, असोज २२, २०८२
ताजा समाचारसबै
माइतीघरबाट पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा प्रमुख सचेतक शाहीको माग बिहीबार, असोज २३, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, असोज २३, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्