काठमाडौं– नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ मा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले पहिला फिल्डिङ गर्ने भएको छ।
टीयु क्रीकेट मैदानमा चितवनविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
एनपीएलमा लुम्बिनीले पहिलो खेल खेल्न लागेको हो। चितवन भने दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।