• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ३०, २०८३ Tue, Jul 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

सम्भावना नदेखेर विदेशिन्छन् खेलाडी, क्यान थमथम्याउने प्रयास समेत गर्दैन

64x64
दीप सुवेदी शुक्रबार, साउन २०, २०७९  १४:३९
1140x725

काठमाडौं– नेपाली यू–१९ क्रिकेट टोलीका बायाँहाते ‘अर्थोडक्स’ स्पिनर थिए सुशील कँडेल। २०७२ मा मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ४ खेलमा ११ विकेट लिए उनले। नवलपरासीका सुशीलले सोही प्रतियोगितामा साउदी अरेबियाविरुद्धको अन्तिम खेलमा १० मा ९ ओभर मेडन फ्याँकेर यू–१९ क्रिकेटमा कीर्तिमान नै राखे।

चितवनका प्रशिक्षक राजु खड्काले तिखारेका सुशीलले त्यतिखेर कीर्तिमान बन्छ भन्ने कल्पना नै गरेका थिएनन्। भन्थे, ‘मैले कल्पना पनि गरेको थिइनँ। आफ्नो काममा लागिरहेको थिएँ। रेकर्ड बन्न पुग्यो।’

करिब ४ वर्ष अघिसम्म पनि उमेर समूहमा मात्रै होइन घरेलु प्रतियोगितामा पनि उत्तिकै छाए सुशील। धनगढी प्रिमियर लिग (डीपीएल)को पहिलो संस्करणमा त उनी सर्वोत्कृष्ट खेलाडी नै बने। लगत्तै भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल)को पहिलो संस्करणमा पनि उनले सबैभन्दा बढी विकेट लिँदै आफ्नो टोली पञ्चकन्या तेजलाई च्याम्पियन बनाए।

296992770_801101491252299_315494328943347795_n1659621230.png
सुशील कँडेल

लगत्तै उनले सन् २०१७ को अक्टोम्बरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि सिनियर राष्ट्रिय टोलीमा समेत स्थान बनाए। तर  ‘डेब्यू’ भने गर्न पाएनन्। एक समय नेपाली क्रिकेटको भविष्यका रुपमा हेरिएका यी स्पिनर एक्कासी सन् २०१८ मा जापान उडे। करिअरको उचाइमा रहेका बेला क्रिकेट त्याग्दै विदेशिने निर्णय लिएका  सुशील भन्छन्, ‘जीवनमा कुनै पनि बेला विदेश जान्नँ, देशकै लागि केही गर्छु भन्ने सोचेको थिएँ। तर, विदेशिने रहरभन्दा पनि बाध्यता बन्यो।’

यो पनि पढ्नुहोस

तन अमेरिका, मन नेपाली क्रिकेटमा 

बाध्यता कै कारण पलायन हुने सुशील त एक प्रतिनिधि पात्र मात्रै हुन्। उनीजस्तै नरेश बुढाऐर, अमृत भट्टराई, सुनम गौतमजस्ता दर्जनौं खेलाडी क्रिकेटमा सम्भावना नदेखेर विदेशिएका छन्। उनीहरु प्रायको एकै गुनासो छ– नेपालमा खेलेर पेट पाल्न सकिन्न।

कति सुध्रियो अवस्था?
करिब ४ वर्षअघि इन्डियन प्रिमियर लिग (आईपीएल) को दशौं संस्करणमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने छनोट हुँदा क्रिकेट वृतमा ठूलै तरंग पैदा भएको थियो।

अस्ट्रेलियाका चर्चित अलराउन्डर ग्लेन मेक्सवेल र डानियल क्रिस्चियन, दक्षिण अफ्रिकाका खतरनाक तीव्रगतिका बलर कागिसो राबाडा र अलराउन्डर क्रिस मोरिस, न्यूजिल्यान्डका तीव्रगतिका बलर ट्रेन्ट बोल्ट र ब्याट्सम्यान कोलिन मुनरो तथा इङ्गल्यान्डका लियाम प्लङ्केट लगायतलाई भित्र्याउन महँगो मूल्य तिरेको दिल्ली क्यापिटल्स (तत्कालीन दिल्ली डेयर डेभिल्स)का निम्ति नेपाली लेग स्पिनर सन्दीपलाई किन्नु आफैंमा ठूलो चुनौती थियो।

दिल्लीको टिममा भारतीय टेस्ट टोलीका अनुभवी लेग स्पिनर अमित मिश्रा पहिलेदेखि थिए, जसले अघिल्ला संस्करणहरूमा तीन पल्ट ‘ह्याट्रिक’ गर्दै आईपीएलमा आफ्नो विशेषज्ञता सावित गरिसकेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

1648282129_Sandeep-Lamichane.jpg

यस्तो अवस्थामा दिल्लीले एसोसिएट राष्ट्रको १७ वर्षे किशोरमाथि ‘जुवा’ खेलेको थियो। ‘अक्सन’मार्फत् सन्दीपलाई दिल्लीले २० लाख भारुमा सकार्दा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाइसकेको थिएन।

यो पनि पढ्नुहोस

के सन्दीप लामिछाने ‘ओभर रेटेड’ खेलाडी हुन्?

तर सन्दीपले दिल्लीको भरोसा मर्न दिएनन्। क्रिकेट दुनियाँका नामुद खेलाडीको छायामा परेर सुरुआती ११ खेलमा मौका नपाएका सन्दीपलाई दिल्लीले ‘प्लेअफ’ बाट बाहिरिएपछि अन्तिम तीन खेलमा लगातार मौका दियो। यी तीनै खेलमा उनले जुन स्तरको बलिङ गरे, त्यसबाट विश्व क्रिकेट नै कायल बन्यो।

आईपीएलमा सन्दीपको सफलतापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा नेपाली क्रिकेटको चर्चा चुलियो। सन्दीपले मात्रै होइन, नेपालका अरु खेलाडीले पनि विदेशी प्रतियोगितामा भाग लिने बाटो खुलिएको भन्दै उत्सव मनाइन्थ्यो। तर, ३ सिजन दिल्लीबाट आईपीएल खेलेका सन्दीपले विश्वका सबै फ्रेन्चाइजी लिग खेलेर भ्याउँदा अन्य नेपाली खेलाडीले भने अपेक्षा गरेअनुसार मौका पाउन सकेनन्।

rajkumar pradhan1657280088.png

हुन त सन्दीपभन्दा पहिले पनि धेरै खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रतिभा देखाइसकेका थिए।  सन् २००३ मा भारतको मुम्बईस्थित क्रिकेट क्लब अफ इन्डिया (सीसीए) मा विश्वचर्चित प्रशिक्षकहरूसँग तीन महिना प्रशिक्षण लिँदा भेट्रान लेग स्पिनर राजकुमार प्रधानले सबैलाई आश्चर्यचकित पारे।

अस्ट्रेलियाका प्रशिक्षक स्वर्गीय बब सिम्पसन, भारतका पूर्व विकेटकिपर किरण मोरे, नारी कन्ट्रेक्टर, हनुमन्त सिंह सहभागी प्रशिक्षणमा राजकुमारको बलिङ हेरेपछि मोरेले भनेका थिए, ‘यो बलर भारतमा जन्मेको भए उहिल्यै टेस्ट टिममा परिसक्थ्यो।’

राजकुमारसँगै त्यो प्रशिक्षणमा सहभागी अफ स्पिनर सञ्जम रेग्मी भन्थे,‘राजकुमार दाइको बलिङबाट सिम्सन यति प्रभावित थिए कि उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का पूर्वअध्यक्ष राजसिंह डुंगरपुरलाई फोन गरेर बलिङ हेर्न बोलाएका थिए।’ रणजी ट्रफी खेल्ने मुम्बई टिमका कप्तान शिशिर हत्कण्डीले त राजकुमारलाई मुम्बईमा बसेर क्रिकेट खेल्ने सल्लाह नै दिएका थिए।

राजकुमारलाई अस्ट्रेलियाली टिमले सन् २००४ मा भारत भ्रमण गर्दा ‘नेट–प्राक्टिस’ का लागि बोलाइएको थियो। सन् २००५ मा अस्ट्रेलियाको न्यू साउथ वेल्समा व्यावसायिक क्रिकेट खेल्ने फिजीका तत्कालीन कप्तान वाइसेक टुकाहाले पनि राजकुमारलाई अस्ट्रेलियामा व्यावसायिक क्रिकेट खेल्न निम्तो गरेका थिए।

rajkumar-pradhan1659621384.jpg

२००५ को ‘आईसीसी क्रिकेट वर्ल्डकप क्वालिफाइङ सिरिज डिभिजन–२’ मा फिजीविरुद्ध राजकुमारले १० ओभरमा १७ रन मात्र खर्चेपछि टुकाहा उनको बलिङको ‘फ्यान’ भएका थिए। तर अस्ट्रेलियाबाट आवश्यक कागजपत्र आउँदा पनि क्यानले उनलाई विदेशमा खेल्ने अनुमति दिएन। कमजोर आर्थिक पृष्ठभूमिले गर्दा खेलाडी जीवन छाडेर वैदेशिक रोजगारका लागि दुईपल्ट कतार पुगेका राजकुमार जापान समेत पुगे। अहिले उनी नेपाल फर्किएका छन्। राजकुमार विगतमा भन्दा अहिले क्रिकेटको स्थिति सुधार भएको बताउँछन्।

‘पहिला हामीलाई देशको लागि खेल्नुपर्छ भन्ने थियो, पैसाको त कुरै उठ्दैन थियो। तर, परिवारमा कमाउनुपर्छ भन्ने प्रेसर दिइन्थ्यो। त्यसैले हामीले पेट पाल्न विदेश रोज्यौं। तर, अहिले त्यस्तो अवस्था छैन। खेल्न सक्ने क्रिकेटर (सन्दीप)जस्ता खेलाडीले लाखौं कमाइरहेका छन्। क्यान सुध्रिने हो भने पेट पाल्न समस्या छैन,’ उनी भन्छन्।

पुरस्कारमा सरकारको प्राथमिकता
पछिल्लो समयमा ठूलो फड्को मारेको क्रिकेटलाई सरकारले पनि उच्च प्राथमिकतामा राखेको छ। युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेर क्रिकेटको पुरस्कारलाई संस्थागत मात्र गरेको छैन, रकममा उल्लेख्य वृद्धि समेत गरेको छ। गत बिहीबार मन्त्रिपरिषद्ले पास गरेको यो कार्यविधिअनुसार १३ प्रकारका प्रतियोगितामा पदक तथा उपाधि जितेमा क्रिकेट खेलाडीलाई पुरस्कार दिने व्यवस्था गरिएको छ।

खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिअनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकपको उपाधि जितेमा क्रिकेट टिमका खेलाडीले जनही ३२ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउँछन्।

1648708435_nepali cricket tu.jpg

स्वर्ण जित्ने खेलाडीले जनही २६ लाख पुरस्कार पाउनेछन् भने कास्य जित्नेले १९ लाख ५० हजार रुपैयाँ नगद पाउनेछन्। यता, महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजन एकबाट विश्वकपमा छनोट भएमा खेलाडीले जनही १९ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। रजत जिते १३ लाख र कास्य जिते ९ लाख १० हजार जनही पुरस्कार पाउने व्यवस्था कार्यविधिमा छ।

डिभिजन टुबाट वानमा पुग्दा स्वर्ण जितेमा खेलाडीले जनही ६ लाख ५० हजार र दोस्रो भएमा जनही ३ लाख ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यता, विश्व क्रिकेट लिग डिभिजन थ्रीबाट टूमा उक्लँदा स्वर्ण जितेमा खेलाडीले जनही २ लाख ६० हजार रुपैयाँ पाउनेछन्।

उमेर समूहको विश्वकपमा स्वर्ण जिते खेलाडीले जनही १६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने एसियन कपको स्वर्ण जनही १० लाख पुरस्कार पाउनेछन्। क्षेत्रीय एसियाली खेलकुदमा स्वर्ण जिते ५ लाख, रजत जितेमा ३ लाख र कांस्य जितेमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार निर्धारण गरिएको छ।

एशियाली क्षेत्रीय स्तरको उमेर समूहको प्रतियोगितामा स्वर्ण जितेमा टोलीका खेलाडीले जनही ३ लाख र रजत जितेमा १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उमेर समूहको एसियाली प्रतियोगितामा स्वर्ण जितेमा जनही ८ लाख, रजत जितेमा ४ लाख ८० हजार र कांस्य जितेमा २ लाख ४० हजार रुपैयाँ पुरस्कार दिइने व्यवस्था छ।

दुई देशबीचको एकदिवशीय अन्तर्राष्ट्रिय तथा टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेमा खेलाडीलाई जनही १ लाख, प्रशिक्षकलाई ७५ हजार पुरस्कार दिइने कार्यविधिमा उल्लेख छ। ३ वा त्यसभन्दा बढी टोली सम्मिलित एकदिवशीय अन्तर्राष्ट्रिय वा टी–२० अन्तर्राष्ट्रिय सिरिज जितेमा टोलीका सबै खेलाडीले जनही २ लाख रुपैयाँ दिइनेछ।

खेलाडीको स्तर उकास्न नै आफ्नै फ्रेन्चाइजी लिग: क्यान अध्यक्ष चतुरबहादुर चन्द


नेपाली क्रिकेट खेलाडीले बेलाबेलामा अनअफिसियल क्रिकेट प्रतियोगिता खेलेर पैसा पाएन भन्ने गुनासो गर्दै आएका छन्। यस्तो घटना नदोहोरियोस् भनेर हामीले आफ्नै आधिकारिक फ्रेन्चाइजी लिग नेपाल टी–२० लिग लिएर आएका छौं।

नेपाली खेलाडीको भविष्य निर्धारण गर्ने र दर्जनौं खेलाडीलाई आर्थिक हैसियत उकास्न नेपाल टी–२० लिग गर्न लागेका हौं। दुई वर्षको प्रयासपछि हामी यो प्रतियोगिताको घोषणा गरेका हौं। नेपाल टी–२० लिगले नेपालमा क्रिकेट विकासमात्र होइन क्यान पनि आर्थिक रूपमा बलियो हुनेछ। यो नेपाली खेलाडीको टेक्ने आधार बन्ने छ। व्यावसायिक र पर्यटकीय हिसाबमा पनि फड्को मार्ने छ।

1637715137_chatur (1).jpeg
क्यान अध्यक्ष चन्द

यस प्रतियोगिताको अक्सन र त्यसको मोडालिटीबारे हाल तय नभए पनि खेलाडीले नेपाल टी–२० लिग खेलेर पाउने पारिश्रमिक तय भइसकेको छ। त्यसअनुसार प्रतियोगिता खेल्ने नेपाली खेलाडीलाई समूह ‘ए’, ‘बी’ र ‘सी’ समूहमा वर्गीकरण गरिने छ।

समूह ‘ए’ का खेलाडीले न्यूनतम १५ लाख, समूह ‘बी’ का खेलाडीले न्यूनतम १० र समूह ‘सी’ का खेलाडीले न्युनतम ५ लाख रुपैयाँ पाउने छन्। धनगढीमा सम्पन्न अघिल्लो साधारणसभामा नेपाल टी–२० लिग खेलेर न्यूनतम ५ लाख पाउने घोषणा मैले नै गरेको हुँ। त्यहीअनुरुप आयोजक सेभेन थ्री स्पोर्टससँग खेलाडीको पारिश्रमिकका लागि वर्गीकरण गरिएको छ।

यो श्रङ्खलाका अन्य सामग्रीहरु:

प्रशिक्षकका लागि ‘छुट्टी मनाउने हब’ बन्दै नेपाली क्रिकेट

उपेक्षामा महिला क्रिकेट: खेलाडी छन्, प्रतियोगिता छैन

उदाउँदा खेलाडीको भविष्य अन्त्य गर्ने ‘कारखाना’ अर्थात् नेपाली क्रिकेट

राजनीतिबाट पीडित बनेको नेपाली क्रिकेट

 

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १४:३९
  • #नेपाली क्रिकेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा बिनाविकेट १९९ रन बनाएको हो। आइतबार, असार २८, २०८३
एनपीएल सिजन-३ : उपाध्यक्ष सिंहको नेतृत्वमा तीन सदस्यीय ‘मोनिटरिङ कमिटी’ गठन क्यानको केही दिनअघि बसेको बोर्ड बैठकले उपाध्यक्ष रोशन सिंहको नेतृत्वमा मोनिटरिङ कमिटी गठन गरेको हो । शनिबार, असार २७, २०८३
एसीसी यू–१९ महिला प्रिमियर कप: कतारविरुद्ध १०५ रन अन्तरले नेपाल विजयी मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको खेलमा नेपालले कतारलाई १०५ रन अन्तरले हराएको छ । पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा... शनिबार, असार २७, २०८३
ताजा समाचारसबै
पार्किङ गरिएका गाडीबारे रास्वपाले भन्यो– यस्ता गतिविधि लोकतन्त्रविरोधी सोमबार, असार २९, २०८३
कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ सोमबार, असार २९, २०८३
नेप्से ३०.६० अंकले घट्यो सोमबार, असार २९, २०८३
‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन सोमबार, असार २९, २०८३
राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित पार्न आयोगको प्रस्ताव सोमबार, असार २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्‍यो आक्रमण आइतबार, असार २८, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्