• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

के सन्दीप लामिछाने ‘ओभर रेटेड’ खेलाडी हुन्?

64x64
दीप सुवेदी बुधबार, फागुन ४, २०७८  ०७:११
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अस्ट्रेलियाको प्रतिष्ठित बिग बास लिगको पछिल्लो संस्करणका सुरुआती खेलहरूमा लय समात्न सकेनन्। उनले १४ खेलमा १४ विकेट नै लिए। उनी लयमा नहुँदा यो वर्ष हुने इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनमा बिक्लान् कि नबिक्लान् भन्ने कौतुहलता थियो।

यही साता भएको अक्सनमा उनीप्रति कुनै पनि टिमले चासो देखाएनन्। अघिल्लो वर्ष भएको मिनी अक्सनमा बिक्री नभएका उनी ‘अनक्याप्ड स्पिनर’ समूहमा थिए। केवल ४० लाख भारतीय रुपैयाँ ‘बेस प्राइस’ राखेका उनलाई कुनै फ्रेन्चाइज टोलीले किनेनन्। यद्यपि, विश्वभर लिग खेलेको अनुभव र यसपटक अहमदाबाद र लखनउ दुई टोली थपिएका कारण उनलाई आईपीएलमा बिक्री हुनसक्ने खेलाडी मानिएको थियो। 

सन्दीप लगातार दोस्रो पटक आईपीएलमा बिक्री हुन नसकेपछि समर्थकहरुमा प्रश्न उठेको छ– के एसोसिएटका सबैभन्दा अब्बल स्पिनर सन्दीप ‘ओभर रेटेड’ खेलाडी हुन्?

दिल्लीका अस्ट्रेलियाली प्रशिक्षक रिकी पोन्टिङसमेत सन्दीपको बलिङका प्रशंसक हुन्। अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको सिफारिसमा पोन्टिङले नै सन् २०१८ मा सन्दीपलाई आईपीएलमा दिल्ली क्यापिटल्स (तत्कालीन दिल्ली डेयर डेभिल्स) बाट मौका दिएका थिए। दिल्लीले उनलाई २० लाख भारतीय रुपैयाँ बेस प्राइसमा भित्र्याएको थियो। 

तर, सन्दीपले सुरुआती खेलमा मौका पाउन सकेनन्। ११ खेलपछि मौका पाएका उनले तत्कालीन भारतीय कप्तान विराट कोहली नेतृत्वको रोयल च्यालेञ्जर्स बेङ्लोरविरूद्ध खेल्दै आईपीएलमा डेब्यु गरेका थिए। जसमा उनले २५ रन खर्चेर १ विकेट लिए। उनले भारतीय क्रिकेट टिमका पूर्वविकेटकिपर पार्थिव पटेललाई पेभेलियन पठाएका थिए।

सन्दीपले उक्त संस्करणमा तीन खेल खेल्ने अवसर प्राप्त गरेका थिए। जसमा ५ विकेट लिन सफल भए। उनलाई सुरुदेखि नखेलाएकोमा दिल्लीको आलोचना पनि भएको थियो। सन् २०१९ मा दोस्रो सिजन खेल्दा पनि उनले खासै अवसर पाएनन्। १६ मध्ये ६ खेलमा मौका पाउँदा ८ विकेट लिन सफल भए। 

सम्झौताअनुसार आईपीएलमा उनको त्यो अन्तिम सिजन थियो। अर्को वर्ष आफूूलाई योभन्दा राम्रो टिम र पैसामा उभ्याउन पनि सन्दीपलाई ‘प्लेइङ सेट’ मा पर्नुुपर्ने बाध्यता थियो। तर, १० खेलमा उनी बेञ्चमा थन्काइए। दिल्लीले उनलाई सोसल मिडियाको प्रचारमा खुब प्रयोग गर्‍यो, नेपाली फ्यान बटुल्न। मैदानमा भने मौका दिइएन। त्यही कारण आईपीएलमा उनको भविष्यमाथि प्रश्न उठ्न थालेको थियो। 

आईपीएल टिम दिल्लीले अनुबन्ध गरेपछि उनले विश्वभरिका व्यवसायिक लिग भने खेल्ने मौका पाए। अफगानिस्तानका लेग स्पिनर रसिद खानसँग तुलना हुने गरेका सन्दीपले अस्ट्रेलियाको प्रतिष्ठित बिग बासदेखि  इंग्ल्याण्डको द हन्ड्रेड लिग, क्यारेबियन प्रिमियर लिग (सीपीएल)सम्म खेल्न भ्याए। २० वर्षको उमेरमा उनले पाएको त्यो सफलता वास्तवमै लोभलाग्दो थियो। तर, लगातार दुई वर्ष आईपीएलमा मौका नपाउँदा उनको साख खुम्चिएको छ।

Ncell 2
Ncell 2

अलराउन्डर खोजी हुँदा बिकेनन् सन्दीप 
यस पटकको मेगा अक्सनमा आईपीएल टोलीहरूले प्रायः युवा भारतीय खेलाडीलाई बढी प्राथमिकतामा राखेर अनुबन्ध गरेका छन्। त्यसैकारण सन्दीप मात्रै होइन नाम चलेका धेरै विदेशी खेलाडीले अवसर पाउन सकेनन्। 

सन्दीपले सन् २०१८ देखि लगातार विदेशी फ्रेन्चाइज लिग खेले पनि प्रदर्शन औसत छ। सन्दीपलाई लिँदा एक राम्रो विदेशी खेलाडीको कोटा गुमाउनु पर्ने हुन्छ। उनलाई कुनै पनि टिमले प्लेईङ–११ मा निरन्तर खेलाउने सम्भावना कम हुन्छ। 

आईपीएल नखेलेको खेलाडीहरुको हकमा सम्बन्धित राष्ट्रिय टोलीबाट गरेको अन्तर्राष्ट्रिय प्रदर्शनलाई टोलीहरूले अनुबन्धको आधार बनाउँछन्। नेपालले पछिल्लो वर्ष बलिया टोलीसँग खेल्ने उस्तो अवसर पाएन। मलेसिया र नेदरल्यान्ड्ससँग गत वैशाखमा टी२० श्रृङ्खला खेलेको थियो। मलेसिया बलियो टोली थिएन। अझै अक्सनको मुखैमा हुने प्रदर्शनले विशेष महत्व राख्छ। जसमा सन्दीप चुकेका छन्।

यो वर्ष आईपीएलका सुरुआती खेलहरु मुम्बई र प्लेअफका खेल अहमदाबादमा हुने सम्भावना उच्च छ। त्यस कारण अक्सनमा फ्रेन्चाइज टोलीले सन्दीप मात्र होइन मुजिब उर रहमान, इमरान ताहिर, तबरेज शाम्सी, आदिल राशिद र एडम जाम्पालगायत नाम चलेका थुप्रै लेग स्पिनरलाई महत्त्व दिएनन्। यहाँका पिच तीव्र गतिका बलरका लागि उपयोगी मानिन्छ।

हुन त आधुनिक टी२० क्रिकेटमा बलर वा ब्याटरको मात्र नभएर अलराउन्डरको खोजी गरिन्छ। स्पिनर मात्र खेलाउँदा अर्को ब्याटर खेलाउनु पर्छ। एक स्पिनर मात्र अनुबन्ध गर्दा ‘फिनिसर’ वा ब्याटरका रूपमा थप अर्को खेलाडी चाहिन्छ। प्रायः फ्रेन्चाइजी टिम तल्लो क्रममा ‘हिटर’को रूपमा प्रयोग गर्न सक्ने खेलाडीलाई बलिङको जिम्मेवारी दिन चाहन्छन्।

त्यसैले सबै फ्रेन्चाइज टोली बलिङ अलराउन्डमा बढी केन्द्रित थिए। दीपक चाहरलाई चेन्नईले १४ करोडमा किन्यो। किनभने उनले तीव्र गतिको बलिङ मात्र नभई तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन्। पन्जाब किंग्सले हार्ड हिटर मात्र नभई लेग स्पिन र अफ स्पिन बलिङ गर्न सक्ने इंग्ल्यान्डका विष्फोटक ब्याटर लियाम लिभिङस्टोनलाई भित्र्यायो।

चेन्नाईबाट खेल्ने सपना अधुरै
करिब तीन महिनाअघि चर्चित पत्रकार सन्जयसिंह गुप्ताले सन्दीपलाई सोधेका थिए– अहिले तपाईं आईपीएलमा कुन टोलीबाट खेल्न चाहनुहुन्छ?

सन्दीपले उत्तर दिए– चेन्नाई सुपर किंग्स।

सन्दीप सन् २०१८ को आईपीएलमा दिल्लीको बेञ्चमा रहँदा साउथ अफ्रिकी क्रिकेटर इमरान ताहिरले उनीसँग आफ्नो अनुभव बाँडेका थिए। त्यसबाट उनी प्रभावित थिए। त्यसमाथि उनी महेन्द्र सिंह धोनीका फ्यान पनि हुन्।

तर, ४२ वर्षका ताहिर पनि यस सिजन बिकेनन्। उनको बढ्दो उमेरसँगै खस्कदो प्रदर्शनका कारण कसैले चासो देखाएनन्। जस कारण ताहिरसँगै चेन्नाईमा खेल्ने सन्दीपको सपना पूरा हुन सकेन।

क्रिकेट करियरमा सन्दीपको रेकर्ड भने नराम्रो छैन। उनले १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४१ र २९ टी२० अन्तर्राष्ट्रियमा ५० विकेट लिएका छन्। उनले बिग बासमा ४३ खेल खेल्दै ४८ विकेट लिएका छन्। तर, पछिल्लो सिजन बिग बासमा उनको प्रदर्शन सन्तोषजक रहन सकेन। आईपीएलमा पर्न सन्दीपले अन्य विदेशी लिगमा शानदार प्रदर्शन गर्नुपर्ने हुन्छ। 

सन्दीप पाकिस्तान क्रिकेट लिग (पीसीएल) सिजन २०२१ को ड्राफ्टमा परे पनि बिक्री हुन सकेनन्। तर, उनले पीएसएलमा अवसर भने पाए। अफगानिस्तानका राशिद खानको ठाउँमा लाहोर कलन्दर्सले उनलाई आबद्ध गरेको थियो। त्यसपछि उनी पाकिस्तानको कराँची त पुगे, तर कोरोनाका कारण पीएसएल बीचैमा स्थगित भयो। सन्दीप क्वारेन्टिनमा रहेको अवस्थामा पीएसएल अनिश्चितकालका लागि स्थगित भएको थियो। उनी कुनै पनि खेल नखेली स्वदेश फर्कन बाध्य भए। 

त्यसपछि गत चैत दोस्रो साता सन्दीप इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले आयोजना गर्ने भाइटलिटी टी२० ब्लास्टको टिममा आबद्ध हुन सफल भए। उक्त लिगका लागि वर्सेस्टसायर र्‍यापिडमा आबद्ध भएका उनी त्यसअघि इंग्ल्यान्डको अर्को क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’को टोली भल इन्भिसिबल्समा पनि आबद्ध भएका थिए। भीएफएस ग्लोबलमार्फत बेलायतको भिसाका लागि आवेदन दिए पनि समयमा भिसा नआउँदा उनले टी२० ब्लास्ट खेल्ने मौका गुमाए। 

त्यही भिसामा सन्दीप द हन्ड्रेड खेल्न १० दिनअघि इंग्ल्यान्ड पुगे। त्यहाँ पुगेर बेलायत सरकारले तोकेको होटलमा १० दिनको लागि क्वारेन्टिनमा बसेका थिए। क्वारेन्टिन पूरा हुन दुई दिन बाँकी रहँदा ईसीबीले सन्दीपको भिसा मान्य हुन नसक्ने जानकारी दियो। टियर–५ भिसामा त्यहाँ पुगेका सन्दीलाई जतिसक्दो चाँडो देश छाड्न भनिएको थियो। त्यही कारण उनी द हन्ड्रेड गुमाउँदै स्वदेश फर्कन बाध्य भए। 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
माइतीघरबाट पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा प्रमुख सचेतक शाहीको माग बिहीबार, असोज २३, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, असोज २३, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्