• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

के सन्दीप लामिछाने ‘ओभर रेटेड’ खेलाडी हुन्?

64x64
दीप सुवेदी बुधबार, फागुन ४, २०७८  ०७:११
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अस्ट्रेलियाको प्रतिष्ठित बिग बास लिगको पछिल्लो संस्करणका सुरुआती खेलहरूमा लय समात्न सकेनन्। उनले १४ खेलमा १४ विकेट नै लिए। उनी लयमा नहुँदा यो वर्ष हुने इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनमा बिक्लान् कि नबिक्लान् भन्ने कौतुहलता थियो।

यही साता भएको अक्सनमा उनीप्रति कुनै पनि टिमले चासो देखाएनन्। अघिल्लो वर्ष भएको मिनी अक्सनमा बिक्री नभएका उनी ‘अनक्याप्ड स्पिनर’ समूहमा थिए। केवल ४० लाख भारतीय रुपैयाँ ‘बेस प्राइस’ राखेका उनलाई कुनै फ्रेन्चाइज टोलीले किनेनन्। यद्यपि, विश्वभर लिग खेलेको अनुभव र यसपटक अहमदाबाद र लखनउ दुई टोली थपिएका कारण उनलाई आईपीएलमा बिक्री हुनसक्ने खेलाडी मानिएको थियो। 

सन्दीप लगातार दोस्रो पटक आईपीएलमा बिक्री हुन नसकेपछि समर्थकहरुमा प्रश्न उठेको छ– के एसोसिएटका सबैभन्दा अब्बल स्पिनर सन्दीप ‘ओभर रेटेड’ खेलाडी हुन्?

दिल्लीका अस्ट्रेलियाली प्रशिक्षक रिकी पोन्टिङसमेत सन्दीपको बलिङका प्रशंसक हुन्। अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको सिफारिसमा पोन्टिङले नै सन् २०१८ मा सन्दीपलाई आईपीएलमा दिल्ली क्यापिटल्स (तत्कालीन दिल्ली डेयर डेभिल्स) बाट मौका दिएका थिए। दिल्लीले उनलाई २० लाख भारतीय रुपैयाँ बेस प्राइसमा भित्र्याएको थियो। 

तर, सन्दीपले सुरुआती खेलमा मौका पाउन सकेनन्। ११ खेलपछि मौका पाएका उनले तत्कालीन भारतीय कप्तान विराट कोहली नेतृत्वको रोयल च्यालेञ्जर्स बेङ्लोरविरूद्ध खेल्दै आईपीएलमा डेब्यु गरेका थिए। जसमा उनले २५ रन खर्चेर १ विकेट लिए। उनले भारतीय क्रिकेट टिमका पूर्वविकेटकिपर पार्थिव पटेललाई पेभेलियन पठाएका थिए।

सन्दीपले उक्त संस्करणमा तीन खेल खेल्ने अवसर प्राप्त गरेका थिए। जसमा ५ विकेट लिन सफल भए। उनलाई सुरुदेखि नखेलाएकोमा दिल्लीको आलोचना पनि भएको थियो। सन् २०१९ मा दोस्रो सिजन खेल्दा पनि उनले खासै अवसर पाएनन्। १६ मध्ये ६ खेलमा मौका पाउँदा ८ विकेट लिन सफल भए। 

सम्झौताअनुसार आईपीएलमा उनको त्यो अन्तिम सिजन थियो। अर्को वर्ष आफूूलाई योभन्दा राम्रो टिम र पैसामा उभ्याउन पनि सन्दीपलाई ‘प्लेइङ सेट’ मा पर्नुुपर्ने बाध्यता थियो। तर, १० खेलमा उनी बेञ्चमा थन्काइए। दिल्लीले उनलाई सोसल मिडियाको प्रचारमा खुब प्रयोग गर्‍यो, नेपाली फ्यान बटुल्न। मैदानमा भने मौका दिइएन। त्यही कारण आईपीएलमा उनको भविष्यमाथि प्रश्न उठ्न थालेको थियो। 

आईपीएल टिम दिल्लीले अनुबन्ध गरेपछि उनले विश्वभरिका व्यवसायिक लिग भने खेल्ने मौका पाए। अफगानिस्तानका लेग स्पिनर रसिद खानसँग तुलना हुने गरेका सन्दीपले अस्ट्रेलियाको प्रतिष्ठित बिग बासदेखि  इंग्ल्याण्डको द हन्ड्रेड लिग, क्यारेबियन प्रिमियर लिग (सीपीएल)सम्म खेल्न भ्याए। २० वर्षको उमेरमा उनले पाएको त्यो सफलता वास्तवमै लोभलाग्दो थियो। तर, लगातार दुई वर्ष आईपीएलमा मौका नपाउँदा उनको साख खुम्चिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

अलराउन्डर खोजी हुँदा बिकेनन् सन्दीप 
यस पटकको मेगा अक्सनमा आईपीएल टोलीहरूले प्रायः युवा भारतीय खेलाडीलाई बढी प्राथमिकतामा राखेर अनुबन्ध गरेका छन्। त्यसैकारण सन्दीप मात्रै होइन नाम चलेका धेरै विदेशी खेलाडीले अवसर पाउन सकेनन्। 

सन्दीपले सन् २०१८ देखि लगातार विदेशी फ्रेन्चाइज लिग खेले पनि प्रदर्शन औसत छ। सन्दीपलाई लिँदा एक राम्रो विदेशी खेलाडीको कोटा गुमाउनु पर्ने हुन्छ। उनलाई कुनै पनि टिमले प्लेईङ–११ मा निरन्तर खेलाउने सम्भावना कम हुन्छ। 

आईपीएल नखेलेको खेलाडीहरुको हकमा सम्बन्धित राष्ट्रिय टोलीबाट गरेको अन्तर्राष्ट्रिय प्रदर्शनलाई टोलीहरूले अनुबन्धको आधार बनाउँछन्। नेपालले पछिल्लो वर्ष बलिया टोलीसँग खेल्ने उस्तो अवसर पाएन। मलेसिया र नेदरल्यान्ड्ससँग गत वैशाखमा टी२० श्रृङ्खला खेलेको थियो। मलेसिया बलियो टोली थिएन। अझै अक्सनको मुखैमा हुने प्रदर्शनले विशेष महत्व राख्छ। जसमा सन्दीप चुकेका छन्।

यो वर्ष आईपीएलका सुरुआती खेलहरु मुम्बई र प्लेअफका खेल अहमदाबादमा हुने सम्भावना उच्च छ। त्यस कारण अक्सनमा फ्रेन्चाइज टोलीले सन्दीप मात्र होइन मुजिब उर रहमान, इमरान ताहिर, तबरेज शाम्सी, आदिल राशिद र एडम जाम्पालगायत नाम चलेका थुप्रै लेग स्पिनरलाई महत्त्व दिएनन्। यहाँका पिच तीव्र गतिका बलरका लागि उपयोगी मानिन्छ।

हुन त आधुनिक टी२० क्रिकेटमा बलर वा ब्याटरको मात्र नभएर अलराउन्डरको खोजी गरिन्छ। स्पिनर मात्र खेलाउँदा अर्को ब्याटर खेलाउनु पर्छ। एक स्पिनर मात्र अनुबन्ध गर्दा ‘फिनिसर’ वा ब्याटरका रूपमा थप अर्को खेलाडी चाहिन्छ। प्रायः फ्रेन्चाइजी टिम तल्लो क्रममा ‘हिटर’को रूपमा प्रयोग गर्न सक्ने खेलाडीलाई बलिङको जिम्मेवारी दिन चाहन्छन्।

त्यसैले सबै फ्रेन्चाइज टोली बलिङ अलराउन्डमा बढी केन्द्रित थिए। दीपक चाहरलाई चेन्नईले १४ करोडमा किन्यो। किनभने उनले तीव्र गतिको बलिङ मात्र नभई तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन्। पन्जाब किंग्सले हार्ड हिटर मात्र नभई लेग स्पिन र अफ स्पिन बलिङ गर्न सक्ने इंग्ल्यान्डका विष्फोटक ब्याटर लियाम लिभिङस्टोनलाई भित्र्यायो।

चेन्नाईबाट खेल्ने सपना अधुरै
करिब तीन महिनाअघि चर्चित पत्रकार सन्जयसिंह गुप्ताले सन्दीपलाई सोधेका थिए– अहिले तपाईं आईपीएलमा कुन टोलीबाट खेल्न चाहनुहुन्छ?

सन्दीपले उत्तर दिए– चेन्नाई सुपर किंग्स।

सन्दीप सन् २०१८ को आईपीएलमा दिल्लीको बेञ्चमा रहँदा साउथ अफ्रिकी क्रिकेटर इमरान ताहिरले उनीसँग आफ्नो अनुभव बाँडेका थिए। त्यसबाट उनी प्रभावित थिए। त्यसमाथि उनी महेन्द्र सिंह धोनीका फ्यान पनि हुन्।

तर, ४२ वर्षका ताहिर पनि यस सिजन बिकेनन्। उनको बढ्दो उमेरसँगै खस्कदो प्रदर्शनका कारण कसैले चासो देखाएनन्। जस कारण ताहिरसँगै चेन्नाईमा खेल्ने सन्दीपको सपना पूरा हुन सकेन।

क्रिकेट करियरमा सन्दीपको रेकर्ड भने नराम्रो छैन। उनले १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४१ र २९ टी२० अन्तर्राष्ट्रियमा ५० विकेट लिएका छन्। उनले बिग बासमा ४३ खेल खेल्दै ४८ विकेट लिएका छन्। तर, पछिल्लो सिजन बिग बासमा उनको प्रदर्शन सन्तोषजक रहन सकेन। आईपीएलमा पर्न सन्दीपले अन्य विदेशी लिगमा शानदार प्रदर्शन गर्नुपर्ने हुन्छ। 

सन्दीप पाकिस्तान क्रिकेट लिग (पीसीएल) सिजन २०२१ को ड्राफ्टमा परे पनि बिक्री हुन सकेनन्। तर, उनले पीएसएलमा अवसर भने पाए। अफगानिस्तानका राशिद खानको ठाउँमा लाहोर कलन्दर्सले उनलाई आबद्ध गरेको थियो। त्यसपछि उनी पाकिस्तानको कराँची त पुगे, तर कोरोनाका कारण पीएसएल बीचैमा स्थगित भयो। सन्दीप क्वारेन्टिनमा रहेको अवस्थामा पीएसएल अनिश्चितकालका लागि स्थगित भएको थियो। उनी कुनै पनि खेल नखेली स्वदेश फर्कन बाध्य भए। 

त्यसपछि गत चैत दोस्रो साता सन्दीप इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले आयोजना गर्ने भाइटलिटी टी२० ब्लास्टको टिममा आबद्ध हुन सफल भए। उक्त लिगका लागि वर्सेस्टसायर र्‍यापिडमा आबद्ध भएका उनी त्यसअघि इंग्ल्यान्डको अर्को क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’को टोली भल इन्भिसिबल्समा पनि आबद्ध भएका थिए। भीएफएस ग्लोबलमार्फत बेलायतको भिसाका लागि आवेदन दिए पनि समयमा भिसा नआउँदा उनले टी२० ब्लास्ट खेल्ने मौका गुमाए। 

त्यही भिसामा सन्दीप द हन्ड्रेड खेल्न १० दिनअघि इंग्ल्यान्ड पुगे। त्यहाँ पुगेर बेलायत सरकारले तोकेको होटलमा १० दिनको लागि क्वारेन्टिनमा बसेका थिए। क्वारेन्टिन पूरा हुन दुई दिन बाँकी रहँदा ईसीबीले सन्दीपको भिसा मान्य हुन नसक्ने जानकारी दियो। टियर–५ भिसामा त्यहाँ पुगेका सन्दीलाई जतिसक्दो चाँडो देश छाड्न भनिएको थियो। त्यही कारण उनी द हन्ड्रेड गुमाउँदै स्वदेश फर्कन बाध्य भए। 

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्