• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

तन अमेरिका, मन नेपाली क्रिकेटमा 

64x64
दीप सुवेदी शनिबार, जेठ २१, २०७९  १८:३०
1140x725

काठमाडौं– नेपाली क्रिकेटमा एक समय थियो, जब टोली कठिन अवस्थामा पुग्थ्यो तब देव्रेहाते स्पिनर बसन्त रेग्मीको खोजी हुन्थ्यो। बलबाट मात्र होइन ब्याटबाट पनि उत्तिकै ठूलो योगदान दिनसक्ने बसन्त कप्तानका लागि ‘संकट मोचक’ खेलाडी मानिन्थे। 

तर, अहिले समय फेरिएको छ। डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता र टी–२० विश्वकपसम्म नेपालले तय गरेको हरेक यात्राका अभिन्न सारथी बनेको यो नाम विस्तारै हराउँदै गएको छ, नेपाली क्रिकेटबाट।

करिब दुई दशक बसन्तले पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लसहित शक्ति गौचन, शरद भेषावकरले जस्तै सबथोक नत्यागेका होइन्। क्रिकेट प्रेमकै कारण देशसमेत त्यागेका बसन्त त्यही देशलाई भने चटक्क बिर्सन सकेका छैनन्। न त उनले नेपाली टोलीबाट पुनः खेल्ने सपना नै त्याग्न सकेका छन्। 

000

उमेरले साढे ३ दशक नागिसकेका बसन्तले सन् २०१९ को जुलाईमा नेपालले यूएईसँग दुबईमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेका थिए। सिरिज अन्तर्गत पहिलो खेलपछि भने उनी टोलीबाट ‘ड्रप’ भए। 

पहिलो खेलमा १ ओभर बलिङ गरेका बसन्तले कुनै रन दिएनन्। तर, उत्कृष्ट प्रदर्शन गर्दागर्दै बसन्त त्यहिँदेखि नेपाली टोलीमा अटाउन सकेनन्। क्रिकेटमा प्रदर्शन मात्रै होइन, उमेर पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। बढ्दो उमेर र तत्कालीन ब्याटिङ प्रशिक्षक उमेश पटवालसँगको सम्बन्ध चिसिनुले बसन्तको क्रिकेट करिअरमा ठूलो धक्का लाग्यो। उनका लागि नेपाली टोलीको ढोका सधैंका लागि बन्द भयो।

तर, लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहे पनि उनीलाई कुनै गुनासो छैन। बरु उनी नेपाली क्रिकेट टोलीले आफूबाट केही लिन चाहे सहयोग गर्ने बताउँछन्। ‘मलाईं सधैं म राष्ट्रिय टोलीमा छु जस्तो लाग्छु। मैले जहिल्यै पनि भन्ने गर्छु, मलाई अहिलेको टोली देख्दा राम्रो लाग्छ। टिमैमा खेलर मात्रै होइन, मबाट नेपाली टोलीका लागि केही सहयोग माग्नु हुन्छ भने बाहिर दिन पनि चाहन्छु,’ उनी भन्छन्। 

आफ्नो स्पिनको जादुले विपक्षी टोलीका खेलाडीलाई करिब डेढ वर्ष ‘आच्छु–आच्छु’ पारे। विश्व क्रिकेट लिगको संरचनामा एक सय बढी विकेट लिने उनी पहिलो खेलाडीसमेत बने। तर, बसन्त नेपाली टोलीबाट अलग भएको पनि करिब दुई वर्ष भइसकेको छ। उनी पछिल्लो समय अमेरिकामा बस्दै आएका छन्। डेढ वर्षदेखि उनी उतैबाट नेपाली अल स्टारमा व्यवसायिक क्रिकेट खेलिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसअघि उनी नेपालमै रहँदा दुई वर्ष टोली बाहिर रहनु परेको थियो। त्यसबीचमा उनले धेरै अन्तर्राष्ट्रिय खेलहरू गुमाए, मैदान बाहिर दर्शकको रूपमा सिमित भए। राम्रै प्रदर्शन गर्दै आइरहेका बसन्त दर्शकको रूपमा देखिनु कतिले ढल्कदो उमेरसँगै ठिकै रहेको बताउँथे। तर, कतिले उनी पलायन हुन लागेको हल्ला चलाउँथे। मैदान बाहिर चल्ने हल्लाले उनको मुटुमा चसक्कै बिझाउँथ्यो। 

देशका लागि दिलोज्यान दिएका खेलाडीमाथि टिकाटिप्पणी गर्नु स्वभाविक नै हो। त्यसमाथि ‘पब्लिक फिगर’ भएपछि यस्तो हुनुलाई अस्वभाविक रूपमा लिन हुन्न। तर, यहाँसम्म आइपुग्न गरेको त्याग, तपस्या र संघर्षमाथि नै गरिएको ‘भद्दा मजाक’ले भने बसन्त विचल्लित हुन पुगे। 

000

त्यहीबेला नेपाली क्रिकेटको पनि स्वरुप फेरियो। लगातारको खराब प्रदर्शनका कारण भारतीय प्रशिक्षक पटवालले राजीनामा दिए। उनको राजीनामासँगै नेपाली क्रिकेटले अस्ट्रेलियाली मूलका श्रीलंकाली प्रशिक्षक डेभ वाट्मोर पायो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालमा क्रिकेट सुरु भएसँगै भित्रिएका प्रशिक्षकमध्ये वाट्मोर ‘हाई प्रोफाइल’ थिए। उनी क्रिकेटमा रिसराग र उमेरभन्दा पनि टोलीको प्रदर्शन राम्रो हुनुपर्ने मान्यता राख्थे। बसन्तलाई पनि वाट्मोरको आगमनले उत्साहित नबनाएको होइन। तर, उनको उत्साह ‘उत्सव’मा परिणत हुन सकेन। उनी वाट्मोरको प्रशिक्षणभर नै टोलीमा पर्न सकेनन्।

वाट्मोरको प्रशिक्षणमा नेपालले पहिलोपटक घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–२० आई सिरिज खेल्दा कुशल भुर्तेल र आसिफ शेखजस्ता युवा खेलाडी समेटिए। तर, नेपाली क्रिकेटले पछिल्लो एक दशकमा प्राप्त गरेको ठूलो सफलताका सहयात्री बनेका दुई महत्त्वपूर्ण सदस्य बसन्त र शरद भने टोलीमा अटाएनन्। 

अन्तर्राष्ट्रिय प्रतियोगिता, त्यसमा पनि घरेलु दर्शकसामू खेल्न पाउनु हरेक खेलाडीका लागि एक हदको रहर हुन्छ। बसन्तमा पनि त्यो रहर किन नहुनु र? तर, उनले त्यो रहर मैदानमा देखाउन पाएनन्। प्रशिक्षक वाट्मोरले बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाएसँगै बसन्त अमेरिका भासिए। सायद उनलाई उक्त सिरिजमा आफू टोलीमा नपर्ने पहिल्यै थाहा भइसकेको थियो।

उनले पूर्वक्रिकेटर पृथु बास्कोटाको सहयोगमा अमेरिकामै बसेर क्रिकेट खेल्ने चाँचोपाँचो मिलाइसकेका रहेछन्। त्यसबारे उनले नेपाल क्रिकेट संघ(क्यान), राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तानलगायतलाई जानकारी पनि दिएका रहेछन्। 

000

हुन त त्यतिबेलासम्म पुरानो पुस्तालाई धान्ने थुप्रै नयाँ प्रतिभावान क्रिकेटरहरूको जन्म भइसकेको थियो। खासगरी बलरहरूमा। त्यसमा पनि स्पीनरहरूमा तीव्र प्रतिस्पर्धा देखिन्थ्यो। सन्दीप लामिछानेले त विश्वकै उत्कृष्ट मानिएको इन्डियन प्रिमियर लिग (आईपीएल)मा समेत आफ्नो स्थान फराकिलो बनाइसकेका थिए। 

यता, सुशन भारी, ललितनारायण राजवंशी, सागर ढकाल, पवन सर्राफजस्ता स्पीनरहरू पनि घरेलु प्रतियोगिताम हावी भइरहेका थिए। उनीहरू बसन्तजस्ता खेलाडीको स्थान लिन मैदान बाहिर तमतयार थिए। त्यसैले बसन्तलाई नेपाली क्रिकेट नै ‘ध्वस्त’ हुन्छ भन्ने चिन्ता लिनुपर्ने आवश्यकता पनि केही थिएन। बसन्त अहिले पनि त्यस्तो सोच्दैनन्। उनी क्षमता भएकै कारण अन्य खेलाडीले आफ्नो स्थान लिएको स्वीकार गर्छन्।

‘सबै राम्रो प्रदर्शन गरेर नै राष्ट्रिय टोलीमा आउने हुन्। नराम्रो गरेर त कहाँ पाइन्छ र? सबै जना राम्रो हुनुहुन्छ। त्यसमा केही गुनासो छैन। केही कमिकमजोरी हुन सक्छ। त्यसलाई परिपूर्ति गर्दिने प्रशिक्षक र टिम म्यानेजर हुनुहुन्छ। त्यसैले उहाँहरूले आगामी दिनमा नेपाललाई राम्रो गरेर जिताउनु हुन्छ,’ उनी भन्छन्।

तर, बसन्त पनि ठूलै योगदान दिएर नै राष्ट्रिय टोलीमा परेका हुन्। सन् २००० मा पाकिस्तानको कराँचीमा भएको यू–१७ एसिया कप खेलेयता बसन्तले क्रिकेट खेल्न थालेको २२ वर्ष भइसकेको छ। नेपालले २०१८ को विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनुअघिको एक दशक नेपाली क्रिकेटमा यी देव्रेहाते स्पिनरले निकै चर्चा कमाए।

अहिले पनि नेपाली क्रिकेटमा स्पीनरहरू नचल्दा उनैको नाम उच्चारण नगर्ने सायदै होलान्। त्यसकारण पनि नेपाली क्रिकेट र बसन्त एक पर्याय हुन्। उनी अहिले पनि आफूलाई राष्ट्रिय टोलीबाट बाहिर राख्न चाहँदैनन्।

तर, यो पनि साँचो हो कि नेपाली क्रिकेटको हरेक जित–हारमा उनीसँगै साक्षी बनेका कप्तान पारस खड्का र स्पनिर शक्ति गौचनले सन्यास लिइसकेका छन्। यता, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद पनि ढल्कदो उमेर र खस्कदो प्रदर्शनका कारण टोलीमा पर्न नियमित संघर्ष गरिरहेका छन्।

ज्ञानेन्द्र र शरदको स्थानमा प्रशिक्षक पुबुदु दासानायकेले युवा खेलाडीहरू देव खनाल, रोहित पौडेल, आदिल अन्सारी र भीम सार्की जस्ता खेलाडीहरू प्रयोग गरिरहेका छन्। यता, विवेक यादव, नन्दन यादव, किशोर महतो र बसिर अहमद जस्ता खेलाडीहरूलाई नि बेलाबखत प्रयोग गरिरहेका छन्। त्यसैले बसन्तले अब राष्ट्रिय टोलीमा पुनरागमन गर्न यी खेलाडीहरूसँग चर्को प्रतिस्पर्धा गर्नुपर्छ। 

तर, खेलाडीको मन न त हो, कहाँ मान्छ र? राष्ट्रिय टोलीमा लामो समय योगदान दिएपछि बहिरगमन पनि सुखद् नै होस् भन्ने चाहना हुन्छ। त्यो चाहना बसन्तमा पनि छ। त्यसमाथि हात हल्लाउँदै बिदा लिन चाहनु पनि बसन्तको अस्वभाविक चाहना भने होइन। 

000

क्यानले ठूलै कार्यक्रम गरेर पारस र शक्तिलाई बिदाइ गरेन। न त उनीहरू तामझाम गरेर नै बिदाइ गर्देऊ भनेर क्यानको ढोकासम्म पुगे। तर, बसन्त पक्कै पनि पारस र शक्तिको जस्तो बिदाइ चाहँदैनन्। उनी नेपाली राष्ट्रिय टोलीमा नेपालको झन्डा अंकित जर्सी लगाएर मैदानबाट हाल हल्लाउँदै बिदा हुन चाहन्छन्। सफलता र असफलतामा साध दिने हरेक समर्थकलाई अभिनन्दन गर्न चाहन्छन्। त्यसैले पनि राष्ट्रिय टोलीमा पुनरागमन होस् भन्ने उनको चाहना देखिन्छ। 

उनी भन्छन्, ‘उमेरको प्रश्न जहिल्यै आइरहन्छ। तपाईं फिट हुनुहुन्छ भने त्यस्तो प्रश्नले केही फरक पर्दैन। क्रिकेटमा जहिल्यै अनुभवले काम गर्ने हो। मैले राम्रो गरेँ भने टोलीमा अवश्य पर्छु।’

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। शनिबार, असोज ३१, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्