काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभई पतन ०८४ आउँछ भनेर आफूले भनेको बताएका छन् ।
शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा रावलले यस्तो बताएका हुन् ।
‘मैले त्यही बेलामा भनेको थिएँ, मिसन ०८४ होइन पतन ०८४ आउँदै छ भनेको थिएँ,’ रावलले भने ।
उनले जेन जेड आन्दोलनमा जलेका संरचनाको खरानी धसेर ओलीले जनतालाई तर्साउन थालेको आरोप समेत लगाए ।
‘आज केपी ओलीजी खरानी धसेर जनतालाई तर्साउन खोज्दै हुनुहुन्छ,’ रावलले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।