काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले चितवन राइनोजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
टीयु क्रिकेट मैदानमा काठमाण्डुविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
आजको खेलमा काठमान्डु गोर्खाजले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन। चितवन राइनोजका लागि अमरसिंह राउटेलाको स्थानमा रिजन ढकाल टिममा फर्किएका छन्।
चितवनले हालसम्म ३ खेल खेल्दा २ जित र एक हारको नतिजा निकालेको छ। काठमान्डुले ४ खेलमा २ जित र २ हारको नतिजा निकालेको छ।
दुवै टोलीको समान ४ अंक हुँदा नेट रनरेटमा चितवन अघि छ र तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।