• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

उपेक्षामा महिला क्रिकेट: खेलाडी छन्, प्रतियोगिता छैन

64x64
दीप सुवेदी शुक्रबार, साउन २०, २०७९  १७:५२
1140x725

काठमाडौं– ‘त्यो एकदम नराम्रो सपना जस्तै थियो। हामीले कल्पना नै गरेका थिएनौं। न त हाम्रो स्तर नै त्यतिमा सिमित हुने खालको थियो। तर, खेलमा निस्किएको नतिजा हामी स्वीकार्न बाध्य भयौं,’ आईसीसी महिला यू–१९ विश्वकप छनोट अन्तर्गत युएईसँगको खेलमा ८ रनमा समेटिएको कुरा कोट्याउँदै प्रशिक्षक महेश रिजाल भन्छन्।

रिजालले भनेजस्तो नेपाली महिला यू–१९ टोलीको स्तर त्यतिसम्म पनि थिएन। तर, रिजालले दाबी गरेजस्तो बलियो मानिहाल्नुपर्ने खालको पनि थिएन। हो रिजालले भनेजस्तो बिगतमा युथलाई मात्रै होइन, सिनियर महिला टोलीलाई पनि ‘आशाको किरण’को रुपमा लिइन्थ्यो। सन् २००७ मा नेपाली महिला टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा उपविजेता बनेको थियो। 

एसियाली क्रिकेट परिषद् (एसीसी)ले आयोजना गरेको यू–१९ क्रिकेट प्रतियोगिताको उपाधिमा त नेपालले ‘ह्याट्रिक’ नै गरेर सनसनी मच्चायो। त्यसपछि नेपाली उमेर समूह र सिनियर टोलीलाई एसियाली क्षेत्रका जुनसुकै प्रतियोगिताको बलियो दाबेदार मानिन्थ्यो। 

287204896_400313938791659_2309939004845908410_n1659696551.jpg
बलियो सम्भावना बोकेको नेपाली महिला टोली नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेसँगै निकै कमजोर हुन पुग्यो। कागजी रुपमा बलियो देखिए पनि नियमित घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय खेल अनुभव नहुँदा टोलीको ‘स्तर’ बिस्तारै ओरालो लाग्न थाल्यो। त्यसैको नतिजा थियो युएईसँगको खेलमा ८ रनमा समेटिनु।

यू–१९ टोली मात्रै होइन, पछिल्लो समय सिनियर खेलाडीको स्तर पनि उस्तै छ। करिब डेढ दशकदेखि उपाधि दिलाउन नसकेको भन्दै आलोचना खेपिरहेको सिनियर टोलीले पनि सम्झनलायक खेल प्रदर्शन गर्नसकेको छैन। आखिर किन एकएक नेपाली टोलीको स्तर यतिसम्म तल खस्कियो त? उत्तर हुन्छ–क्यान सही रुपले चलेन। 

288944676_406779181478468_1778096769064348381_n1659696757.jpg
 
नेपाली महिला क्रिकेट टोलीका पूर्वप्रशिक्षक राजु बस्न्यात पनि यही कुरा स्वीकार गर्छन्। उनी महिला टोलीको प्रदर्शनमा ओरालो लाग्नुमा क्यानको वार्षिक क्यालेन्डर र भावी योजना नहुनु मुख्य कारण रहेको दाबी गर्छन्।

‘हामी विगतमा एसीसीकै बलियो टोली थियौं। तर, अहिलेको प्रदर्शन निरन्तर ओरालो लागिरहेको छ। महिला टोलीको हकमा प्रतियोगिताहरू नै आयोजना हुँदैनन्। क्यानले वार्षिक क्यालेन्डर ल्याउन सक्दैन। प्रतियोगिता हुन सक्दैन। त्यसले हाम्रो प्रदर्शन खस्किरहेको छ,’ बस्न्यात भन्छन्।

286985419_400313595458360_2342209360619852282_n1659696367.jpg
 उनले भनेको जस्तै जबसम्म घरेलु प्रतियोगिताको स्तर बढ्दैन, तबसम्म राष्ट्रिय टोली बलियो हुँदैन। नेपाली महिला क्रिकेट खेलाडीले मुस्किलले राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाउँछन्, त्यो पनि त्यति स्तरीय र प्रतिस्पर्धात्मक छैन। विभागीय टोली एपीएफ र केही प्रदेश टोलीबाहेक अन्यको प्रदर्शन फितलो नै छ।

Ncell 2
Ncell 2
nimb
nimb

योजनाविहिन प्रदेश, शुन्य लगानी र ‘म्याच एक्सपोजर’को अभावका कारण महिलाको राष्ट्रिय प्रतियोगिता ‘हात्तीले देखाउने दाह्रा’ जस्तो मात्रै भइरहेको छ। यसले न राष्ट्रिय स्तरमा महिला नेपाली क्रिकेटको स्तर माथि उठ्न सकेको छ न त अन्तर्राष्ट्रिय मै।

प्रतिभा छन्, खेल छैन
एक समय थियो, अन्तर्राष्ट्रिय क्रिकेटमा पुरुष टोली लड्खडाइरहँदा महिला क्रिकेट भने एकपछि अर्का उपाधि हात पार्दै अगाडि लम्किएको थियो। बंगलादेश, थाइल्यान्ड, श्रीलंकालाई नेपालले सजिलै चुनौती दिन सक्थ्यो। तर, अहिले स्थिति ठिक उल्टो छ। कुनै बेला सजिलै पराजित गरिने टोली नै नेपालका लागि अहिले पर्खाल बनेर उभिने गरेका छन्।
 287425690_402581538564899_8748483839351490376_n1659696400.jpg
नेपाली पुरुष टोलीले एकपछि अर्को खेल खेलिरहँदा नेपाली महिला क्रिकेट भने खेलविहीन हुँदै गइरहेको छ। पुरुष टोलीले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको आईसीसी टी–२० विश्वकप खेलेयता ‘हाइप’ निक्कै बढेको छ। अहिले क्यानको मात्रै होइन समर्थकको पनि पुरुष क्रिकेटमै प्राथमिकता छ।

महिला क्रिकेट भने दिनानुदिन कमजोर बन्दै गएको छ। हुन् त नेपाली क्रिकेटले प्रतिबन्धको सामाना गरेसँगै महिला प्रतियोगिताहरु कटौती हुँदै गएको थियो। अहिलेको जस्तो प्रतियोगिता त वर्षमा एकपटक खेल्ने पाउने अवस्था पनि थिएन। तर, अहिले क्यानमाथि लागेको प्रतिबन्ध फुकुवा भइसकेको छ। तरपनि नेपाली महिला क्रिकेटको अवस्था भने सुधार हुन सकेको छैन।

यू–१९ टोलीका प्रशिक्षक रिजाल पुरुष टोलीको जस्तै नियमित प्रतियोगिता हुने हो भने गुमेको साख फर्काउन गाह्रो नहुने तर्क गर्छन्।  अधिकांश खेलाडी ग्रासरुटबाट आएकाले सिनियर टोलीलाई सम्हाल्ने भविष्यका पुस्तालाई अहिलेदेखि नै ‘म्याच एक्सपोजर’ दिनुपर्ने उनको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

288628633_405964191559967_5924420886627978867_n1659696458.jpg

‘हामीसँग आउने भनेको ग्रासरुट खेलाडी हुन्। अहिले यू–१९ टोलीमा परेका खेलाडीहरुलाई पनि हामीले त्यसरी नै खोजेका हौं। उनीहरुसँग प्रर्याप्त प्रतिभा छ, तर अनुभवमा भने कमी छ। यदि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुने हो भने यी खेलाडी सिनियर टोलीमा पुगेर राम्रो खेल प्रदर्शन गर्ने क्षमता राख्छन्,’ उनी भन्छन्।

भारतको वार्षिक क्यालेन्डरलाई हेर्ने हो भने उनीहरुले पुरुषभन्दा महिला क्रिकेटलाई बढी प्राथमिकता दिएका छन्। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले करिब १६ वर्षपछि सिनियर टोलीलाई बलियो बनाउने उद्देश्यले युथ क्रिकेटलाई पुनर्जाग्रित गर्ने अभियान चलाउने तरखरमा छ। भर्खरै सार्वजनिक क्यालेन्डरअनुसार बीसीसीआईले यू–१६ प्रतियोगिता पुन: सञ्चालनमा ल्याउने तयारी गरेको छ। भारतमा पछिल्लोपटक २००६ मा यू–१९ विश्वकपलाई मध्यनजर गर्दै यो प्रतियोगिता सञ्चालन भएको थियो।

भारतकी उपकप्तान स्मृति मन्धानाले उक्त क्यालेन्डर सार्वजनिक हुनेबितिकै भनेकी थिइन्, ‘यू–१६ धेरै महत्त्वपूर्ण प्रतियोगिता हो। यस उमेर समूहका धेरै किशोरीले क्रिकेट खेल्न थालेका छन्। अब उनीहरूका लागि यू–१६ खेल्ने र त्यसपछि यू–१९ टोलीमा सामेल हुने अवसर छ, त्यसैले उनीहरूले आफूलाई यू–१९ विश्वकपका लागि तयार गर्नुपर्छ।’

286861721_400313905458329_2977884014221701331_n1659696501.jpg
अहिले बीसीसीआईले यू–१६ बाट खेलाडी छनोट गरेर यू–१९ लाई बलियो बनाउने र त्यसपछि सिनियर टोलीमा राख्ने योजना बनाएको छ। त्यतिमात्रै होइन ५ वर्षको अन्तरालपछि सिनियर महिला खेलाडीहरूका लागि बीसीसीआईले क्षेत्रीय प्रतियोगिता (टी–२० र ओडीआई) पुन: सञ्चालन गर्ने तयारी गरेको छ। बीसीसीआईले यसका साथै महिला इन्डियन प्रिमियर लिग (आईपीएल) र अन्तर्राष्ट्रिय सिरिजलाई पनि उत्तिकै प्राथमिकता दिएको छ।

क्यानसँग भने महिला खेलाडीलाई कसरी ब्यस्त बनाउने भनेर कुनै योजना नै छैन। करिव ८ वर्ष अगाडि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले महिला क्रिकेटमा दुई दिवसीय र एक दिवसीय प्रतियोगिता गर्ने भनेर आफ्नो योजनामा सार्वजनिक गरेको थियो। तर, त्यो योजना बनाएको ८ वर्ष पूरा भइसक्दा पनि पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन।

क्यान आफैंले सिनियर स्तरसम्म पुग्न विद्यालय, क्लब, जिल्ला, प्रदेश, राष्ट्रिय, नेपाल ‘ए’ हुँदै सिनियर स्तरमा आउनुपर्ने गरेर करिब साढे २ वर्ष अगाडि वर्षभरि गरिने प्रतियोगिताको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो। जसमध्ये जिल्लास्तरमा यू–१६, यू–१९, विद्यालयस्तरका क्रिकेट प्रतियोगिता गर्ने अवधारणा क्यानले बनाएको थियो। उक्त प्रतियोगिताहरुबाट उत्कृष्ट हुने खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान थियो।

287119085_400313565458363_1641964420532895012_n1659696677.jpg
 
प्रदेशस्तरीय क्रिकेटअन्तर्गत अन्तरप्रदेश स्तरमा यू–१६ र यू–१९ पुरुष तथा महिला दुवै तर्फका प्रतियोगिता आयोजना गर्ने कार्यतालिकाको ‘ड्राफ्ट’ बनाइएको थियो। यस स्तरबाट उनीहरुले राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न पाउने जनाइएको थियो।

क्यानको क्यालेन्डरमा दुईदिने महिला खेलाडीका लागि हुने क्रिकेट प्रतियोगिता १२० ओभरमा, चार इनिङ्स, ३०/३० ओभरको हुने जनाइएको थियो। त्यतिमात्रै होइन प्रदेश र जिल्ला स्तरमा एकदिवसीय क्रिकेट प्रतियोगिता हुने क्यालेन्डमा थियो।  टी-२० क्रिकेट प्रतियोगिता पनि हुने उल्लेख थियो।

तर, क्यालेन्डर सार्वजनिक भएको वर्ष त्यो लागू हुन सकेन। अहिले त्यो क्यालेन्डरअनुसार खेल पनि आयोजना हुने अवस्था छैन। किन आयोजना भएन त? भनेर प्रश्न गर्दा क्यानसँग ‘रेडिमेड’ जवाफ हुन्छ– हामीसँग बजेट थिएन। त्यसमाथि कोरोना महामारीले खेल क्षेत्रलाई नै ठप्प बनाएको थियो।

वार्षिक क्यालेन्डमा महिला क्रिकेटलाई प्राथमिकतामा राख्छौं : क्यान जनरल म्यानेजर बृतान्त खनाल

नेपाली राष्ट्रिय पुरुष टोली एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिता खेल्ने क्यालेन्डर छ। तर, महिला क्रिकेट अब सुनसान हुनेजस्तै देखिन्छ। के महिला क्रिकेट प्राथमिकता मै नपरेको हो?
क्रिकेट दुवै टोलीलाई क्यानले नै खेलाउने हो। एकलाई बढी प्राथमिकता र अर्कोलाई कम दिने भन्ने हुँदैन। हामीले दुवैलाई ‘ब्यालेन्स’ गरेर लैजाने तयारी गरिरहेका छौं।

Britant-Khanal1659696840.jpg
बृतान्त खनाल

पछिल्लो घटनाक्रमलाई हेर्दा नै कति प्राथमिकता दिनुभयो भन्ने त त्यसैले छर्लंग पार्छ, होइन र?
होइन। बिगतमा पनि हामीले महिला क्रिकेटलाई लक्षित गरेर प्रतियोगिताहरु सञ्चालन गरिरहेका थियौं। हामीले नेपालमै अफ्रिकी राष्ट्र युगान्डा ५ टी–२० महिला सिरिज गरायौं। हामीले अन्य राष्ट्रहरुसँग सिरिज पनि खेलाउने तयारी गरिरहेका छौं।

सधैं तपाईंहरु तयारी गरिरहेका छौं भन्नुहुन्छ। त्यो तयारी चाहिँ कहिले पूरा हुन्छ?
तयारीबिना त कसरी प्रतियोगिता सञ्चालन हुन्छ र? अध्यक्ष (चतुरबहादुर चन्द) र कार्यबाहक सचिव (प्रशान्तविक्रम मल्ल) इङ्ग्ल्यान्ड जानु भएको थियो। उहाँहरु फर्किएसँगै हामी बोर्ड बैठक बस्छौं।
 
भनेपछि नेपाली महिला टोलीले यो वर्ष अन्तर्राष्ट्रिय सिरिज खेलेको हेर्न पाइन्छ त?
निश्चय नै। हामीलाई अहिले ३/४ देशबाट महिला सिरिजको लागि प्रस्ताव आइरहेको छ। कहिले खेलाउने र कहाँ खेलाउने भनेर प्रशिक्षक (जगत टमाटा)सँग पनि छलफल गरिरहेका छौं।

सिरिज भन्नेबित्तिकै मैदानको समस्या हुन्छ। अहिले पुरुष टोलीलाई केन्याबाट सिरिज खेल्ने प्रस्ताव पनि आइरहेको छ। यस्तो अवस्थामा महिला र पुरुष दुवै टोलीलाई सिरिज खेलाउन सम्भव त?
अहिलेको अवस्थालाई हेर्ने हो भने पुरुष टोलीको सिरिज अगाडि हुन्छ। किनभने पुरुष टोलीले अन्य थ्रुपै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्न बाँकी छ। महिला टोलीको अब अन्तर्राष्ट्रिय प्रतियोगिता नै छैन। त्यसैले कुन समयमा खेलाउने भनेर योजना बनाएर अगाडि बढ्छौं।
 
अन्तर्राष्ट्रिय मात्रै होइन, महिला टोली घरेलु प्रतियोगिताबाट पनि पीडित छन्। मुस्किलले २/३ प्रतियोगिता आयोजना हुन्छन्। ती पनि हुने हो या होइन टुङ्गो छैन। यसपाली बिगतमा हुँदै आएको प्रतियोगिता समयमै सञ्चालन हुन्छ त?
सञ्चालन हुन्छ या हुँदैन भन्दा पनि गर्नुपर्छ भन्ने क्यानको धारण हो। क्यानले गर्ने प्रतियोगिताको वार्षिक क्यालेन्डर बनाउन बाँकी नै छ। त्यो क्यालेन्डर बनाएर हामी केही दिनपछि सार्वजनिक गर्छौं।

यो श्रङ्खलाका अन्य सामग्रीहरु:

प्रशिक्षकका लागि ‘छुट्टी मनाउने हब’ बन्दै नेपाली क्रिकेट

सम्भावना नदेखेर विदेशिन्छन् खेलाडी, क्यान थमथम्याउने प्रयास समेत गर्दैन

उदाउँदा खेलाडीको भविष्य अन्त्य गर्ने ‘कारखाना’ अर्थात् नेपाली क्रिकेट

राजनीतिबाट पीडित बनेको नेपाली क्रिकेट

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  १७:५२
  • #नेपाली क्रिकेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
शीर्ष ६ मा पर्न जित्नैपर्ने दबाबमा नेपाल आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। शनिबार, असोज ३१, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्