• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
साढे १५ किलो नक्कली सुन काण्ड

दुई वर्ष जेल बसेपछि प्रहरीसहित १२ जना निर्दोष!

इल्ताफ र निलेशविरुद्ध सम्पत्ति सुद्धिकरणले पनि चलायो मुद्दा
64x64
नारायण अधिकारी बुधबार, साउन ४, २०७९  १८:४३
1140x725

काठमाडौं– साढे १५ किलो नक्कली सुन काण्डमा दुई वर्ष जेलपछि १२ जना निर्दोष ठहर भएका छन्। नक्कली सुन काण्ड र दुईवटा पेस्तोलसहित बरामद भएको घटनामा संलग्न भएको दाबी गर्दै मुद्दा चलाइएका १२ जना दुई वर्ष जेल बसेपछि निर्दोष ठहर भएका हुन्।

२०७७ साउन १३ गते सुन्धाराबाट दुई थान पेस्तोलसहित पहँेलो लेपन लगाएको साढे १५ किलो चाँदी (नक्कली सुन) र आधा किलो सक्कली सुन बरामद भएको थियो। उक्त घटनामा प्रहरी वृत्त दरबारमार्गका सादा पोशाकका दुई प्रहरी (जवान बहादुरसिंह कठायत र सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठ) समेतको संलग्नता रहेको भन्दै उनीहरुसमेतलाई फौजदारी मुद्दा चलाइएको थियो। 

प्रहरीकै संलग्नता भएको भन्ने विषय सार्वजनिक भएपछि त्यतिबेला प्रहरीको चौतर्फी आलोचनासमेत भयो। तर, दुई वर्ष जेल बसेपछि यी दुई प्रहरीसहित १२ जना निर्दोष ठहर भएका छन्।

विजय पटेल भनिने विजयकुमार मगनलाल हर्सोडा, देवाङ पटेल, कौशल पटेल, मनिष मल्लिक, बहादुरसिंह कठायत, प्रशन श्रेष्ठ, उमेश श्रेष्ठ, श्रीनिवास उपाध्याय, विजय ताम्राकार, ऋषि ठाकुर, रुपेश बलामी एक बालिका निर्दोष ठहर भएका हुन्। 

उनीहरु मध्ये श्रीनिवास उपाध्याय १ लाख, विजय ताम्राकार ७ लाख, ऋषि ठाकुर ७ लाख, रुपेश बलामी १ लाख रुपैयाँ यसअघि नै धरौटीमा रिहा भएका थिए। बाँकी ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो। करिब २ वर्ष जेल बसेपछि उनीहरुलाई निर्दोष ठहर गरिएको छ।

यो घटनामा १७ जनालाई प्रतिवादी बनाउँदै चारवटा कसुरमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्दाको गत फागुन ९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले फैसला गरेको थियो। यसको पूर्णपाठ भने हालसालै सार्वजनिक भएको छ। 

संगठित अपराध, हातहतियार तथा खरखजना, डाँका चोरी र अवैध सुनचाँदी चोरी पैठारी तथा चोरी निकासी गरी चार वटा मुद्दा चलाइएको थियो । जसमध्ये घटनामा प्रतिवादी बनाइएका १७ जनाविरुद्ध नै संगठित अपराधको कसुरमा मुद्दा चलाइएकोमा सबैले संगठित अपराधको कसुरबाट सफाई पाएका छन् ।

सफाई पाएका १२ जनासहित सञ्जय पटेल भनिने सञ्जय कुमार राजभाइ पटेल, राजु मुन्ना खान सदरुल अन्सारी र अलताफ अन्सारी उपनामले चिनिने इल्ताफ हुसेन अन्सारी, विकास अग्रवाल भनिने विकास कुमार चिरनिया, निलेश एल शखिया भनिने निलेश लबजीभाइ शखिया र यसे लोडाई लामाविरुद्ध संगठित अपराधको मुद्दा चलाइएको थियो।

Ncell 2
Ncell 2

अपराधिक समूहको स्थापना गरेर त्यसको सदस्य बनेर काम गरेको भन्दा पनि भन्सार छलेर सुनचाँदीको ओसार–पसार सञ्चार खरिद गर्ने उदेश्य देखिएको भन्दै उनीहरुलाई संगठित अपराधको कसुरबाट सफाई दिइएको छ। 

प्रहरीलाई सेवामा फर्कने बाटो खुल्यो

दुईवर्ष जेल बसेर निर्दोष ठहर भएसँगै दुई प्रहरी सेवामा फर्किने भएका छन्। दुई प्रहरीसहित उनीहरुकै साथी उमेश श्रेष्ठविरुद्ध संगठितसँगै डाँका चोरी तथा हातहतियार खरखजनाको कसुरमा मुद्दा चलाइएको थियो। उनीहरुले तीन जनाले यी दुवै कसुरबाट पनि सफाई पाएका छन्। 

उमेश श्रेष्ठको कोठामा बरामद भएको चाँदीमा कोही कसैको जाहेरी नपरेकाले डाँका चोरीको कसुर गरेर लुकाएर राखेको भन्न नमिल्ने भन्दै न्यायाधीश अधिकारीले फैसला गरेका छन्। 

हातहतियार तथा खरखजनामा पनि यी तीनै जनाले सफाई पाएका छन्। बरामदी मुचुल्कामा उक्त पेस्तोल प्रशन्न र बहादुर सिंहसमेत बरामद गरेको र उनीहरुकै रोहबरमा बरामद भएको उल्लेख भएकाले हातहतियार तथा खरखजना ओसारपसारमा उनीहरुको संलग्नता नरहेको भन्दै सफाई दिइएको थियो। दुई प्रहरीलाई लगाइएका तीनवटै आरोपबाट सफाई पाएपछि उनीहरुलाई सेवामा फर्कने बाटो खुलेको हो। 

दुई जनामात्रै दोषी, २३ महिना कैद

पक्राउ परेका १४ जनामध्ये २ जना मात्रै दोषी ठहर भएका छन्। निलेश लवजीभाई शखिया र र इल्ताफ हुसेन अन्सारीमात्रै दोषी ठहर भएका छन्। उनहिरुविरुद्ध संगठित अपराध, सुनचाँदी चोरी पैठारी, हातहतियार तथा खरखजना गरी तीनवटा कसुरमा मुद्दा चलाइएको थियो। जसमध्ये संगठित अपराधमा उनीहरुले सफाई पाएका छन्।

बाँकी दुईवटा कसुरमा भने दोषी ठहर भएका छन्। उनीहरुबाट बरामद भएको सुन चाँदीको मूल्य ५८ लाख ६५ हजार ९ सय देखिएकाले सो बराबरको बिगो असुल गर्नुपर्ने भन्दै जनही ३ महिना कैद र २९ लाख ३२ हजार ९५० रुपैयाँ जरिवाना सुनाइएको छ। सुनचाँदी पनि जफत हुने फैसलामा उल्लेख छ। 

हातहतियार तथा खरखजनाको कसुरमा भने जनही १ वर्ष ८ महिना कैद र १६ हजार ५ सय जरिवानाको फैसला सुनाइएको छ। यी दुबै कसुरमा गरेर यी दुई जनालाई २३/२३ महिना कैदको फैसला गरिएको छ। उनीहरुबाट बरामद भएको बा ६ च ५५१९ नम्बरको गाडी फुलनाथ बेगमको नाममा दर्ता भएकाले उनीलाई फिर्ता गर्नुपर्ने फैसलामा उल्लेख छ। 

अपराध पीडित संरक्षण ऐन २०७५ अन्तर्गत यी दुबै जनाले जनही क्षतिपूर्तिवापत १ लाख १७ हजार ९७८ रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने ठहर जिल्ला अदालत काठमाडौंले गरेको छ।

निलेश र इल्ताफविरुद्ध सम्पत्तिसुद्धिकरणमा पनि मुद्दा

जिल्ला अदालतले दोषी ठहर गरेका निलेश र इल्ताफविरुद्ध सम्पत्ति सुद्धिकरण विभागले पनि मुद्दा चलाएको छ। अवैध सुनचाँदीसहित पक्राउ परेपछि यी दुई जनाविरुद्ध सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले परिपत्र गरेको थियो।

त्यसपछि अनुसन्धान गरेको सम्पत्ति सुद्धिकरण विभागले यी दुईले सम्पत्ति सुद्धिकरणको कसुर गरेको निष्कर्ष निकाल्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागका सूचना अधिकारी ऋषिराम पोखरेलका अनुसार उनीहरुविरुद्ध असार २१ गते नै विशेष अदालतमा मुद्दा दायर भएको छ। 

यी दुई जनाबाट बरामद भएको अवैध सुनचाँदीको मूल्य ५८ लाख ६५ हजार ९ सय भएकाले बिगाको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार सजाय माग दाबी गरिएको छ। त्यसैगरी जिल्ला अदालतले फिर्ता गर्नु भनेको गाडीलाई सम्पत्ति सुद्धिकरण विभागले भने जफत गर्नुपर्ने माग राख्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

योजनाकारसहित तीन जनाको मुद्दा मुल्तबीमा

यो घटनाका मुख्य योजनाकारसहित तीन जनाको मुद्दा मुल्तबीमा राखिएको छ। योजनाकार भारतीय नागरिक सञ्जय पटेल भनिने सञ्जय कुमार राजभाइ पटेल र नेपाली नागरिक काठमाडौं महानगरपालिका–१३ का विकास अग्रवाल भनिने विकास कुमार चिरनिया र यसे लोडाई लामा हालसम्म फरार छन्। जसकारण उनीहरुको मुद्दा भने मुल्तबीमा राखिएको छ। 

नक्कली सुन तस्करका मुख्य योजानकार सञ्जय पटेलले सुन्धारामा प्रहरी जवान बहादुरसिंह कठायतलाई सुन र हतियार सुम्पिएर आफू चढेको गाडीसहित फरार भएको प्रहरी अनुसन्धानले देखाएको थियो। 

सोही गाडीमासँगै फरार भएका राजु मुन्ना खान, सदरुल अन्सारी र अल्ताफ अन्सारी भनेर चिनिने बाराको सिमरा उपमहानगरपालिका–२४ का इलताफ हुसेन अन्सारी त्यसबेलै पक्राउ परे पनि सञ्जय पटेलबारे भने प्रहरीले अहिलेसम्म कुनै ‘क्लु’ फेला पार्न सकेको छैन। 

त्यसबेलै प्रहरी अधिकारीहरुले सञ्जय भागेर भारत पुगिसकेको विश्लेषण गरेका थिए। फरार भएका तीनैजना भारतमा भएको हुनसक्ने प्रहरीले विश्लेषण गरे पनि अहिलेसम्म पक्राउ नपर्दा उनीहरुको मुद्दाको फैसला भएको छैन।

यो पनि पढ्नुहोस

प्रहरीकै मिलेमतो देखिएको साढे १५ किलो नक्कली सुन काण्ड : मुख्य योजनाकार भारतमा ‘सुरक्षित’ ! 

यो पनि पढ्नुहोस

नक्कली सुन काण्डमा नयाँ ट्वीस्ट : पीडित बनेर प्रहरी कार्यालय धाउने व्यक्ति नै फरार

यो पनि पढ्नुहोस

नक्कली सुन प्रकरण : प्रहरी मिलेमतोको आशंका, चार मुद्दा चलाउने तयारी

यो पनि पढ्नुहोस

यस्तो रहेछ 'नक्कली सुन काण्ड'को गुत्थी

यो पनि पढ्नुहोस

१५ किलो नक्कली सुन प्रकरण : आधा नोटको आधारमा कारोबार

यो पनि पढ्नुहोस

१५ किलो नक्कली सुन काण्डमा इल्ताफको बयान : पेस्तोल देखेको थिएँ, सुनबारे केही थाहा भएन

यो पनि पढ्नुहोस

नक्कली सुनकाण्ड : फरार इल्ताफ हुसेन अन्सारी पक्राउ

यो पनि पढ्नुहोस

नक्कली सुन काण्ड : सुरुवाती आलोचना खेपेको प्रहरी सफल अपरेसनतर्फ

यो पनि पढ्नुहोस

१५ किलो नक्कली सुन प्रकरण : काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको बयान शुरु

यो पनि पढ्नुहोस

१५ किलो नक्कली सुन तस्करी प्रकरण : ९ जनालाई थुनामा पठाउन अदालतको आदेश

यो पनि पढ्नुहोस

नक्कली सुन प्रकरण : पक्राउ परेको पटेल समूह कमलादीस्थित अपार्टमेन्टमा बस्दै आएको खुलासा

 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बुधबार, पुस ३०, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
एनपी साउदको जिकिर : ‘भृकुटीमण्डपमा भएको भेला हो, महाधिवेशन हुनै सक्दैन’ मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ मंगलबार, पुस २९, २०८२
काँग्रेस विशेष महाधिवेशनमा पुरानै विधान अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्यो मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्