• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
साढे १५ किलो नक्कली सुन काण्ड

दुई वर्ष जेल बसेपछि प्रहरीसहित १२ जना निर्दोष!

इल्ताफ र निलेशविरुद्ध सम्पत्ति सुद्धिकरणले पनि चलायो मुद्दा
64x64
नारायण अधिकारी बुधबार, साउन ४, २०७९  १८:४३
1140x725

काठमाडौं– साढे १५ किलो नक्कली सुन काण्डमा दुई वर्ष जेलपछि १२ जना निर्दोष ठहर भएका छन्। नक्कली सुन काण्ड र दुईवटा पेस्तोलसहित बरामद भएको घटनामा संलग्न भएको दाबी गर्दै मुद्दा चलाइएका १२ जना दुई वर्ष जेल बसेपछि निर्दोष ठहर भएका हुन्।

२०७७ साउन १३ गते सुन्धाराबाट दुई थान पेस्तोलसहित पहँेलो लेपन लगाएको साढे १५ किलो चाँदी (नक्कली सुन) र आधा किलो सक्कली सुन बरामद भएको थियो। उक्त घटनामा प्रहरी वृत्त दरबारमार्गका सादा पोशाकका दुई प्रहरी (जवान बहादुरसिंह कठायत र सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठ) समेतको संलग्नता रहेको भन्दै उनीहरुसमेतलाई फौजदारी मुद्दा चलाइएको थियो। 

प्रहरीकै संलग्नता भएको भन्ने विषय सार्वजनिक भएपछि त्यतिबेला प्रहरीको चौतर्फी आलोचनासमेत भयो। तर, दुई वर्ष जेल बसेपछि यी दुई प्रहरीसहित १२ जना निर्दोष ठहर भएका छन्।

विजय पटेल भनिने विजयकुमार मगनलाल हर्सोडा, देवाङ पटेल, कौशल पटेल, मनिष मल्लिक, बहादुरसिंह कठायत, प्रशन श्रेष्ठ, उमेश श्रेष्ठ, श्रीनिवास उपाध्याय, विजय ताम्राकार, ऋषि ठाकुर, रुपेश बलामी एक बालिका निर्दोष ठहर भएका हुन्। 

उनीहरु मध्ये श्रीनिवास उपाध्याय १ लाख, विजय ताम्राकार ७ लाख, ऋषि ठाकुर ७ लाख, रुपेश बलामी १ लाख रुपैयाँ यसअघि नै धरौटीमा रिहा भएका थिए। बाँकी ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो। करिब २ वर्ष जेल बसेपछि उनीहरुलाई निर्दोष ठहर गरिएको छ।

यो घटनामा १७ जनालाई प्रतिवादी बनाउँदै चारवटा कसुरमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्दाको गत फागुन ९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले फैसला गरेको थियो। यसको पूर्णपाठ भने हालसालै सार्वजनिक भएको छ। 

संगठित अपराध, हातहतियार तथा खरखजना, डाँका चोरी र अवैध सुनचाँदी चोरी पैठारी तथा चोरी निकासी गरी चार वटा मुद्दा चलाइएको थियो । जसमध्ये घटनामा प्रतिवादी बनाइएका १७ जनाविरुद्ध नै संगठित अपराधको कसुरमा मुद्दा चलाइएकोमा सबैले संगठित अपराधको कसुरबाट सफाई पाएका छन् ।

सफाई पाएका १२ जनासहित सञ्जय पटेल भनिने सञ्जय कुमार राजभाइ पटेल, राजु मुन्ना खान सदरुल अन्सारी र अलताफ अन्सारी उपनामले चिनिने इल्ताफ हुसेन अन्सारी, विकास अग्रवाल भनिने विकास कुमार चिरनिया, निलेश एल शखिया भनिने निलेश लबजीभाइ शखिया र यसे लोडाई लामाविरुद्ध संगठित अपराधको मुद्दा चलाइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अपराधिक समूहको स्थापना गरेर त्यसको सदस्य बनेर काम गरेको भन्दा पनि भन्सार छलेर सुनचाँदीको ओसार–पसार सञ्चार खरिद गर्ने उदेश्य देखिएको भन्दै उनीहरुलाई संगठित अपराधको कसुरबाट सफाई दिइएको छ। 

प्रहरीलाई सेवामा फर्कने बाटो खुल्यो

दुईवर्ष जेल बसेर निर्दोष ठहर भएसँगै दुई प्रहरी सेवामा फर्किने भएका छन्। दुई प्रहरीसहित उनीहरुकै साथी उमेश श्रेष्ठविरुद्ध संगठितसँगै डाँका चोरी तथा हातहतियार खरखजनाको कसुरमा मुद्दा चलाइएको थियो। उनीहरुले तीन जनाले यी दुवै कसुरबाट पनि सफाई पाएका छन्। 

उमेश श्रेष्ठको कोठामा बरामद भएको चाँदीमा कोही कसैको जाहेरी नपरेकाले डाँका चोरीको कसुर गरेर लुकाएर राखेको भन्न नमिल्ने भन्दै न्यायाधीश अधिकारीले फैसला गरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हातहतियार तथा खरखजनामा पनि यी तीनै जनाले सफाई पाएका छन्। बरामदी मुचुल्कामा उक्त पेस्तोल प्रशन्न र बहादुर सिंहसमेत बरामद गरेको र उनीहरुकै रोहबरमा बरामद भएको उल्लेख भएकाले हातहतियार तथा खरखजना ओसारपसारमा उनीहरुको संलग्नता नरहेको भन्दै सफाई दिइएको थियो। दुई प्रहरीलाई लगाइएका तीनवटै आरोपबाट सफाई पाएपछि उनीहरुलाई सेवामा फर्कने बाटो खुलेको हो। 

दुई जनामात्रै दोषी, २३ महिना कैद

पक्राउ परेका १४ जनामध्ये २ जना मात्रै दोषी ठहर भएका छन्। निलेश लवजीभाई शखिया र र इल्ताफ हुसेन अन्सारीमात्रै दोषी ठहर भएका छन्। उनहिरुविरुद्ध संगठित अपराध, सुनचाँदी चोरी पैठारी, हातहतियार तथा खरखजना गरी तीनवटा कसुरमा मुद्दा चलाइएको थियो। जसमध्ये संगठित अपराधमा उनीहरुले सफाई पाएका छन्।

बाँकी दुईवटा कसुरमा भने दोषी ठहर भएका छन्। उनीहरुबाट बरामद भएको सुन चाँदीको मूल्य ५८ लाख ६५ हजार ९ सय देखिएकाले सो बराबरको बिगो असुल गर्नुपर्ने भन्दै जनही ३ महिना कैद र २९ लाख ३२ हजार ९५० रुपैयाँ जरिवाना सुनाइएको छ। सुनचाँदी पनि जफत हुने फैसलामा उल्लेख छ। 

हातहतियार तथा खरखजनाको कसुरमा भने जनही १ वर्ष ८ महिना कैद र १६ हजार ५ सय जरिवानाको फैसला सुनाइएको छ। यी दुबै कसुरमा गरेर यी दुई जनालाई २३/२३ महिना कैदको फैसला गरिएको छ। उनीहरुबाट बरामद भएको बा ६ च ५५१९ नम्बरको गाडी फुलनाथ बेगमको नाममा दर्ता भएकाले उनीलाई फिर्ता गर्नुपर्ने फैसलामा उल्लेख छ। 

अपराध पीडित संरक्षण ऐन २०७५ अन्तर्गत यी दुबै जनाले जनही क्षतिपूर्तिवापत १ लाख १७ हजार ९७८ रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने ठहर जिल्ला अदालत काठमाडौंले गरेको छ।

निलेश र इल्ताफविरुद्ध सम्पत्तिसुद्धिकरणमा पनि मुद्दा

जिल्ला अदालतले दोषी ठहर गरेका निलेश र इल्ताफविरुद्ध सम्पत्ति सुद्धिकरण विभागले पनि मुद्दा चलाएको छ। अवैध सुनचाँदीसहित पक्राउ परेपछि यी दुई जनाविरुद्ध सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले परिपत्र गरेको थियो।

त्यसपछि अनुसन्धान गरेको सम्पत्ति सुद्धिकरण विभागले यी दुईले सम्पत्ति सुद्धिकरणको कसुर गरेको निष्कर्ष निकाल्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागका सूचना अधिकारी ऋषिराम पोखरेलका अनुसार उनीहरुविरुद्ध असार २१ गते नै विशेष अदालतमा मुद्दा दायर भएको छ। 

यी दुई जनाबाट बरामद भएको अवैध सुनचाँदीको मूल्य ५८ लाख ६५ हजार ९ सय भएकाले बिगाको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार सजाय माग दाबी गरिएको छ। त्यसैगरी जिल्ला अदालतले फिर्ता गर्नु भनेको गाडीलाई सम्पत्ति सुद्धिकरण विभागले भने जफत गर्नुपर्ने माग राख्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

योजनाकारसहित तीन जनाको मुद्दा मुल्तबीमा

यो घटनाका मुख्य योजनाकारसहित तीन जनाको मुद्दा मुल्तबीमा राखिएको छ। योजनाकार भारतीय नागरिक सञ्जय पटेल भनिने सञ्जय कुमार राजभाइ पटेल र नेपाली नागरिक काठमाडौं महानगरपालिका–१३ का विकास अग्रवाल भनिने विकास कुमार चिरनिया र यसे लोडाई लामा हालसम्म फरार छन्। जसकारण उनीहरुको मुद्दा भने मुल्तबीमा राखिएको छ। 

नक्कली सुन तस्करका मुख्य योजानकार सञ्जय पटेलले सुन्धारामा प्रहरी जवान बहादुरसिंह कठायतलाई सुन र हतियार सुम्पिएर आफू चढेको गाडीसहित फरार भएको प्रहरी अनुसन्धानले देखाएको थियो। 

सोही गाडीमासँगै फरार भएका राजु मुन्ना खान, सदरुल अन्सारी र अल्ताफ अन्सारी भनेर चिनिने बाराको सिमरा उपमहानगरपालिका–२४ का इलताफ हुसेन अन्सारी त्यसबेलै पक्राउ परे पनि सञ्जय पटेलबारे भने प्रहरीले अहिलेसम्म कुनै ‘क्लु’ फेला पार्न सकेको छैन। 

त्यसबेलै प्रहरी अधिकारीहरुले सञ्जय भागेर भारत पुगिसकेको विश्लेषण गरेका थिए। फरार भएका तीनैजना भारतमा भएको हुनसक्ने प्रहरीले विश्लेषण गरे पनि अहिलेसम्म पक्राउ नपर्दा उनीहरुको मुद्दाको फैसला भएको छैन।

यो पनि पढ्नुहोस

प्रहरीकै मिलेमतो देखिएको साढे १५ किलो नक्कली सुन काण्ड : मुख्य योजनाकार भारतमा ‘सुरक्षित’ ! 

यो पनि पढ्नुहोस

नक्कली सुन काण्डमा नयाँ ट्वीस्ट : पीडित बनेर प्रहरी कार्यालय धाउने व्यक्ति नै फरार

यो पनि पढ्नुहोस

नक्कली सुन प्रकरण : प्रहरी मिलेमतोको आशंका, चार मुद्दा चलाउने तयारी

यो पनि पढ्नुहोस

यस्तो रहेछ 'नक्कली सुन काण्ड'को गुत्थी

यो पनि पढ्नुहोस

१५ किलो नक्कली सुन प्रकरण : आधा नोटको आधारमा कारोबार

यो पनि पढ्नुहोस

१५ किलो नक्कली सुन काण्डमा इल्ताफको बयान : पेस्तोल देखेको थिएँ, सुनबारे केही थाहा भएन

यो पनि पढ्नुहोस

नक्कली सुनकाण्ड : फरार इल्ताफ हुसेन अन्सारी पक्राउ

यो पनि पढ्नुहोस

नक्कली सुन काण्ड : सुरुवाती आलोचना खेपेको प्रहरी सफल अपरेसनतर्फ

यो पनि पढ्नुहोस

१५ किलो नक्कली सुन प्रकरण : काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको बयान शुरु

यो पनि पढ्नुहोस

१५ किलो नक्कली सुन तस्करी प्रकरण : ९ जनालाई थुनामा पठाउन अदालतको आदेश

यो पनि पढ्नुहोस

नक्कली सुन प्रकरण : पक्राउ परेको पटेल समूह कमलादीस्थित अपार्टमेन्टमा बस्दै आएको खुलासा

 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्