• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१५ किलो नक्कली सुन तस्करी प्रकरण : ९ जनालाई थुनामा पठाउन अदालतको आदेश

64x64
नेपाल लाइभ मंगलबार, असोज २०, २०७७  १४:५३
1140x725

काठमाडौं- जिल्ला अदालत काठमाडौंले सुन तस्करी र अवैध हातहतियार मुद्दामा पक्राउ परेकामध्ये ९ प्रतिवादीलाई  पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। जिल्ला अदालतले तीन आरोपितलाई भने धरौटीमा रिहा गर्ने आदेश गरेको हो।

साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये ९ जनालाई थुनामा पठाउने र ३ जनालाई धरौटीमा रिहा गर्ने आदेश न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले जारी गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार भीन निरौलाले जानकारी दिएका हुन्।  

जिल्लाले निलेश लवजी भाई शखिया, विजय पटेल भन्ने विजय कुमार मगनलाल हसोडा, बहादुरसिंह कठाडत काठमाडौं बुढानीलकण्ठका प्रशन श्रेष्ठ, सिन्धुपाल्चोक उमेश श्रेष्ठ,  राजु मुन्ना खान, श्रदुल अन्सारी , हुसेन अन्सारी  र कौशल पटेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। 

जिल्ला अदालतले  विजय ताम्राकारसँग ५ लाख, श्रीनिवास उपाध्यायसँग १ लाख धरौटी माग गरेको छ। मणिक मल्लिकलाई  साधारण तारेखमा रिहा गर्ने आदेश जिल्ला अदालत काठमाडौंले आदेश गरेको छ। जिल्ला अदालतले फरार रहेका अभियुक्तहरुको हकमा अदालत उपस्थित हुन म्याद जारी गरेको छ। न्यायाधीश कमलप्रसाद पोखरेलको इजलाशले यस्तो आदेश जारी गरेको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार भिम निरौलाले बताए।  

कमलादी सुन तस्करी प्रकरणमा प्रहरीले दुई ज्वलरी पसलेसहित १७ जना विरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा असोज ११ गते पाँच अभियोगमा मुद्दा दायर गरेको थियो। उनीहरुलाई हतियार तथा  खरखजना, अवैध सुन चाँदी चोरीपैठारी, चोरीनिकासी, डाँकाचोरी र संगठित अपराधमा सजाय हुनुपर्ने जिकीर अभियोगपत्रमा गरिएको थियो।  

अभियोगपत्रमा ७ भारतीय नागरिकलाई समेत प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूमा भारत गुजरातका निलेश एल शखिया भन्ने निलेश लवजी भाई शखिया, विजय पटेल भन्ने विजय कुमार मगनलाल हसोडा, भारत राजस्थानका देवांग पटेल, भारत कलकत्ताका मनिष मल्लिक, भारत राजस्थानका कौशल पटेल, भारत गुजराजको संजय पटेल भन्ने संजय कुमार राजभाई पटेल र राजस्थानका विकास अग्रवाल भन्ने विकास कुमार चिरनियालाई मुख्य अभियुक्तका रुपमा मुद्दा दायर भएको थियो । 

यस्तै, काठमाडौं कपुर्धारा बस्ने बहादुरसिंह कठायत, काठमाडौं बुढानीलकण्ठका प्रशन श्रेष्ठ, बारा जितपुरसिमरा उपमहानगरपालिको ईलताफ हुसेन अन्सारी, सिन्धुपाल्चोक उमेश श्रेष्ठ, धनुषाका श्रीनिवास उपाध्याय, काठमाडौंको विजय ताम्राकार, रसुवाकी सृष्टि डंगोल, मकवानपुरका रुपेश बलामीलाई पनि सुन तस्करीमा संलग्न भएको आरोपमा अभियोगपत्र दायर भएको  थियो।

त्यस्तै अभियोगपत्रमा काठमाडौंका दुई सुन पसललाई तस्करीको सुन खरिद गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो।

Ncell 2
Ncell 2

कमलपोखरीस्थित सिटी सेन्टरको पहिलो तलामा एस ज्वेलर्सका येसे लोडोई लामा र काठमाडौं न्युरोडको ग्रुप अफ लक्की ज्वेलर्स प्रालिका सञ्चालक ऋषि ठाकुरलाई मुद्दा दायर गरिएको थियो।

यस्तो थियो घटना
२०७७ साउन १३ गते बिहान ९ बजे कमलादीबाट महेन्द्र शालिकतर्फ आउने जाने सडक खण्डमा चेकजाँच गर्ने क्रममा कृष्ण पाउरोटीबाट कमलादीतर्फ तीव्र गतिमा आएका बा ६ च ५५१९ को सिल्भर रंगको स्कारपियो गाडीलाई रोक्न खोज्दा रोक्न नमानी भागेको थियो। 

उक्त गाडी सुन्धाराबाट त्रिपुरेश्वर जाने सडकखण्डको नेपाल टेलिकम दूरसञ्चार कार्यालय सुन्धारा अगाडि पट्टीको सडकखण्डमा गाडी रोकी अपरिचित व्यक्ति झरी आकाशे पुलमा चढी म्याग्जिनसहितको पेस्तोल थान २, सुनजस्तो देखिने पहेलो रंगको धातु १७ थान, फुस्रो पहेलो रंगको धातु १८ थानसहितको झोला छाडेको थियो।

प्रहरीले उक्त गाडीमा चढी आएका पछि नाम खुल्न आएका निलेश एल शखियाले उक्त अवैध हतियारहरु, सुन समेतसुन्धारा स्थित आकाशे पुलमा छाडी भागेकोमा उक्त हतियार थान २, तौल ५०० ग्राम भएको सुनको ढिक्का थान९१ र १४.५ के.जी. सुनको जलप लगाएको चाँदीका ढिक्काहरु बरामद गरेको थियो।

घटनामा संलग्न भएको आरोपमा देवांग पटेल, निलेश एल शखिया, विजय पटेलसमेतका अभियुक्तहरु पक्राउ परेका थिए। उनीहरुले प्रहरीसँगको बयानमा चाँदी खरिद गर्नको लागि रकम दिएको  बयान दिएका थिए। 

काठमाडौंको किसि गल्लीस्थित मनिष मल्लिकले सञ्चालन गरेको पसलमा लगी मनिष मलिकले चाँदीमा सुनको जलप लगाएको उनीहरुको बयानमा खुलेको थियो।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १४:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै
यस्तो रहनेछ देशभरको मौसम
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै बुधबार, पुस ३०, २०८२
यस्तो रहनेछ देशभरको मौसम बुधबार, पुस ३०, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
एनपी साउदको जिकिर : ‘भृकुटीमण्डपमा भएको भेला हो, महाधिवेशन हुनै सक्दैन’ मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै बुधबार, पुस ३०, २०८२
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्