• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीकै मिलेमतो देखिएको साढे १५ किलो नक्कली सुन काण्ड : मुख्य योजनाकार भारतमा ‘सुरक्षित’ ! 

64x64
नारायण अधिकारी बुधबार, असोज १३, २०७८  १९:४२
1140x725

काठमाडौं– प्रहरीकै ‘मिलेमतो’ देखिएको साढे १५ किलो नक्कली सुन र दुई वटा पेस्तोल प्रकरणका मुख्य योजनाकार एक वर्ष बित्दा पनि पक्राउ पर्न सकेका छैनन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गका दुई प्रहरीको मिलेमतो देखिएको उक्त घटनाका मुख्य अभियुक्त भारतीय नागरिक सञ्जय पटेललाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन। 

भारतीय नागरिक सञ्जय पटेल भनिने सञ्जय कुमार राजभाइ पटेल र नेपाली नागरिक काठमाडौं महानगरपालिका–१३ का विकास अग्रवाल भनिने विकास कुमार चिरनिया हालसम्म फरार छन्। 

गत वर्ष (२०७७) साउन १३ गते दरबारमार्ग वृत्तका दुई प्रहरी (जवान बहादुरसिंह कठायत र सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठ) सहितको मिलेमतोमा नक्कली सुन र पेस्तोल लुटिएको बहाना गरी सुन किन्न दिएको रकम पचाउने उद्देश्यले घटाइएको उक्त घटनाको वर्षदिन नाघ्दा समेत प्रहरी योजनाकारसम्म पुग्न सकेको छैन। 

नक्कली सुन तस्करका मुख्य योजानकार सञ्जय पटेलले सुन्धारामा प्रहरी जवान बहादुरसिंह कठायतलाई सुन र हतियार सुम्पिएर आफू चढेको गाडीसहित फरार भएका थिए। सोही गाडीमा सँगै फरार भएका राजु मुन्ना खान, सदरुल अन्सारी र अल्ताफ अन्सारी भनेर चिनिने बाराको सिमरा उपमहानगरपालिका–२४ का इलताफ हुसेन अन्सारी त्यसबेलै पक्राउ परे पनि सञ्जय पटेलबारे भने प्रहरीले अहिलेसम्म कुनै ‘क्लु’ फेला पार्न सकेको छैन। 

त्यसबेला अनुसन्धानमा खटिएको महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले सञ्जय भागेर भारत पुगिसकेको विश्लेषण गरेका थिए। प्रहरी जवान कठायतलाई सुन र हतियार सुम्पिएपछि ललितपुर नखिपोटमा स्कर्पियो राखेर फरार भएका उनी भारत छिरिसकेको प्रहरीले अनुमान गरेको थियो। पछि अनुसन्धानका क्रममा सञ्जय भारतमै रहेको पुष्टि भएको प्रहरीले दाबी गरेको थियो। तर, अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। जबकी यो घटनामा जोडिएका अन्य व्यक्ति भने पक्राउ परेर पुपक्र्षका लागि थुनामा छन्। 

महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारी पनि पटेल भारतमा हुनसक्ने बताउँछन्। ‘हामीले अनुसन्धान गर्दा त्यसबेला नै भारत पुगिसकेको देखिएको थियो। अहिले पनि उनी भारतमै रहेको भन्ने बुझिएको छ,’ महाशाखाका एक अधिकारीले भने, ‘जसकारण पटेल पक्राउ पर्न सकेका छैनन्।’ 

प्रहरी स्रोतका अनुसार पटेल फरार भएर भारत पुगेलगत्तै त्यसबेला उनको अवस्थामाबारे नेपाल प्रहरीले पत्ता लगाएको थियो। भारतमा रहेका पटेलले त्यतिबेला नेपाल प्रहरीकै अधिकारीसँग कुरा गर्दै घटनाको मुख्य योजनाकार आफू नरहेको दाबी समेत गरेका थिए। 

पटेलजस्तै अर्का फरार अभियुक्त अग्रवाल पनि भारतमै रहेको प्रहरी निष्कर्ष छ। यी दुबै अभियुक्तको खोजी जारी रहेको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

१७ जनाविरुद्ध ४ मुद्दा
यस प्रकरणमा संलग्न भएको आरोपमा १७ जना विरुद्ध मुद्दा चलाइएको थियो। उनीहरुलाई चार वटा मुद्दा लगाइएको छ। उनीहरुमध्ये अधिकांशजसो पुपक्र्षका लागि थुनामा छन् भने केही फरार छन्। केही अभियुक्त भने समान्य तारिखमा रिहा पनि भएका छन्। 

१७ प्रतिवादीहरुमा दुई प्रहरी (जवान बहादुरसिंह कठायत र सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठ), विजय पटेल भनिने विजय कुमार मगनलाल हर्सोडा, उमेश श्रेष्ठ, श्रृष्टि डंगोल, रुपेश बलामी, देवाँग पटेल, सञ्जय पटेल भनिने सञ्जय कुमार राजभाइ पटेल, कौशल पटेल, ऋषि ठाकुर, मनिष मल्लिक, विजय ताम्राकार, विकास अग्रवाल भनिने विकास कुमार चिरनिया, श्रीनिवास उपाध्याय, निलेश एल शखिया भनिने निलेश लबजीभाइ शखिया र यसे लोडाई लामा छन्। 

उनीहरुविरुद्ध हातहतियार तथा खरखजना, अवैध सुन–चाँदी चोरी पैठारी तथा चोरी निकासी, डाँका चोरी र संगिठत अपराधको कसूरमा मुद्दा चलाइएको छ। यो  मुद्दामाथि अहिलेसम्म पाँच पटक पेसी चढिसके पनि फैसला भने हुन बाँकी नै छ। 

यस्तो थियो नक्कली सुन र पेस्तोल काण्ड
नक्कली सुन काण्डमा फरार रहेका मुख्य पात्र सञ्जय पटेलको योजना अनुसार चाँदीमा पहँलो जलप लगाएर सक्कली सुन भनेर बेच्ने योजना रहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोही योजनाअनुसार सञ्जयले यसको जिम्मा निलेश शखियालाई दिएका थिए। शखियाले काठमाडौंमै बस्ने पटेल दाजुभाई देवानसिंह र कौशललाई जलप लगाउने जिम्मा दिएका थिए। चाँदी खरिद र जलप लगाउन समेत पटेल दाजुभाइको केही रकम खर्च भएको थियो।

ठूलो मात्रामा चाँदीलाई सुन बनाएर भारत लैजाने काम अवैधानिक थियो। यसैलाई मौका बनाएर प्रहरीसँग मिलेर लुट्ने र आधा–आधा बाँड्ने योजना देवानसिंहले बनाएका खुलेको थियो। 

चिनजान भएका प्रहरी जवान बहादुरसिंह कठायतलाई कौशलले योजना सुनाए। त्यसवापत १५ लाख कठायतलाई दिन कौशल तयार भए। त्यसपछि उक्त सामान लुट्ने योजना बन्यो।

घटनाको अघिल्लो दिन साउन १२ गते साँझ क्वीक रेस्पोन्स भेइकल (सिआरभी)का चालक कठायतले महानगरीय प्रहरी वृत्त दरबारमार्गका सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठलाई ‘ज्वेलरीको अवैध सामान आउँदै छ, पक्राउ गर्नुपर्छ’ भनेर सुनाए। 

कठायतले दिएको सूचना श्रेष्ठले वृत्तका तत्कालीन प्रमुख डिएसपी रन्जन दाहाललाई सुनाए। कठायतकै सूचना अनुसार एम्बुसिङ गरेर चेकिङमा प्रहरी बस्यो। डिएसपी दाहाल आफैं फिल्डमा खटिए। डिएसपी दाहाललाई गलत लोकेशन दिइयो। सामान बोकेर गाडी आउने ठाउँमा जवान कठायत बसे। नक्कली सुन बोकेको बा ६ च ५५१९ नम्बरको स्कार्पियो कमलादीबाट घण्टाघर हुँदै बाहिरियो।

सुन्धाराको आकाशे पुल नजिक पुगेपछि गाडीमा सवार निलेशले झरेर जवान कठायतलाई सुन र पेस्तोलको झोला दिएका थिए। त्यसपछि कठायतले उनीहरुलाई भगाएका थिए। सोही गाडीमा रहेका इलताफ, सञ्जयहरु पनि फरार भए। पछि इलताफ पक्राउ परे पनि सञ्जय भने अहिलेसम्म फरार नै छन्। 

यो पनि पढ्नुहोस्

नक्कली सुन काण्ड : सुरुवाती आलोचना खेपेको प्रहरी सफल अपरेसनतर्फबिहीबार, साउन २९, २०७७


 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्