• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीकै मिलेमतो देखिएको साढे १५ किलो नक्कली सुन काण्ड : मुख्य योजनाकार भारतमा ‘सुरक्षित’ ! 

64x64
नारायण अधिकारी बुधबार, असोज १३, २०७८  १९:४२
1140x725

काठमाडौं– प्रहरीकै ‘मिलेमतो’ देखिएको साढे १५ किलो नक्कली सुन र दुई वटा पेस्तोल प्रकरणका मुख्य योजनाकार एक वर्ष बित्दा पनि पक्राउ पर्न सकेका छैनन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गका दुई प्रहरीको मिलेमतो देखिएको उक्त घटनाका मुख्य अभियुक्त भारतीय नागरिक सञ्जय पटेललाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन। 

भारतीय नागरिक सञ्जय पटेल भनिने सञ्जय कुमार राजभाइ पटेल र नेपाली नागरिक काठमाडौं महानगरपालिका–१३ का विकास अग्रवाल भनिने विकास कुमार चिरनिया हालसम्म फरार छन्। 

गत वर्ष (२०७७) साउन १३ गते दरबारमार्ग वृत्तका दुई प्रहरी (जवान बहादुरसिंह कठायत र सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठ) सहितको मिलेमतोमा नक्कली सुन र पेस्तोल लुटिएको बहाना गरी सुन किन्न दिएको रकम पचाउने उद्देश्यले घटाइएको उक्त घटनाको वर्षदिन नाघ्दा समेत प्रहरी योजनाकारसम्म पुग्न सकेको छैन। 

नक्कली सुन तस्करका मुख्य योजानकार सञ्जय पटेलले सुन्धारामा प्रहरी जवान बहादुरसिंह कठायतलाई सुन र हतियार सुम्पिएर आफू चढेको गाडीसहित फरार भएका थिए। सोही गाडीमा सँगै फरार भएका राजु मुन्ना खान, सदरुल अन्सारी र अल्ताफ अन्सारी भनेर चिनिने बाराको सिमरा उपमहानगरपालिका–२४ का इलताफ हुसेन अन्सारी त्यसबेलै पक्राउ परे पनि सञ्जय पटेलबारे भने प्रहरीले अहिलेसम्म कुनै ‘क्लु’ फेला पार्न सकेको छैन। 

त्यसबेला अनुसन्धानमा खटिएको महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले सञ्जय भागेर भारत पुगिसकेको विश्लेषण गरेका थिए। प्रहरी जवान कठायतलाई सुन र हतियार सुम्पिएपछि ललितपुर नखिपोटमा स्कर्पियो राखेर फरार भएका उनी भारत छिरिसकेको प्रहरीले अनुमान गरेको थियो। पछि अनुसन्धानका क्रममा सञ्जय भारतमै रहेको पुष्टि भएको प्रहरीले दाबी गरेको थियो। तर, अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। जबकी यो घटनामा जोडिएका अन्य व्यक्ति भने पक्राउ परेर पुपक्र्षका लागि थुनामा छन्। 

महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारी पनि पटेल भारतमा हुनसक्ने बताउँछन्। ‘हामीले अनुसन्धान गर्दा त्यसबेला नै भारत पुगिसकेको देखिएको थियो। अहिले पनि उनी भारतमै रहेको भन्ने बुझिएको छ,’ महाशाखाका एक अधिकारीले भने, ‘जसकारण पटेल पक्राउ पर्न सकेका छैनन्।’ 

प्रहरी स्रोतका अनुसार पटेल फरार भएर भारत पुगेलगत्तै त्यसबेला उनको अवस्थामाबारे नेपाल प्रहरीले पत्ता लगाएको थियो। भारतमा रहेका पटेलले त्यतिबेला नेपाल प्रहरीकै अधिकारीसँग कुरा गर्दै घटनाको मुख्य योजनाकार आफू नरहेको दाबी समेत गरेका थिए। 

पटेलजस्तै अर्का फरार अभियुक्त अग्रवाल पनि भारतमै रहेको प्रहरी निष्कर्ष छ। यी दुबै अभियुक्तको खोजी जारी रहेको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ बताउँछन्। 

Ncell 2
Ncell 2

१७ जनाविरुद्ध ४ मुद्दा
यस प्रकरणमा संलग्न भएको आरोपमा १७ जना विरुद्ध मुद्दा चलाइएको थियो। उनीहरुलाई चार वटा मुद्दा लगाइएको छ। उनीहरुमध्ये अधिकांशजसो पुपक्र्षका लागि थुनामा छन् भने केही फरार छन्। केही अभियुक्त भने समान्य तारिखमा रिहा पनि भएका छन्। 

१७ प्रतिवादीहरुमा दुई प्रहरी (जवान बहादुरसिंह कठायत र सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठ), विजय पटेल भनिने विजय कुमार मगनलाल हर्सोडा, उमेश श्रेष्ठ, श्रृष्टि डंगोल, रुपेश बलामी, देवाँग पटेल, सञ्जय पटेल भनिने सञ्जय कुमार राजभाइ पटेल, कौशल पटेल, ऋषि ठाकुर, मनिष मल्लिक, विजय ताम्राकार, विकास अग्रवाल भनिने विकास कुमार चिरनिया, श्रीनिवास उपाध्याय, निलेश एल शखिया भनिने निलेश लबजीभाइ शखिया र यसे लोडाई लामा छन्। 

उनीहरुविरुद्ध हातहतियार तथा खरखजना, अवैध सुन–चाँदी चोरी पैठारी तथा चोरी निकासी, डाँका चोरी र संगिठत अपराधको कसूरमा मुद्दा चलाइएको छ। यो  मुद्दामाथि अहिलेसम्म पाँच पटक पेसी चढिसके पनि फैसला भने हुन बाँकी नै छ। 

यस्तो थियो नक्कली सुन र पेस्तोल काण्ड
नक्कली सुन काण्डमा फरार रहेका मुख्य पात्र सञ्जय पटेलको योजना अनुसार चाँदीमा पहँलो जलप लगाएर सक्कली सुन भनेर बेच्ने योजना रहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो। 

सोही योजनाअनुसार सञ्जयले यसको जिम्मा निलेश शखियालाई दिएका थिए। शखियाले काठमाडौंमै बस्ने पटेल दाजुभाई देवानसिंह र कौशललाई जलप लगाउने जिम्मा दिएका थिए। चाँदी खरिद र जलप लगाउन समेत पटेल दाजुभाइको केही रकम खर्च भएको थियो।

ठूलो मात्रामा चाँदीलाई सुन बनाएर भारत लैजाने काम अवैधानिक थियो। यसैलाई मौका बनाएर प्रहरीसँग मिलेर लुट्ने र आधा–आधा बाँड्ने योजना देवानसिंहले बनाएका खुलेको थियो। 

चिनजान भएका प्रहरी जवान बहादुरसिंह कठायतलाई कौशलले योजना सुनाए। त्यसवापत १५ लाख कठायतलाई दिन कौशल तयार भए। त्यसपछि उक्त सामान लुट्ने योजना बन्यो।

घटनाको अघिल्लो दिन साउन १२ गते साँझ क्वीक रेस्पोन्स भेइकल (सिआरभी)का चालक कठायतले महानगरीय प्रहरी वृत्त दरबारमार्गका सादा पोशाकका प्रहरी जवान प्रशन्न श्रेष्ठलाई ‘ज्वेलरीको अवैध सामान आउँदै छ, पक्राउ गर्नुपर्छ’ भनेर सुनाए। 

कठायतले दिएको सूचना श्रेष्ठले वृत्तका तत्कालीन प्रमुख डिएसपी रन्जन दाहाललाई सुनाए। कठायतकै सूचना अनुसार एम्बुसिङ गरेर चेकिङमा प्रहरी बस्यो। डिएसपी दाहाल आफैं फिल्डमा खटिए। डिएसपी दाहाललाई गलत लोकेशन दिइयो। सामान बोकेर गाडी आउने ठाउँमा जवान कठायत बसे। नक्कली सुन बोकेको बा ६ च ५५१९ नम्बरको स्कार्पियो कमलादीबाट घण्टाघर हुँदै बाहिरियो।

सुन्धाराको आकाशे पुल नजिक पुगेपछि गाडीमा सवार निलेशले झरेर जवान कठायतलाई सुन र पेस्तोलको झोला दिएका थिए। त्यसपछि कठायतले उनीहरुलाई भगाएका थिए। सोही गाडीमा रहेका इलताफ, सञ्जयहरु पनि फरार भए। पछि इलताफ पक्राउ परे पनि सञ्जय भने अहिलेसम्म फरार नै छन्। 

यो पनि पढ्नुहोस्

नक्कली सुन काण्ड : सुरुवाती आलोचना खेपेको प्रहरी सफल अपरेसनतर्फबिहीबार, साउन २९, २०७७


 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै बुधबार, पुस ३०, २०८२
यस्तो रहनेछ देशभरको मौसम बुधबार, पुस ३०, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
एनपी साउदको जिकिर : ‘भृकुटीमण्डपमा भएको भेला हो, महाधिवेशन हुनै सक्दैन’ मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै बुधबार, पुस ३०, २०८२
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्