काठमाडौं– आगामी टी–२० विश्वकप एसिया छनोट खेल अन्तर्गत नेपालले पहिलो खेलमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । ५४ बल खेलेका उनले तीन छक्का र तीन चौका बनाए ।
यस्तै दीपेन्द्र सिंह ऐरीले १९ बल खेलेका दीपेन्द्र सिंह ऐरीले एक छक्काको सहयोगमा २० रन बनाए । यता गुल्शन झाले मात्र ६ बलमा तीन छक्काको सहयोगमा २० रन बनाए । कप्तान रोहित पौडेलले १५ बलमा १६ रन बनाए ।
सुरुवातदेखि नै दबाबमा परेको नेपालले पहिलो खेलमा बलियो लक्ष्य दिन भने सकेन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।