काठमाडौं– वेष्ट इन्डिजविरुद्धको खेलमा सन्दीप लामिछाने निलम्बनमा परेको खुलेको छ ।
नेपाल क्रिकेट सङ्घका सचिव पारख खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीप निलम्बनमा परेको हुँदा अन्तिम दुई खेल खेल्न नपाएको जानकारी दिएका छन् ।
पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट पहिले स्वयम सन्दीप लामिछानेले खेल नखेल्ने निर्णय गरेको विज्ञप्तिमा जानकारी गराइएको छ ।
टिम म्यानेजरको सिफारिसमा पहिलो खेलपछिका दुई खेलभन्दा अघि उनलाई निलम्बन गरिएको क्यानले प्रस्टीकरण दिएको छ ।
तर उनी अर्को सातादेखि ओमनमा हुने विश्वकप छनोटमा भने सहभागी हुने भएका छन् ।
नेपाल क्रीकेट संघ (क्यान) ले सन्दीपले अनुशासन उल्लंघन गरेको भन्दै वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बन गरेको जनाएको थियो ।
तर, अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आईसीसी टी-२० विश्वकप एसियारइएपी छनोटमा सन्दीप सहभागी हुने क्यानले जनाएको छ ।
नेपाली १६ सदस्यीय टिम ओमान प्रस्थान गरेको छ । उक्त टिममा सन्दीप पनि छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।