काठमाडौं– आगामी टी–२० विश्वकप एसिया छनोट खेल अन्तर्गत नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दिएको १४२ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा कुवेत निर्धारित २० ओभरमध्ये १८ दशमलव १ ओभरमा अलआउट हुँदै रनमा ८३ रनमा समेटियो ।
नेपालका लागि सन्दीप लामिछाने, रोहित पौडेल र ललित राजवंशीले समान २/२ विकेट लिए । सोमपाल कामी, कुशल भुर्तेल र नन्दन यादवले एक/एक विकेट लिए । पहिलो ओभरबाटै दबाबमा राखेको नेपालका बलरहरुले कुवेतलाई लगातार दबाबमा राखे ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । ५४ बल खेलेका उनले तीन छक्का र तीन चौका बनाए ।
यस्तै दीपेन्द्र सिंह ऐरीले १९ बल खेलेका दीपेन्द्र सिंह ऐरीले एक छक्काको सहयोगमा २० रन बनाए । यता गुल्शन झाले मात्र ६ बलमा तीन छक्काको सहयोगमा २० रन बनाए । कप्तान रोहित पौडेलले १५ बलमा १६ रन बनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।