• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
१५ किलो नक्कली सुन प्रकरण : आधा नोटको आधारमा कारोबार इल्ताफको मोबाइलमा भेटियो हतियार र सुन कारोबारका म्यासेज
64x64
नारायण अधिकारी मंगलबार, असोज १३, २०७७  १९:०३
1140x725
नक्कली सुन काण्डमा पक्राउ परेका इल्ताफ। इल्ताफको मोबाइलमा हतियार र सुन कारोबारका म्यासेज भटिएको छ।

काठमाडौं- साढे १४ किलो नक्कली र आधा सक्कली सुनसँगै पेस्तोल बरामद काण्डमा पक्राउ परेका अभियुक्त इल्ताफ हुसेन अन्सारीको माबोइलमा सुन र हतियार कारोबारका महत्वपूर्ण प्रमाण प्रहरीले फेला पारेको छ। ६० दिन लामो अनुसन्धान सकेर सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा अन्सारीको मोबाइलमा हतियार र सुनको अवैध कारोबारको प्रमाण फेला परेको उल्लेख छ। 

राजु, मुन्ना खान, सदरूल अन्सारी र अल्ताफ अन्सारी जस्ता उपनामले समेत चिनिने इल्ताफको मोबाइल प्रहरीले जाँचका लागि फरेन्सिक ल्याबमा पठाएको थियो। फरेन्सिक ल्याबले महानगरीय प्रहरी परिसर काठमाडौंलाई दिएको रिपोर्टमा सुनको अवैध कारोबार र हतियार कारोबारको पुष्टि गर्ने फोटा, म्यासेज आदानप्रदान भएको देखाएको छ।

‘मोबाइल परीक्षण भई प्राप्त भएको रिपोर्टमा रहेको डिभिडीमा बरामद भएको पेस्तोलको फोटो तथा विभिन्न मितिमा खिचेको सुनको फोटोहरू रहेका छन्। र, सुन, पेस्तोल खरिद बिक्रीसम्बन्धी कुराकानीसमेत भएको देखिन्छ,’ अभियोगपत्रमा उल्लेख छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसन्धान टोलीले नक्कली सुन र हतियार काण्डमा संलग्न रही फरार भएका भारतीय नागरिक संजय पटेलको नेपाल एजेन्ट इल्ताफ भएको निष्कर्ष निकालेको छ।

यो पनि पढ्नुहोस्

१५ किलो नक्कली सुन प्रकरण : काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको बयान शुरुसोमबार, असोज १२, २०७७

परिसरले तयार पारेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ, ‘भारतीय नागरिक संजय पटेलको आदेश र निर्देशनमा नेपालमा अवैध सुनचाँदी र अवैध हातहतियारको चोरीपैठारी र चोरीनिकासीलगायतको काम इल्ताफले गर्दै आएका छन्।’

संजयकै निर्देशनमा इल्ताफले जयस सोलंकीलाई दुई किलो सुन किनेर दिएका थिए। त्यसको १५-२० दिनपछि फेरि ५ किलो सुन किनिएको थियो।अनुसन्धानकै क्रममा लकडाउनकै समयमा इल्ताफको वीरगञ्जस्थित घरमा पटेलसमेत गएर बसेको खुलेको छ। काठमाडौंबाट भारत फर्कने क्रममा संजयसहित निलेश शखिया इल्ताफको घर पुगेका थिए।

इल्ताफले बयानमा भनेका छन्, ‘संजय पटेलले मलाई फोन गरी हामी वीरगञ्जमा छौं। लिन आउनु होला भनेका थिए। म पैदल हिँड्दै वीरगञ्ज बजारसम्म गई संजय पटेल समेतलाई भेटी मेरो घरमा लिई गएको हुँ।’ 

निलेश र संजयले इल्ताफको घरमा एक रात बसेर भारत प्रवेश गरेका थिए। जसकारण पनि उनीहरुले लामो समयदेखि संगठित रुपमा हतियार र सुनको अवैध कारोबार रहेको देखाएको प्रहरीको निष्कर्ष छ।

यो पनि पढ्नुहोस्

नक्कली सुन प्रकरण : पटेल दाजुभाइले प्रहरीलाई भनेका थिए- गाडीमा ढुंगामाटो जे भएपनि मलाई चाहिन्छसोमबार, असोज १२, २०७७

अर्का प्रतिवादी निलेश शखियाले समेत इल्ताफको घरमा बस्ने गरेको कुरा स्वीकार गरेका छन्। ‘संजय पटेलले नेपालमा सुन खरिद गरी जयस सोलंकी मार्फत नेपालबाट भारतमा पठाउने गरेका थिए। नेपाल र भारत आवत–जावत गर्ने क्रममा इल्ताफ हुसेन अन्सारीको घरमा बस्ने र निजसँगै काठमाडौं आउने गरेका थियौं,’ निलेशको बयानमा उल्लेख छ। 

कारोबारीको हुलिया नोटको अंक
अवैध हतियार र सुनको कोरोबार भने फिल्मीशैलीमा हुने गरेको अनुसन्धानले देखाएको छ। नक्कली सुन र हतियार कोरोबार गर्दा नेपाली नोटको अंकलाई हुलिया बनाएको पाइएको हो। अवैध नक्कली सुन र हतियार कारोबारमा पक्राउ परेका देवाँग पटेलको मोबाइलमा प्रहरीले नेपाली ५ रुपैयाँ नोटका एकतर्फको भागमात्रै भएको फोटाहरु फेला पारेको थियो।

यो पनि पढ्नुहोस्

१५ किलो नक्कली सुन काण्डमा इल्ताफको बयान : पेस्तोल देखेको थिएँ, सुनबारे केही थाहा भएनआइतबार, असोज ११, २०७७

जुन फोटाहरु भने तस्करहरुले हुलिया बनाएका थिए। ती फोटाहरु संजय पटेलले देवाँगलाई पठाएको अनुसन्धानबाट खुलेको छ। ‘संजय पटेलले नेपाली रू ५ दरका नोटको एकातर्फको भागको फोटो मेरो मोबाइलमा पठाएका थिए। उक्त नोटको नम्बर भएको नोटको आधा भाग लिएर आउने व्यक्तिलाई सामान दिनु भनी उक्त नोटको फोटोहरू पठाएका हुन्,’ देवाँगले बयानमा भनेका छन्।

आफ्नो मोबाइलमा आएको नोटसँग अंक मिल्ने नोटको आधा भाग लिएर आउने व्यक्तिलाई देवाँगले सामान दिने गरेको अनुसन्धानबाट खुलेको हो। यसरी लामो समयदेखि उनीहरूले सुनको अवैध कारोबार गरेको प्रहरीले जनाएको छ।

देवाँगकै मोबाइलमा ६ थान सुनका ढिक्काका फोटासमेत पाइएको थियो। ती फोटा निलेश शखियाले नेपाल आउनुभन्दा १५/२० अघि इल्ताफलाई सुन दिएपछि आफूले खिचेको देवाँगको भनाइ छ। 'उक्त ६ थान टुक्रा आधा आधा किलो सुन हो। जुन प्रहरीले बरामद गरेको थियो। फोटो खिचेको हुँ। उक्त ६ थान सुन जम्मा ५०० ग्राम हो। उक्त सुन मैले संजय पटेललाई दिएको हुँ,' उनले बयानमा भनेका छन्। 

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । शुक्रबार, असार २०, २०८२
सामाजिक सञ्जालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो। बिहीबार, असार १९, २०८२
कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र पक्राउ मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपालगन्जबाट पक्राउ गरेको हो । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म कर्णाली विक... बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
रवि लामिछानेको पक्षमा कलाकारहरूको हस्ताक्षर शुक्रबार, असार २०, २०८२
गाजामा इजरायली आक्रमण, १५ जनाको मृत्यु शुक्रबार, असार २०, २०८२
अब सरकारी जागिर खानेलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा शुक्रबार, असार २०, २०८२
एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्