• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

१५ किलो नक्कली सुन प्रकरण : आधा नोटको आधारमा कारोबार

इल्ताफको मोबाइलमा भेटियो हतियार र सुन कारोबारका म्यासेज
64x64
नारायण अधिकारी मंगलबार, असोज १३, २०७७  १९:०३
1140x725
नक्कली सुन काण्डमा पक्राउ परेका इल्ताफ। इल्ताफको मोबाइलमा हतियार र सुन कारोबारका म्यासेज भटिएको छ।

काठमाडौं- साढे १४ किलो नक्कली र आधा सक्कली सुनसँगै पेस्तोल बरामद काण्डमा पक्राउ परेका अभियुक्त इल्ताफ हुसेन अन्सारीको माबोइलमा सुन र हतियार कारोबारका महत्वपूर्ण प्रमाण प्रहरीले फेला पारेको छ। ६० दिन लामो अनुसन्धान सकेर सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा अन्सारीको मोबाइलमा हतियार र सुनको अवैध कारोबारको प्रमाण फेला परेको उल्लेख छ। 

राजु, मुन्ना खान, सदरूल अन्सारी र अल्ताफ अन्सारी जस्ता उपनामले समेत चिनिने इल्ताफको मोबाइल प्रहरीले जाँचका लागि फरेन्सिक ल्याबमा पठाएको थियो। फरेन्सिक ल्याबले महानगरीय प्रहरी परिसर काठमाडौंलाई दिएको रिपोर्टमा सुनको अवैध कारोबार र हतियार कारोबारको पुष्टि गर्ने फोटा, म्यासेज आदानप्रदान भएको देखाएको छ।

‘मोबाइल परीक्षण भई प्राप्त भएको रिपोर्टमा रहेको डिभिडीमा बरामद भएको पेस्तोलको फोटो तथा विभिन्न मितिमा खिचेको सुनको फोटोहरू रहेका छन्। र, सुन, पेस्तोल खरिद बिक्रीसम्बन्धी कुराकानीसमेत भएको देखिन्छ,’ अभियोगपत्रमा उल्लेख छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसन्धान टोलीले नक्कली सुन र हतियार काण्डमा संलग्न रही फरार भएका भारतीय नागरिक संजय पटेलको नेपाल एजेन्ट इल्ताफ भएको निष्कर्ष निकालेको छ।

यो पनि पढ्नुहोस्

१५ किलो नक्कली सुन प्रकरण : काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको बयान शुरुसोमबार, असोज १२, २०७७

परिसरले तयार पारेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ, ‘भारतीय नागरिक संजय पटेलको आदेश र निर्देशनमा नेपालमा अवैध सुनचाँदी र अवैध हातहतियारको चोरीपैठारी र चोरीनिकासीलगायतको काम इल्ताफले गर्दै आएका छन्।’

संजयकै निर्देशनमा इल्ताफले जयस सोलंकीलाई दुई किलो सुन किनेर दिएका थिए। त्यसको १५-२० दिनपछि फेरि ५ किलो सुन किनिएको थियो।अनुसन्धानकै क्रममा लकडाउनकै समयमा इल्ताफको वीरगञ्जस्थित घरमा पटेलसमेत गएर बसेको खुलेको छ। काठमाडौंबाट भारत फर्कने क्रममा संजयसहित निलेश शखिया इल्ताफको घर पुगेका थिए।

इल्ताफले बयानमा भनेका छन्, ‘संजय पटेलले मलाई फोन गरी हामी वीरगञ्जमा छौं। लिन आउनु होला भनेका थिए। म पैदल हिँड्दै वीरगञ्ज बजारसम्म गई संजय पटेल समेतलाई भेटी मेरो घरमा लिई गएको हुँ।’ 

निलेश र संजयले इल्ताफको घरमा एक रात बसेर भारत प्रवेश गरेका थिए। जसकारण पनि उनीहरुले लामो समयदेखि संगठित रुपमा हतियार र सुनको अवैध कारोबार रहेको देखाएको प्रहरीको निष्कर्ष छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

नक्कली सुन प्रकरण : पटेल दाजुभाइले प्रहरीलाई भनेका थिए- गाडीमा ढुंगामाटो जे भएपनि मलाई चाहिन्छसोमबार, असोज १२, २०७७

अर्का प्रतिवादी निलेश शखियाले समेत इल्ताफको घरमा बस्ने गरेको कुरा स्वीकार गरेका छन्। ‘संजय पटेलले नेपालमा सुन खरिद गरी जयस सोलंकी मार्फत नेपालबाट भारतमा पठाउने गरेका थिए। नेपाल र भारत आवत–जावत गर्ने क्रममा इल्ताफ हुसेन अन्सारीको घरमा बस्ने र निजसँगै काठमाडौं आउने गरेका थियौं,’ निलेशको बयानमा उल्लेख छ। 

कारोबारीको हुलिया नोटको अंक
अवैध हतियार र सुनको कोरोबार भने फिल्मीशैलीमा हुने गरेको अनुसन्धानले देखाएको छ। नक्कली सुन र हतियार कोरोबार गर्दा नेपाली नोटको अंकलाई हुलिया बनाएको पाइएको हो। अवैध नक्कली सुन र हतियार कारोबारमा पक्राउ परेका देवाँग पटेलको मोबाइलमा प्रहरीले नेपाली ५ रुपैयाँ नोटका एकतर्फको भागमात्रै भएको फोटाहरु फेला पारेको थियो।

यो पनि पढ्नुहोस्

१५ किलो नक्कली सुन काण्डमा इल्ताफको बयान : पेस्तोल देखेको थिएँ, सुनबारे केही थाहा भएनआइतबार, असोज ११, २०७७

जुन फोटाहरु भने तस्करहरुले हुलिया बनाएका थिए। ती फोटाहरु संजय पटेलले देवाँगलाई पठाएको अनुसन्धानबाट खुलेको छ। ‘संजय पटेलले नेपाली रू ५ दरका नोटको एकातर्फको भागको फोटो मेरो मोबाइलमा पठाएका थिए। उक्त नोटको नम्बर भएको नोटको आधा भाग लिएर आउने व्यक्तिलाई सामान दिनु भनी उक्त नोटको फोटोहरू पठाएका हुन्,’ देवाँगले बयानमा भनेका छन्।

आफ्नो मोबाइलमा आएको नोटसँग अंक मिल्ने नोटको आधा भाग लिएर आउने व्यक्तिलाई देवाँगले सामान दिने गरेको अनुसन्धानबाट खुलेको हो। यसरी लामो समयदेखि उनीहरूले सुनको अवैध कारोबार गरेको प्रहरीले जनाएको छ।

देवाँगकै मोबाइलमा ६ थान सुनका ढिक्काका फोटासमेत पाइएको थियो। ती फोटा निलेश शखियाले नेपाल आउनुभन्दा १५/२० अघि इल्ताफलाई सुन दिएपछि आफूले खिचेको देवाँगको भनाइ छ। 'उक्त ६ थान टुक्रा आधा आधा किलो सुन हो। जुन प्रहरीले बरामद गरेको थियो। फोटो खिचेको हुँ। उक्त ६ थान सुन जम्मा ५०० ग्राम हो। उक्त सुन मैले संजय पटेललाई दिएको हुँ,' उनले बयानमा भनेका छन्। 

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
त्रिपुरेश्वर बस आगलागीको छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको... सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चालकले आफूले गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको देखिन्छ। विवादका क्रममा उनले ‘मर्न... सोमबार, असोज ५, २०८३
नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्