• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २१, २०८२ Mon, Jan 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली सुन प्रकरण : पटेल दाजुभाइले प्रहरीलाई भनेका थिए- गाडीमा ढुंगामाटो जे भएपनि मलाई चाहिन्छ

64x64
नारायण अधिकारी सोमबार, असोज १२, २०७७  १६:५८
1140x725

काठमाडौं- गत साउन १३ गते साढे १४ किलो नक्कली सुन, आधा किलो सक्कली सुन र दुई वटा पेस्तोल बरामद काण्डमा प्रत्यक्ष संलग्न भएको पाइएपछि दुई प्रहरी जवान अहिले हिरासतमा छन्। 

प्रहरी जवानहरू बहादुरसिंह कठायत, प्रशन्न श्रेष्ठसहित १७ जनाविरुद्ध हातहतियार खरखजना, अवैध सुनचाँदी चोरीपैठारी तथा चोरीनिकासी, डाँकाचोरी र संगठित अपराधको कसुरमा आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै थुनछेक बहस सुरु भएको छ। 

प्रहरीसँग मिलेमतो गरेर नै सुन बरामदको नाटक गरिएको घटनामा संलग्न प्रहरीले बयान दिएका छन्। पक्राउ परेका प्रहरीद्वय पनि १५ लाख रुपैयाँमा लोभिएर मिलेमतोमा सुन बरामदको 'नाटक मञ्चन'मा सहभागी भएको पाइएको छ। 

जवान प्रशन्न श्रेष्ठको बयान – बहादुरले भनेका थिए, ‘एउटा गाडीमा गैरकानूनी सामान छ’
'साउन १२ गते राति साढे ८ बजे प्रहरी जवान बहादुरसिंह कठायतले मलाई फोन गरी 'एउटा ठूलो काम आएको छ, भेटेर कुरा गरौं' भनेका थिए। त्यसपछि त्रिचन्द्र कलेजको गेट अगाडि बहादुरसिंह कठायतसँग भेट भयो। उनले 'मान्द्रो थकाली आउनू' भनेकोले त्यसबेलै राती साढे १० बजे म त्यहाँ गएँ,' घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका प्रशन्न श्रेष्ठले अनुसन्धान गर्ने प्रहरीसँग बयान दिएका छन्।  

मान्द्रोमा उमेश श्रेष्ठ पनि थिए। त्यसबेला बहादुरले भनेका थिए, ‘एउटा गाडीमा गैरकानूनी सामान छ।’

'त्यसपछि मैले उनलाई सम्बन्धित मान्छे मलाई भेटाइदेऊ भनेँ। यो कुरा मैले डिएसपी रन्जन दाहाललाई जानकारी गराइसकेको थिएँ,' प्रहरीसँगको बयानमा श्रेष्ठले भनेका छन्, 'म, बहादुरसिंह कठायत र उमेश श्रेष्ठ त्यहाँबाट न्यूरोड महाबौद्ध जाने बाटोमा गई कौशल पटेललाई भेट्यौं। ‘स्कोर्पियो गाडीको डिक्कीमा सामान आउँदै छ। सामान ढुङ्गामाटो, सुनचाँदी जे भए पनि समातेर मलाई दिनू, म तपाईहरूलाई १५ लाख दिन्छु।’

यो पनि पढ्नुहोस्

१५ किलो नक्कली सुन काण्डमा इल्ताफको बयान : पेस्तोल देखेको थिएँ, सुनबारे केही थाहा भएनआइतबार, असोज ११, २०७७

त्यसपछि साउन १३ गते बिहान ६ बजे वीर अस्पताल अगाडि भेट्ने कुरा भयो। ‘डिएसपीसाप एउटा ठूलो सूचना आएको छ। पूरै विवरण मलाई पनि थाहा छैन। कमलपोखरीको एरियामा गैरकानुनी सामान छ, उक्त सामान भोलि बिहान ८ बजे बाहिरिँदैछ। तर गाडी नम्बर र रुट अहिलेसम्म खुलेको छैन भनेर डिएसपी दाहाललाई सुनाएँ,' उनको बयानमा उल्लेख छ। 

साउन १३ गते बिहान प्रशन्न, बहादुरसिंह कठायत र कठायतको साथी उमेश श्रेष्ठ वीर अस्पताल अगाडि चिया पिइरहेका बेला पूर्वयोजना अनुसार कौशल पटेल पनि आइपुगेका थिए।

Ncell 2
Ncell 2

कौशलले ८ बजे कमलपोखरीबाट सामान निस्कने बताएका थिए। त्यतिन्जेल उनले गाडी नम्बर खुलाएका थिएनन्। त्यसपछि उनीहरु कमलपोखरी अगाडीको अपार्टमेन्टमा पुगे। जहाँ पूर्वयोजना अनुसार नै कौशलका दाई देवान भन्ने देवाँगसँग पनि भेट भयो। देवाँगले नै अवैध सामान बोक्ने गाडीको फोटा मोबाइलमा देखाए।

‘मैले देवाँगको माबोइलमा रहेको गाडीको फोटो खिचे। यो कुरा डिएसपीसापलाई जानकारी पनि गराईसकेको थिएँ,’ प्रशन्नले बयानमा भनेका छन्।

त्यसपछि दुईवटा मोटरसाइकलमा उनीहरुले बा ६ च ५५१९ नम्बरको गाडी पिछा गरेका थिए।

यो पनि पढ्नुहोस्

नक्कली सुन प्रकरण : प्रहरी मिलेमतोको आशंका, चार मुद्दा चलाउने तयारीबिहीबार, साउन १५, २०७७

‘थापाथली र त्रिपुरेश्वर चोकको बीचमा बहादुरसिंह कठायत र उमेश श्रेष्ठले गाडी रोकी केही कुरा गरेको मैले देखेँ,’ प्रशन्नले भनेका छन्, ‘त्यसपछि गाडी थापाथली, माइतीघर चोक, भद्रकाली हुदै सहिदगेट क्रस गरी केही अगाडी बस बिसौनी नजिक उक्त गाडीबाट एउटा मान्छे झोलासहित झरेको जस्तो लाग्यो।’

बहादुर सिंह कठायतले आकाशेपुलमाथि सेतो झोला देखाउँदै सामान देखाएको श्रेष्ठको भनाई छ। 

झोला दिएपछि मलाई छोडिदिनुस् भनेर तस्कर बाटो लागे : जवान कठायत
घटनामा संलग्न अर्का प्रहरी बहादुरसिंह कठायतले पनि आफ्नो बयानमा घटनाबारे बताएका छन्।

सात-आठ वर्ष पहिले लाजिम्पाट प्रहरी बिटमा कार्यरत रहँदा लाजिम्पाटको र्‍याडिसन होटल जाने बाटोमा जेम्स एण्ड ज्वेलरी पसल सन्चालन गरेका कौशल पटेलसँग चिनजान नै नक्कली सुन लुट प्रकरणको सेतु बनेको कठायतको भनाइ छ।

उनै कौशलले भेट्न बोलाएपछि साउन १२ गते साँझ साढे ७ बजे कठायत र उनको साथी उमेश श्रेष्ठ न्यूरोड पिपलबोटमा भेट पुगेका थिए। जहाँ कौशलको मोबाइल पसलसमेत छ।

‘एउटा कारमा गैरकानूनी सामान आउँदैछ त्यो सामान समात्नु पर्ने छ,’ कौशलले त्यसबेला कठायतसँग भनेका थिए। त्यसबेला कौशलका दाजु देवाँग पनि सँगै थिए। 

त्यसबेला देवाँगले भनेका थिए, ‘एउटा मान्छेले हामीलाई गैर कानूनी सामान ल्याएर मार्केटमा धेरै घाटा खुवाएको छ। त्यो मान्छेलाई समात्नु पर्‍यो भनेको थिए’ देवाँगको भनाई कठायतले बयानमा भनेका छन्। 

त्यसपछि कठायतले यो कुरा सादा पोशाकका प्रहरी जवान श्रेष्ठलाई भनेका थिए। १५ लाख रुपैयाँ दिने सहमति भएपछि प्रहरी कौशल र देवाँगको योजानमा सहमत भएका थिए।

‘सहिदगेटको पुल नजिक कार रोकेर एकजना मानिस ओर्लिए। मैले उनलाई आकाशेपुल माथि लगेँ। ती व्यक्तिले मलाई छोडी दिनुहोस् भनेँ। आफूसँग भएको एउटा झोला आकासेपुल माथि राखेँ। त्यसपछि ति व्यक्ति त्यहाँबाट बाहिरिए,’ कठायतले प्रहरीमा दिएको बयानमा उल्लेख गरिएको छ, ‘सेतो झोलामा भएको सामानबाट सुन जस्तो देखिने १ थान मैले खल्तीमा राखी सकेपछि प्रशन्न श्रेष्ठलाई फोन गरेँ।’

उक्त एक पिस सुनजस्तो वस्तु कठायतले आफ्नो साथी उमेशलाई राख्न दिएका थिए। 

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्