• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गायिका सुनार मृत्यु प्रकरणमा ट्वीस्ट : हत्या भएको प्रहरी निष्कर्ष, अनुसन्धान फाइल बुझाउँदै

64x64
नारायण अधिकारी आइतबार, साउन १, २०७९  १४:१०
1140x725

काठमाडौं–लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा ट्वीस्ट आएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको हुनसक्ने बताइए पनि प्रहरीले विस्तृत अनुसन्धान गर्दा हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ। गायिका सुनारको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरी अनुसन्धान टुंग्याउनेतर्फ लागेको छ। 

असार ११ गते गायिका सुनारको शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरी टोलीले हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो। घटनाको अनुसन्धान गरिरहेको प्रहरी वृत्त बालाजुका प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम केसीले अनुसन्धान टुंग्याएर फाइल बुझाउन लागिएको नेपाल लाइभलाई जानकारी दिए। 

असार ११ गते शनिबार बिहान करिब ११ बजेतिर नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृत भेटिएकी थिइन्। गायिका सुनार मृत भेटिएको सूचना पाएलगत्तै वृत्त बालाजु, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा जुटेको थियो। सो क्रममा गायिका सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठ असार १२ गते पक्राउ परेका थिए। 

उनी पक्राउ परेसँगै मृतक गायिका सुनारका आफन्तले कर्तव्य ज्यानको कसुरमा किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गायिका सुनारले आत्महत्या गरेको र त्यसका लागि प्रेमी श्रेष्ठले बाध्य पारेको विश्लेषण गरेको थियो। तर विस्तृत अनुसन्धानका क्रमा सुनारले आत्महत्या गरेको नभई उनको हत्या भएको निष्कर्ष निकालेर फाइल बुझाउन लागिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

‘सुरुवाती अनुसन्धाको क्रममा दुरुत्साहन हुनसक्ने विश्लेषण गरिएको थियो। तर विस्तृत अनुसन्धान गर्दा हत्या भएको देखिएपछि कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाउनु पर्ने रायसहित अनुसन्धान फाइल बझाउने तयारी गरेका छौं’ प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो। 

झुण्डिएर आत्महत्या गरेको भनिएका सुनारको शव ओछ्यामा हुनु, घटनाको केही समयअघि फेसबुकमा बाँच्न नसक्ने भन्दै स्टेटस लेख्नु, तर उक्त स्टेटस लेख्न प्रयोग भएको भनिएको मोबाइल अहिलेसम्म फेला नपर्नु, गायिका सुनारको सल लिएर प्रेमी फरार हुनुजस्ता कारणले सुनारले आत्महत्या गरेको नभइ हत्या भएको प्रहरी निष्कर्ष छ। 

त्रिवि शिक्षण अस्पतालमा गरिएको गायिका सुनारको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारणबारे ह्याङ्गीङ उल्लेख गरिएको थियो। ह्याङ्गिङ उल्लेख भए पनि सुनारको मृत्युबारे प्रहरीले हत्या भएको होइन भन्ने ठाउँ नभएको भन्दै अनुसन्धान अघि बढाएको थियो। ह्याङ्गिङ उल्लेख भए पनि झुण्डाएर हत्या भएको हुनसक्ने आँकलन गर्दै प्रहरीले अनुसन्धान गरेको थियो। अन्ततः प्रहरीले गायिका सुनारको हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान टुंग्याउने भएको छ।

अझै भेटिएन मोबाइल, 'बाँच्न सक्दिन' भन्दै कसले लेखेको थियो स्टेटस?
असार १० गते मध्यराति गायिका सुनारको फेसबुकको न्यूजफिडमा एउटा लामो स्टेटस देखिएको थियो । ‘बाँचेर पनि दिनदिनै मर्नु परेको, म बाँच्न सक्दिन यो दुनियाँ धेरै स्वार्थी छ। मैले आफ्नै इच्छाले यो कदम उठाएकी छु। कसैलाई दोष नलगाउनू’ गायिका सुनारको फेसबुकमा लेखिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसको भोलिपल्टै गायिका सुनार मृत भेटिएकी थिइन्। गायिका सुनारको फेसबुकमार्फत् यी कुराहरु सार्वजनिक भएपछि उनका साथीले घरबेटीलाई फोन गरेर उनको अवस्था बुझ्न लगाउँदा मृत भेटिएकी थिइन्। अनुसन्धानको क्रममा फेसबुकमा स्टेटस लेखिएको रात प्रेमी श्रेष्ठ पनि गायिकासँगै उनकै कोठामा बसेको खुलेको थियो। 

सीसी टीभी फुटेजबाट प्रेमी श्रेष्ठ प्रेमिका सुनार बस्ने घरमा गएको दृश्य समेत देखिएको थियो। यसलाई प्रहरीले बलियो दलिलको रुपमा अनुसन्धान फाइलमा राखेको छ। अर्कोतर्फ श्रेष्ठ र गायिका सुनारको मोबाइल लोकेसन समेत एकै ठाउँमा देखिएपछि उनीहरु त्यसरातसँगै बसेको भन्ने पुष्टि भएको थियो। यो कुरा अभियुक्त श्रेष्ठले समेत स्वीकार गरिसकेका छन्। 

त्यो राति यी दुई जनासँगै बस्नु, आत्महत्या गर्ने जानकारी गराउँदै शंकास्पद स्टेटस आउनु, त्यसको भोलिपल्ट मृत भेटिनु, मोबाइल अहिलेसम्म नभेटिनुले घटना झनै रहस्यमय बनाएको छ। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार मोबाइल नै नभेटिएकाले उक्त स्टेटस नै गायिका सुनारले नै लेखेको हो/होइन भन्ने यकिन हुननसकेको बताए।  हत्याको निष्कर्ष निकालेको प्रहरीले प्रेमी श्रेष्ठले नै उक्त स्टेटस लेखेको हुनसक्ने विश्लेषण गरको छ। 

पक्राउ परेलगत्तै प्रहरीसँगको सोधपुछमा श्रेष्ठले भने दुई जनासँगै बसेर मदिरा पिएको, केही समयमै आफू निदाएको, ब्युझिएपछि हेर्दा सुनार घाँटीमा सलको पासो लगाएर झ्यालको ग्रिलमा झुण्डिएको अवस्थामा देखेको दाबी गरेका थिए।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

झुण्डिएको देखेपछि सल फुस्काएर ओछ्यानमा राख्दा सुनार मृत भइकेको उनको दाबी थियो। उक्त सल प्रेमी श्रेष्ठले नै लिएर फरार भएका थिए। श्रेष्ठलाई पक्राउ गरेपछि उनकै बयानका आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित इन्भेष्टमेन्ट बैंक अगाडिको नालीबाट सल बरामद गरको थियो।

सम्बन्धित समाचार

लोकगायिका सुनारको पोस्टमार्ट रिपोर्ट: मृत्युको कारण ह्याङ्गिङ, ‘घाँटी दबाएको’ देखिएन
गायिका सुनार मृत्यु प्रकरण: मध्यराति सँगै बसेर मदिरा सेवन, मृत्युपछि प्रेमी सल बोकेर फरार!
गायिका सुनारको मृत्यु शंकास्पद देखियो, मोबाइलसमेत भेटिएन : प्रहरी
गायिका सुनार मृत्यु घटना : महाराजगञ्जको नालीमा फेला पर्‍यो सल
दोहोरी गायिका दिलमाया डेरामा मृत भेटिइन्, एक जना पक्राउ
 


 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्