• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गायिका सुनार मृत्यु प्रकरणमा ट्वीस्ट : हत्या भएको प्रहरी निष्कर्ष, अनुसन्धान फाइल बुझाउँदै

64x64
नारायण अधिकारी आइतबार, साउन १, २०७९  १४:१०
1140x725

काठमाडौं–लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा ट्वीस्ट आएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको हुनसक्ने बताइए पनि प्रहरीले विस्तृत अनुसन्धान गर्दा हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ। गायिका सुनारको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरी अनुसन्धान टुंग्याउनेतर्फ लागेको छ। 

असार ११ गते गायिका सुनारको शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरी टोलीले हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो। घटनाको अनुसन्धान गरिरहेको प्रहरी वृत्त बालाजुका प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम केसीले अनुसन्धान टुंग्याएर फाइल बुझाउन लागिएको नेपाल लाइभलाई जानकारी दिए। 

असार ११ गते शनिबार बिहान करिब ११ बजेतिर नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृत भेटिएकी थिइन्। गायिका सुनार मृत भेटिएको सूचना पाएलगत्तै वृत्त बालाजु, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा जुटेको थियो। सो क्रममा गायिका सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठ असार १२ गते पक्राउ परेका थिए। 

उनी पक्राउ परेसँगै मृतक गायिका सुनारका आफन्तले कर्तव्य ज्यानको कसुरमा किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गायिका सुनारले आत्महत्या गरेको र त्यसका लागि प्रेमी श्रेष्ठले बाध्य पारेको विश्लेषण गरेको थियो। तर विस्तृत अनुसन्धानका क्रमा सुनारले आत्महत्या गरेको नभई उनको हत्या भएको निष्कर्ष निकालेर फाइल बुझाउन लागिएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

‘सुरुवाती अनुसन्धाको क्रममा दुरुत्साहन हुनसक्ने विश्लेषण गरिएको थियो। तर विस्तृत अनुसन्धान गर्दा हत्या भएको देखिएपछि कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाउनु पर्ने रायसहित अनुसन्धान फाइल बझाउने तयारी गरेका छौं’ प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो। 

झुण्डिएर आत्महत्या गरेको भनिएका सुनारको शव ओछ्यामा हुनु, घटनाको केही समयअघि फेसबुकमा बाँच्न नसक्ने भन्दै स्टेटस लेख्नु, तर उक्त स्टेटस लेख्न प्रयोग भएको भनिएको मोबाइल अहिलेसम्म फेला नपर्नु, गायिका सुनारको सल लिएर प्रेमी फरार हुनुजस्ता कारणले सुनारले आत्महत्या गरेको नभइ हत्या भएको प्रहरी निष्कर्ष छ। 

त्रिवि शिक्षण अस्पतालमा गरिएको गायिका सुनारको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारणबारे ह्याङ्गीङ उल्लेख गरिएको थियो। ह्याङ्गिङ उल्लेख भए पनि सुनारको मृत्युबारे प्रहरीले हत्या भएको होइन भन्ने ठाउँ नभएको भन्दै अनुसन्धान अघि बढाएको थियो। ह्याङ्गिङ उल्लेख भए पनि झुण्डाएर हत्या भएको हुनसक्ने आँकलन गर्दै प्रहरीले अनुसन्धान गरेको थियो। अन्ततः प्रहरीले गायिका सुनारको हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान टुंग्याउने भएको छ।

अझै भेटिएन मोबाइल, 'बाँच्न सक्दिन' भन्दै कसले लेखेको थियो स्टेटस?
असार १० गते मध्यराति गायिका सुनारको फेसबुकको न्यूजफिडमा एउटा लामो स्टेटस देखिएको थियो । ‘बाँचेर पनि दिनदिनै मर्नु परेको, म बाँच्न सक्दिन यो दुनियाँ धेरै स्वार्थी छ। मैले आफ्नै इच्छाले यो कदम उठाएकी छु। कसैलाई दोष नलगाउनू’ गायिका सुनारको फेसबुकमा लेखिएको थियो।

Ncell 2
Ncell 2

यसको भोलिपल्टै गायिका सुनार मृत भेटिएकी थिइन्। गायिका सुनारको फेसबुकमार्फत् यी कुराहरु सार्वजनिक भएपछि उनका साथीले घरबेटीलाई फोन गरेर उनको अवस्था बुझ्न लगाउँदा मृत भेटिएकी थिइन्। अनुसन्धानको क्रममा फेसबुकमा स्टेटस लेखिएको रात प्रेमी श्रेष्ठ पनि गायिकासँगै उनकै कोठामा बसेको खुलेको थियो। 

सीसी टीभी फुटेजबाट प्रेमी श्रेष्ठ प्रेमिका सुनार बस्ने घरमा गएको दृश्य समेत देखिएको थियो। यसलाई प्रहरीले बलियो दलिलको रुपमा अनुसन्धान फाइलमा राखेको छ। अर्कोतर्फ श्रेष्ठ र गायिका सुनारको मोबाइल लोकेसन समेत एकै ठाउँमा देखिएपछि उनीहरु त्यसरातसँगै बसेको भन्ने पुष्टि भएको थियो। यो कुरा अभियुक्त श्रेष्ठले समेत स्वीकार गरिसकेका छन्। 

त्यो राति यी दुई जनासँगै बस्नु, आत्महत्या गर्ने जानकारी गराउँदै शंकास्पद स्टेटस आउनु, त्यसको भोलिपल्ट मृत भेटिनु, मोबाइल अहिलेसम्म नभेटिनुले घटना झनै रहस्यमय बनाएको छ। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार मोबाइल नै नभेटिएकाले उक्त स्टेटस नै गायिका सुनारले नै लेखेको हो/होइन भन्ने यकिन हुननसकेको बताए।  हत्याको निष्कर्ष निकालेको प्रहरीले प्रेमी श्रेष्ठले नै उक्त स्टेटस लेखेको हुनसक्ने विश्लेषण गरको छ। 

पक्राउ परेलगत्तै प्रहरीसँगको सोधपुछमा श्रेष्ठले भने दुई जनासँगै बसेर मदिरा पिएको, केही समयमै आफू निदाएको, ब्युझिएपछि हेर्दा सुनार घाँटीमा सलको पासो लगाएर झ्यालको ग्रिलमा झुण्डिएको अवस्थामा देखेको दाबी गरेका थिए।  

झुण्डिएको देखेपछि सल फुस्काएर ओछ्यानमा राख्दा सुनार मृत भइकेको उनको दाबी थियो। उक्त सल प्रेमी श्रेष्ठले नै लिएर फरार भएका थिए। श्रेष्ठलाई पक्राउ गरेपछि उनकै बयानका आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित इन्भेष्टमेन्ट बैंक अगाडिको नालीबाट सल बरामद गरको थियो।

सम्बन्धित समाचार

लोकगायिका सुनारको पोस्टमार्ट रिपोर्ट: मृत्युको कारण ह्याङ्गिङ, ‘घाँटी दबाएको’ देखिएन
गायिका सुनार मृत्यु प्रकरण: मध्यराति सँगै बसेर मदिरा सेवन, मृत्युपछि प्रेमी सल बोकेर फरार!
गायिका सुनारको मृत्यु शंकास्पद देखियो, मोबाइलसमेत भेटिएन : प्रहरी
गायिका सुनार मृत्यु घटना : महाराजगञ्जको नालीमा फेला पर्‍यो सल
दोहोरी गायिका दिलमाया डेरामा मृत भेटिइन्, एक जना पक्राउ
 


 

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ... खतिवडाले भने, 'नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ। रातको १२ बज... मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाउने बताए। मंगलबार, असोज २८, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी... सोमबार, असोज २७, २०८२
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्