• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गायिका सुनार मृत्यु प्रकरण: मध्यराति सँगै बसेर मदिरा सेवन, मृत्युपछि प्रेमी सल बोकेर फरार!

64x64
नारायण अधिकारी आइतबार, असार १२, २०७९  १६:५९
1140x725

काठमाडौं– लोकदोहोरी गायिका दिलमाया सुनार मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ। आफ्नै कोठाको ओछ्यानमा मृत अवस्थामा फेला परेकी सुनारको अनुसन्धानमा खटिएको प्रहरी टोलीले नयाँ नयाँ तथ्य फेला पारेपछि घटना थप रहस्यमय बन्दै गएको हो। 

शनिबार बिहान करिब ११ बजे सुनार मृत अवस्थामा भेटिएको जानकारी आएपछि प्रहरी वृत्त बालाजु, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले घटनाको अनुसन्धान गरिरहेका छन्।

अनुसन्धानका क्रममा सुनारको हत्या नै भएको हो भन्ने खुलिसकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सुनारले आत्महत्या गरेको हुनसक्ने र आत्महत्या दुरुत्साहनमा उनकै प्रेमी सूर्य भनिने खिलबहादुर श्रेष्ठको भूमिका रहेको हुनसक्ने विश्लेषण छ। 

जब मध्यराति गायिकाले फेसबुकमा लेखिन् –बाँचेर पनि दिनदिनै मर्न सकिनँ, मलाई माफ गर

गायिका सुनारले गत शुक्रबार मध्यराति फेसबुकमा एउटा स्टाटस लेखिन्। बाँचेर पनि दिनदिनै मर्नु परेको कुरा उनले स्टाटसमा उल्लेख गरिकी थिइन्। उनमा मानसिक तनावमा आएको हुनसक्ने प्रहरी विश्लेषण छ। ‘अब म बाँच्न सक्दिन यो दुनियाँ धेरै स्वार्थी छ। मैले आफ्नै इच्छाले यो कदम उठाएकी छु। कसैलाई दोष नलगाउनू’ फेसबुकमा सुनारले लेखेकी छन्। अझ अघि उनले लखेकी छन् ‘जीवनमा धेरै उतारचढाव आए। कसैको माया पाउन जति धेरै कोशिस गर्दा पनि पाइनँ।’

फेसबुकमा यस्तो स्टाटस लेखेको देखेपछि सुनारकै साथीले उनका घरेबेटीलाई सम्पर्क गरेर उक्त कुराको जानकारी गराएका थिए। शनिबार बिहान करिब १० बजेतिर घरबेटीले जानकारी पाएपछि सुनारको कोठामा गएर हेर्दा उनी आफ्नो बेडमा उत्तानो अवस्थामा मृत भेटिएकी थिइन्। त्यसपछि गायिका सुनार मृत अवस्थामा भेटिएको जानकारी प्रहरीले पाएको थियो। 

सँगै बसेर मदिरा सेवन, मृत्युपछि प्रेमी फरार
गायिका सुनार मृत भेटिएको भन्ने जानकारी आएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले नयाँ नयाँ तथ्य फेला पारेको छ। अनुसन्धानको क्रममा प्रहरीले उनका प्रेमी सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई शनिबार नै नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। 

यो पनि पढ्नुहोस्

गायिका सुनार मृत्यु घटना : महाराजगञ्जको नालीमा फेला पर्‍यो सल

श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुबाट पक्राउ गरेको हो। सुरुमा श्रेष्ठले आफूलाई सुनारको मृत्यु प्रकरणबारे केही जानकारी नै नभएको प्रहरीलाई बताएका थिए। तर प्रहरीले सुनार बस्ने नेपालटारस्थित कोठा आसपासका सिसी टिभी फुटेजबाट श्रेष्ठ सुनार बस्ने घरमा गएको दृश्य देखाएपछि भने उनले घटनाबारे बताएको एक अनुसन्धान अधिकृतले नेपाल लाइभलाई जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘सुरुमा श्रेष्ठले इन्कार गरेका थिए। पछि हामीले प्रमाण जुटाएपछि उनी बोल्न बाध्य भए’ अनुसन्धान अधिकृतले भने। अनुसन्धानको क्रममा प्रेमी श्रेष्ठ र गायिका सुनार शुक्रबार रातिसँगै सुनारको डेरा/कोठामा बसेको खुलेको छ। 

सुरुमा इन्कारी बयान दिँदै घटनाबारे आफू जानकार नै नभएको दाबी गरेका श्रेष्ठ त्यसरात सुनारकै कोठामा रहेको मोबाइल लोकशनबाट समेत खुलेको छ। मोबाइल लोकशन हेर्दा सुनार र श्रेष्ठको एकै ठाउँ देखाएको प्रहरी अधिकारीको भनाइ छ।

उनीहरुले त्यसरात सँगै लोकल मदिरा पिएको पाइएको छ। सुनारको कोठाबाट लोकल मदिरा समेत प्रहरीले बरामद गरेको छ।

‘उनीहरुबीच पहिल्यैदेखि सम्बन्धमा बेलाबेलामा दरार आएको हुनुपर्छ। त्यसदिन पनि केही खटपट भएको होला। फेसबुकमा स्टाटस लेखेको केही समयपछि नै सुनार मृत्यु भएको देखिन्छ’ अनुसन्धान अधिकारीको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यता पक्राउ परेका श्रेष्ठले आफूले सुनारको हत्या नगरेको दाबी गरेका छन्। उनका अनुसार मदिरा सेवन गरेपछि आफू केही समय निदाएको र ब्युझिएपछि हेर्दा सुनार घाँटीमा सलको पासो लगाएर झ्यालको ग्रिलमा झुण्डिएको अवस्था देखेको बताएका छन्।

No description available.
महाराजगञ्जमा भेटिएको सुनारको सल

त्यसपछि आफूले सल फुस्काएको तर त्यतिन्जेलमा सुनारको मृत्यु भइसकेको श्रेष्ठ बताएको प्रहरीले जनाएको छ। सुनारले आत्महत्या गरेपछि आफू फस्न सक्ने भन्दै पासो लगाएको सल लिएर भागेको श्रेष्ठको भनाइ छ। उक्त सल श्रेष्ठकै बयानका आधारमा प्रहरीले महाराजगञ्जस्थित इन्भेष्टमेन्ट बैंक अगाडिको नालीबाट बरामद गरको छ। 

१५ महिनादेखि ‘लिभिङ टुगेदर’मा
सुर्खेत घर भएकी गायिका सुनार श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर नेपालटारमा बस्दै आएकी थिइन्। उनका एक छोरा सुर्खेतमै बस्दै आएका छन्। यता प्रहरीले पक्राउ गरेका व्यक्ति श्रेष्ठ भने गोठाटारमा सुन पसल सञ्चालन गर्दै आएका छन्। उनीहरुबीच विगत १४/१५ महिनादेखि सम्बन्ध रहेको देखिएको छ। सुनार र श्रेष्ठ लिभिङ–टुगेदर जसरी नै बस्दै आएको पाइएको प्रहरीको भनाइ छ। घरबेटीले पनि श्रेष्ठ सुनारको कोठामा आइराख्ने व्यक्ति भएको बताएका छन्। 

'लिभिङ–टुगेदर रिलसन'मा रहेका उनीहरुबीच बेलाबेलामा खटपट हुनु र सोही कारण सुनारले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि पोष्टमार्टम रिपोर्ट आइनसकेकाले अहिले नै आत्महत्या हो भन्ने सक्ने अवस्था छैन। 

अझै फेला परेन मोबाइल
मृत गायिका श्रेष्ठको मोबाइल भने प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन। मृत्यु हुनु केही समय अघि मात्रै फेसबुकमा लामो ‘सुसाइड नोट’ लेख्नु तर मोबाइल भने फेला नपर्नुले घटनालाई थप शंकास्पद बनाएको अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले बताए। 

यता पक्राउ परेका श्रेष्ठले पनि मोबाइल बारे आफू जानकार नभएको दाबी गरेका छन्। ‘मोबाइल फेला परेको अवस्था धेरै कुराहरु खुल्थे होलान्। तर अहिलेसम्म मोबाइल फेला पार्न सकिएको छैन। हामी प्रयास गरिरहेका छौं’ एसएसपी कुँवरले भने। 

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्