काठमाडौं– बलिउड अभिनेता कार्तिक आर्यन तथा अभिनेत्री कियारा आडवाणी स्टारर फिल्म ‘भुल भुलैया–२’ले प्रदर्शनको ११ औं दिनसम्म विश्वभरबाट १७९ करोड ६४ लाख करोड भारतीय रुपैयाँ कमाएको छ। भारतीय फिल्म विश्लेषक तरण आदर्शकाअनुसार फिल्मको हालसम्मको कमाइ यो मात्रामा भएको छ।
‘भुल भुलैया–२’ कार्तिकको बक्स अफिसमा हिट भएको फिल्मको सूचीमा सामेल भएको छ। योसँगै कार्तिकले आफ्ना पछिल्ला ६ मध्ये ५ हिट फिल्म दिएका छन्। जसमा ‘धमाका’, ‘पति पत्नी और वो’, ‘लुका छुपी’, ‘सोनू के टिटु की स्वीटि’लगायतका फिल्महरु रहेका छन्।
हाल प्रदर्शनमा रहेको ‘भुल भुलैया–२’ले भारतमा मात्रै प्रदर्शनको ११ औं दिनमा मात्रै ५ करोड ५५ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ। फिल्मले भारतमा मात्रै पहिलो साता ९२ करोड ५ लाख भारतीय रुपैयाँको व्यापार गरेको थियो।
फिल्मलाई अनिस बम्जीले निर्देशन गरेका छन्। यो फिल्म २००७ मा प्रदर्शनमा आएको अक्षय कुमार स्टारर चर्चित हरर कमेडी फिल्म ‘भुल भुलैया’को सिक्वेल हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।