काठमाडौं- शीर्ष वरियताका नोभाक जोकोभिचलाई पराजित गर्दै पाँचौ वरीयताका राफायल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन्।
पेरिसमा मंगलबार राति भएको क्वाटरफाइनलमा सर्वियन नाडालले चिरपरिचित प्रतिद्वन्द्वी स्पेनिस जोकोभिचलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन्।
ग्रान्डस्लाम च्याम्पियन नाडालले ७–६ (७–४) ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भए।
यो जितसँगै नाडालले गत वर्ष सेमिफाइनलमा भोगेको हारको बदला लिन सफल भएका छन्।
१४औं पटक फ्रेन्च ओपन जित्ने लक्ष्यमा रहेको नाडालले अब सेमिफाइनलमा तेस्रो वरीयताका एलेसान्डर जेभेरेभसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।
जर्मनीका २५ वर्षीय जेभेरेभले स्पेनका युवा सनसनी कार्लाेस एल्कारेजलाई ६–४, ६–४, ४–६ र ७–६ ले पराजित गर्दै लगातार दोस्रो वर्ष सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।