complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

अन्ततः खुल्यो कांग्रेस महाधिवेशनको ढोका 

64x64
लिलु डुम्रे शुक्रबार, भदौ १८, २०७८  १४:३५
1140x725
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका कटुन्जेमा कांग्रेसको वडा अधिवेशन उद्घाटन गर्दै । तस्वीर: रोशन सापकोटा/ रासस

काठमाडौं- लामो समयको अन्योल पश्चात् अन्ततः नेपाली कांग्रेस १४ औं महाधिवेशनमा प्रवेश गरेको छ। ६ पटकसम्म सर्दै आएको महाधिवेशन कार्यतालिका यसपटक भने कार्यान्वयनको चरणमा पुगेको हो। शुक्रबारदेखि सुरु भएको वडा अधिवेशनसँगै कांग्रेस महाधिवेशमा होमिएको छ। यद्यपी, देशभरका सबै वडामा भने अधिवेशन शुक्रबार सुरु भएको छैन। 

निर्वाचन समितिलाई प्राप्त विवरण अनुसार ५६ जिल्ला मध्ये अधिकांशमा आज वडा अधिवेशन भएको छ। २१ जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक हुन सकेको छैन। क्रियाशील सदस्यता प्रकाशित नहुँदा ति जिल्लामा अधिवेशनको टुंगो छैन। गाउँ/नगरपालिका तहको संरचनामा भदौ २७ गते अधिवेशन हुने भएकाले त्यस अघि वडा अधिवेशन गर्नै पर्ने वाध्यता कांग्रेसलाई छ।

वडा तहको अधिवेशन सुरु भएपछि अब महाधिवेशन हुनेमा नेता/कार्यकर्ता ढुक्क देखिएका छन्। त्यसो त, केही दिन अघि उपसभापति विमलेन्द्र निधिले महाधिवेशन केन्द्रीत सम्पर्क कार्यालय खोलेपछि महाधिवेशन हुनेमा आशा पलाएको थियो।

यो पनि पढ्नुहोस्

पुजारीबाट आशीर्वाद लिएर निधिले सुरू गरे कांग्रेस सभापतिको ‘दौड’शुक्रबार, भदौ ११, २०७८

निधिले सम्पर्क कार्यालय सञ्चालन गरेको ३ दिनपछि महामन्त्रीमा गगन थापाले उम्मेदवारी दिने घोषणा गरे। गगनको उम्मेदवारी घोषणासँगै महाधिवेशन हुनेमा धेरै ढुक्क देखिए। 

उम्मेद्वारीको औपचारिक घोषणा गर्दै महाधिवेशन हुने कुरामा आश्वस्त बनाउने कार्य गरेको थापा स्वीकार्छन्। ‘यदि मेरो उम्मेद्वारी घोषणाले थप विश्वस्त बनायो भने त्यो मेरा लागि पनि सुखद् कुरा हो’ थापाले नेपाल लाइभसँग भने। 

वडा तहको अधिवेशन सुरु भएपछि नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ। महाधिवेशन हुने दिशामा पार्टी प्रवेश गरेसँगै शीर्ष तहका नेताहरुले शुभकामना सन्देश प्रवाह गरेका छन्।

महाधिवेशन गराउन आलटाल गर्दै आएको आरोप लाग्दै आएका सभापति शेरबहादुर देउवाले भिडिओ सन्देश मार्फत त्यसलाई चिर्ने प्रयास गरे। उनी भन्छन्, ‘पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै,  ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्‍याउनु हुनेछ।’ वडा तहको अधिवेशन शुभारम्भ गर्न देउवा शुक्रबार भक्तपुर पुगेका थिए। 

सभापतिमा देउवा निर्वाचित भएपछि उनको सर्वाधिक आलोचना गर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल पर्छन्। सभापति देउवाले विधि र पद्धति सभापतिले लत्याएको भन्दै आफ्नो समूहबाट उनले निरन्तर प्रतिवाद गर्दै आएका थिए/छन्। समयमा महाधिवेशन नगर्नुको मुख्य जिम्मेवार सभापति देउवा भएको आरोप पौडेलले लगाउँदै आएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

महाधिवेशन हुनेनै अवस्थामा पुगेपछि वरिष्ठ नेता पौडेलले कार्यकर्तालाई भने, ‘सबल नेतृत्वका लागि सानातिना कुरा बिर्सेर आफ्नो आत्माको पुकार सुन्नहोस्।’

सभापति देउवालाई उछिन्दै एक दिन अघि (बिहीबार) नै उनले भिडिओ सन्देश सार्वजनिक गरेका थिए।

ढिलै भएपनि १४ औं महाधिवेशन हुन लागेकोप्रति उनले खुसी व्यक्त गरे। वरिष्ठ नेता पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘हाम्रो पार्टीलाई एउटा सबल नेतृत्व र लोकतन्त्रप्रतिको निष्ठावान नेतृत्वको आवश्यक छ।’ पौडेलले ‘सबल र निष्ठावान नेतृत्व’ भन्दै त्यसका लागि आफू सक्षम रहेको सन्देश दिन खोजेका छन्। देउवाको निष्ठा र सबलताको पक्षमा उनले कयौं पटक प्रश्न उठाएका छन्।

संस्थापन पक्षबाटै सभापतिको उम्मेदवारी दिने घोषणा गरेका उपसभापति निधिले अन्य नेताको भन्दा व्यवस्थित सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संस्थापन पक्षका नेताहरुसँगै तुलनात्मक रुपमा उनलाई सहयोग कम प्राप्त छ। १४ औं महाधिवेशनले कांग्रेसलाई ताजा बनाउने निधिको विश्वास छ। ‘वैचारिक रुपमा प्रष्टता र वैचारिक रुपमा प्रतिवद्धता भयोे भने जनताले हामीलाई भरोसा गर्नेछन्’ निधि भन्छन्।

आसन्न महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने दौडमा रहेका महामन्त्री डा शशांक कोइराला वडा अधिवेशनले पार्टीको गति निर्धारण गर्ने बताउँछन्।

‘महाधिवेशनले कांग्रेसको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्नेछ। लोकतान्त्रिक व्यवस्थाको औचित्य र गरिमालाई उच्च राख्नु पर्नेछ।’ महाधिवेशन प्रक्रिया सुरु भएपछि कोइरालाको प्रतिक्रिया छ।

यो पनि पढ्नुहोस्

कांग्रेस भित्रका बेथिति बढार्न महामन्त्रीमा दाबी गरेको हुँ : गगन थापा [अन्तर्वार्ता]बिहीबार, भदौ १७, २०७८

सभापति बन्ने लाइनमा रहेका अर्का नेता प्रकाशमान सिंह महाधिवेशनलाई उत्सवका रुप लिन्छन्। ‘महाधिवेशन कांग्रेसका लागि एउटा उत्सव हो। महाधिवेशनले कांग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुन्छ,’ उनले भने, ‘कांग्रेसलाई बलियो बनाउने नेतृत्व वडाले जन्माउनु पर्छ।’

महाधिवेशनले पार्टी भित्र ताजा अक्सिजनको सञ्चार हुन्छ हुने बताउँदै दललाई चलायमान बनाउने बताउँछन् नेता डा शेखर कोइराला। महाधिवेशनलाई उत्सवको रुपमा अथ्र्याउँदै कोइरालाले ‘गुट र गिरोह’ समाप्त गर्न महाधिवेशन सफल विश्वास लिए। 

कांग्रेसको महाधिवेशन सर्दै आएकोप्रति असन्तुष्ट कोइरालाले भने, ‘महाधिवेशन विधान र संविधान भन्दा बाहिर गएर हुने परिस्थिति भविष्यमा आउन नदिने जिम्मेवारी अब हामी सवैको हो, कांग्रेसजनको हो।’ वडा पार्टी संरचना आधारभूत तह मात्रै नभएको नेता गगन थापा बताउँछन्। वडा तहको अधिवेशनले कांग्रेसलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने प्रवेशविन्दु भएको उनले बताए। 

गाउँ/नगर वडा अधिवेशन शुक्रबारदेखि सुरु भएपछि केन्द्रीय नेताहरु जिल्लामा पुगेका छन्। आफू पक्षीय क्षेत्रीय प्रतिनिधिको माहोल बनाउन तथा अधिवेशन सम्पन्न गर्न उनीहरु जिल्ला पुगेका हुन्।

यो पनि पढ्नुहोस्

वडा अधिवेशनको पूर्वसन्ध्यामा पौडेल पक्ष एक रहेको सन्देश दिने प्रयासबिहीबार, भदौ १७, २०७८

 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्