काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न १४ औं महाधिवेशनमा सबल नेतृत्वका लागि सानातिना कुरा बिर्सेर आफ्नो आत्मको पुकार सुन्न आग्रह गरेका छन्।
बिहीबार एक भिडियो अपिल जारी गर्दै नेता पौडेलले अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने दिशामा अघि बढ्न कांग्रेसमा सवल नेतृत्व आवश्यक भएको बताए।
‘ढिलै भएपनि नेपाली कांग्रेसको १४ औं महाधिवेशन हाम्रो सामु आएको छ। १८ गतेबाट देशव्यापी रुपमा वडाबाट नै हाम्रो पार्टीको निर्वाचन शुरु हुँदैछ। नेपालको अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने दिशामा र नेपाली कांग्रेस जनताको भरोसा बन्ने दिशामा हामीले काम गर्नुपर्ने छ,’ वरिष्ठ नेता पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘हाम्रो पार्टीलाई एउटा सबल नेतृत्व र लोकतन्त्रप्रतिको निष्ठावान नेतृत्वको आवश्यक छ।’
उनले सनातिना निजी कुराहरुलाई विर्सेर कांग्रेस पार्टीमा सबल नेतृत्वका लागि आफ्नो आत्माको पुकार सुन्न अपिल गरेका छन्।
‘हामीले आफ्ना सानातिना निजी कुरालाई बिर्सेर हामीले गर्दै आएको कठिन संघर्षलाई कसरी मुर्त रुप दिने कसरी कांग्रेस पार्टीले सबल नेतृत्व हासिल गर्ने त्यही अनुसार आफ्नो आत्मको पुकार सुनेर निर्णय गर्न सम्पूर्ण साथीहरुलाई अनुरोध गर्न चाहन्छु’ उनले भनेका छन्।
कोरोना संक्रमणको अवधिमा महाधिवेशन हुन लागेको भन्दै उनले स्वास्थ्य सावधानी अपनाउ सबैलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।