काठमाडौं– नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले आफू लामो समयदेखि राजनीतिमा रहेको विभिन्न पदमा बसेर काम गरिसकेकाले अब महामन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताए।
देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा समानान्तर महाधिवेशन गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।