काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा सक्रियरुपमा सहभागी हुन सबै कार्यकर्ता तथा शुभेच्छुकमा आग्रह गरेका छन्। आजदेखि पार्टीको १४औं महाधिवेशन सुरु भएको छ।
स्वदेश र विदेशमा रहेका पार्टीका सदस्य, शुभेच्छुक र शुभचिन्तक सबैलाई उनले महाधिवेशनलाई पर्वकारुपम लिई सहभागी हुन आग्रह गरेका छन्।
संवैधानिक बाध्यता अनुसार कोरोना महामारीकै महाधिवेशन गर्नुपर्ने बाभ्ध्यता आएको बताउँदै उनले सामाजिक दूरी कामय गरी सहभागी हुन नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेका छन्।
महाधिवेशनमा ८ लाखभन्दा बढी क्रियाशील सदस्य सहभागी हुनुलाई उनले पार्टीको सफलता भनेका छन्। लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वास्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुनसमेत उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काग्रेसलाई बलियो बनाउन जरुरी रहेको उनको उनको भनाइ छ। ‘नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ,’ उनले भनेका छन्, ‘त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु।’
महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा लागेको बताउँदै उनले भनेका छन्, ‘पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफुलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्याउनु हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।