complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

वडा अधिवेशनको पूर्वसन्ध्यामा पौडेल पक्ष एक रहेको सन्देश दिने प्रयास

64x64
लिलु डुम्रे बिहीबार, भदौ १७, २०७८  १७:३४
1140x725

काठमाडौं- वडा अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहमा खटपट नरहेको दाबी गरेको छ। बिहीबार पौडेल पक्षले आफ्नो समूह एकढिक्का रहेको सन्देश प्रवाह गर्ने प्रयास गरेको हो। 

सभापतिमा एकल उम्मेदवार चयन गर्न नसकेको उक्त समूहले आफूहरुबीच एकत्व कायम रहेको जनाएको छ। शुक्रबारबाट सुरु हुने वडा अधिवेशनलाई मध्यनजर गर्दै पौडेल पक्षका नेताहरु एउटै मञ्चमा देखिएका हुन्। 

तीन तहका नेताहरु एकत्रित भएर सभापतिमा आफ्नो समूहबाट एक जनाको उम्मेदवारी पर्ने दाबी गरिएको छ। दर्जनौं बैठक बस्दा व्यक्तिका नाममा सहमति हुन नसकेपछि पत्रकार सम्मेलन गरि आफूहरुबीच एकता कायमै रहेको देखाउने प्रयास गरिएको थियो।

पौडेल पक्षमा मूलतः सभापतिमा चार जनाको दाबी छ। वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइरालाले उम्मेदवारीबाट पछि हट्ने संकेत देखाएका छैनन्। एकले अर्कोलाई छोड्न तयार नभएका कारण पत्रकार सम्मेलन गर्नुपर्ने अवस्था आएको थियो। 

१३औं महाधिवेशनमा सभापतिमा पराजित पौडेल यसपटक सोही पदका लागि स्वभाविक दाबीकर्ता हुन्। उनी पक्षीय नेताहरुलाई उनले मनाउन सकेका छैनन्। एकपटकका लागि सहयोग गर्न उनले पटकौं आग्रह गर्दा समेत अन्य नेताले उनलाई अघि सार्न तयार भएका छैनन्। सभापतिमा आफ्नो परीक्षण नभएकाले साथ दिन पौडेलको  अन्य नेतासँग आग्रह छ।

कांग्रेस संस्थापक नेता बीपी कोइरालाका पुत्र डा शशांक कोइराला बाबुको विरासतमा सभापति हुने लाइनमा छन्। महामन्त्रीमा एक कार्यकाल सकाएका उनले सभापतिमा आफ्नो उम्मेदवारी स्वभाविक रहेको बताउँदै आएका छन्। संस्थापन पक्षका सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई हराउन सक्ने सक्षम प्रत्यासी आफू मात्रै हुने कोइरालाको जिकिर छ।

पार्टीको तल्लो तहदेखि आफ्नो हैसियत बढाउँदै गएका अर्का नेता प्रकाशमान सिंह पनि पछि हट्ने पक्षमा छैनन्। सभापतिमा आफ्नो उम्मेदवारी प्राकृतिक रहेको उनको दाबी छ। जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री हुँदै उपसभापतिको जिम्मेवारी उनले निर्वाह गरिसकेका छन्। विगतमा लामो समय देउवालाई साथ दिएका सिंह १२औं महाधिवेशनमा कोइराला क्याम्पमा आएका थिए। 

उनको नेतालाई सधैं प्रश्न हुने गर्छ, ‘सभापतिमा उम्मेदवार हुन मेरो के योग्यता पुगेन? काठमाडौंको भएकै कारण सभापतिमा म लड्न नपाउने हो?’ आफ्नो विगतको पृष्ठभूमि अघि सारेर सभापतिको दाबी गरेका उनी १४औं महाधिवेशनमा उक्त पदको दाबीबाट पछि नहट्ने बताउँदै आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

गत महाधिवेशनमा शशांकलाई महामन्त्री पद छोड्नुलाई ‘पश्चाताप’ मान्दै आएका अर्का नेता शेखर अरुलाई सभापतिको उम्मेदवार स्वीकार्ने पक्षमा छैनन्। केन्द्रीय सदस्यबाट पदाधिकारीमा सिँढि नचढेर उनी सभापतिको दाबी गरिरहेका छन्। गत महाधिवेशनपश्चात् सर्वाधिक जिल्ला पुगेका शेखर कार्यकर्तालाई भेट्ने नेतामा अग्रपंक्तिमा छन्। कार्यकर्ताको बल पाएका शेखर यसैपटक हरसम्भव सभापति बन्ने लाइनमा छन्। कार्यकर्ताका लागि अन्य नेताले भन्दा उनले नयाँ अजेण्डा पनि अघि सारेका छन्। सभापति एकपटक मात्रै बन्ने, सभापति बनेपछि प्रधानमन्त्री नबन्ने र १५औं महाधिवेशनमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने उनको प्रतिवद्धता छ। 

चार नेतामा सहमति हुन नसके सभापतिमा अन्य नेताले पनि उम्मेदवारी दिने बताएका छन्। सोही समूहबाट अर्जुननरसिंह केसी, रामशरण महत र सुजाता कोइराला पनि सभापतिको दाबी गर्दै आएका छन्। 

घण्टौंका छलफलले परिणाम नदिएपछि नेताहरु बिहीबार एकत्रित भएर ‘हामी एक ठाउँ छौं’ भन्ने प्रतिवद्धता जनाएका छन्। आजको कार्यक्रमपश्चात् सभापतिमा एकमात्रै उम्मेदवार आउन सक्ने आकलन अहिले नै गर्न सकिने अवस्था देखिएको छैन। कार्यकर्तामा रहेको आशंका निवारणका लागि पौडेलले भने, ‘हामीबीच खटपट नगरी एक भई अघि बढ्छौं। हामीहरुले सभापतिमा एउटा उम्मेदवारी दिन्छौं।’

वडा तहको अधिवेशन अघि सभापतिको एक उम्मेदवार अघि सार्ने भन्दै आएको पौडेल पक्षको आजको कार्यक्रमबाट आश्वस्त बनिहाल्न सकिने अवस्था भने छैन। आजसम्म हुन नसकेको सहमति केही दिनमा कसरी हुनसक्छ? भनी गरिएको प्रश्नमा नेता अर्जुननरसिंह केसीले भने, ‘हामीहरुको आजको उपस्थितिलाई पनि सहमतिका रुपमा बुझ्नुपर्दछ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१५औं महाधिवेशनमा सभापतिको प्रत्यासी हुने सम्भावना नदेखेका शीर्ष तहका नेताहरु आफूबाहेक अर्कोलाई स्वीकार्ने पक्षमा छैनन्। आजको कार्यक्रममा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका गगन थापा पनि सहभागी थिए। थापाको उपस्थितिले उनी पौडेल पक्षकै कुनै सभापतिको प्रत्यासीको प्यानलबाट महामन्त्री बन्ने सन्देश गएको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्