• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

पुजारीबाट आशीर्वाद लिएर निधिले सुरू गरे कांग्रेस सभापतिको ‘दौड’

64x64
लिलु डुम्रे शुक्रबार, भदौ ११, २०७८  १७:२०
1140x725

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ‘शक्ति प्रर्दशन’ सहित सम्पर्क कार्यालय खोलेका छन्। १४ औं महाधिवेशन केन्द्रीत कार्यालय सुरु गर्दा निधिले एकप्रकारको ‘तामझाम’नै गरेका छन्।

संस्थापन पक्षबाट नै सभापतिको दाबी गरेका निधिले सम्पर्क कार्यालय सञ्चालन गरेपछि मंसिरमा महाधिवेशन हुने आकलन पनि गरिएको छ। आफू निकटका नेता, कार्यकर्ता जम्मा गरे निधिले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन्।

निधिले शुक्रबारदेखि सञ्चालनमा ल्याएको कार्यालय अन्य नेताहरुको कार्यालय भन्दा भिन्न छ। पार्टी प्यालेसलाई नै निधिले सम्पर्क कार्यालय बनाएका छन्।

थापागाउँस्थित बानेश्वर व्याङ्क्वेटमा कार्यालय आरम्भ गरिएको छ। फराकिलो कार्यकक्ष भएको उक्त स्थानमा सचिवालयसहित सातै प्रदेशका छुट्टा छुट्टै डेस्क राखिएको छ। प्रदेश अनुसार सात प्रदेशका नेता कार्यकर्तालाई छुट्टा छुट्टै भेट्न मिल्ने गरि डेस्क सञ्चालन गरिएको छ।

सम्पर्क कार्यालयमा हेल्थ डेस्क पनि राखिएको छ। सम्पर्क कार्यालयमा नितान्त नयाँ प्रयोगको रुपमा हेल्थ डेस्क राखिएको हो। कांग्रेस संस्थापक नेता महेन्द्रनारायण निधिको नाममा रहेको महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले हेल्थ डेस्कमा सहयोग पुर्‍याएको छ। महेन्द्र नारायण उनका पिता हुन्।

सम्पर्क कार्यालयमा पुरुषोत्तम दाहाल, रामजी दाहाल लगायतले निधिलाई सहयोग पुर्‍याउने भएका छन्। निधि संयोजक रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पुरुषोत्तम दाहाल छन्। सञ्चार संयोजकका रुपमा निधिलाई रामजी दाहालले विगतदेखि नै सहयोग गर्दै आएका छन्।

तामझामसहित सम्पर्क कार्यालय आरम्भ गर्दा संस्थापन पक्षका नेताहरु अति न्यून देखिए। संस्थापन पक्षबाट केन्द्रीय सदस्यमा लक्ष्मी परियार र महेन्द्र यादव मात्रै देखिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

शुक्रबारको कार्यक्रम हेर्दा निधिलाई संस्थापन समूहका केन्द्रीय नेताबाट सहयोग हुने आकलन गर्न नसकिने देखिएको छ। वरिष्ठ नेता पौडेल पक्षमा रहेका केन्द्रीय सदस्य चन्द्र भण्डारी निधिलाई शुभेच्छा व्यक्त गर्न आइपुगेका थिए। 

मधेसबाट कांग्रेसको लामो राजनीति गर्दै आएका निधिले सभापतिको दाबी गर्दै कार्यालय सञ्चालन गरेका हुन्। पार्टीको सर्वोच्च पदमा उनको दाबी हुँदा स्वभाविक रुपमा उक्त क्षेत्रका कार्यकर्तामा उत्साह हुन्छ। परिणामतः प्रदेश २ का कार्यकर्ताको बाक्लो उपस्थिति कार्यक्रममा थियो।

प्रदेश २ का दुई जना जिल्ला सभापति उनलाई शुभेच्छा व्यक्त गर्न आइपुगेका थिए। निधिको गृह जिल्ला धनुषाका सभापति महेशशंकर गिरी र पर्साका सभापति अजय द्विवेदी सम्पर्क कार्यालय उद्घाटनका क्रममा आइपुगेका थिए। संस्थापनइतरमा रहेका डडेल्धुराका सभापति कर्णबहादुर मल्लले पनि निधिको उम्मेदवारीलाई स्वागत गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सभापतिको निर्वाचनको तयारीमा रहेका निधिले विभिन्न मन्दिरका पुजारीबाट शुभाशिष् लिएर सम्पर्क कार्यालय सुरु गरेका छन्। कार्यालय खोल्ने क्रममा निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोल्लेश्वर लगायत विभिन्न मन्दिरका पुजारी तथा पण्डितहरूबाट शुभाशिष् लिएका थिए।

पार्टी भित्रको धार्मिक मत बटुल्ने प्रयासका रुपमा पनि उनले मठ मन्दिरका पुजारीहरुलाई निम्त्याएको विश्लेषण गरिएको छ। धार्मिक स्वतन्त्रता कांग्रेसको सिद्धान्त रहेको उनले सम्बोधनका क्रममा बताए। ‘हिन्दू धर्मअनुसार पूजा गरेर मैले सम्पर्क कार्यालय सुरू गरें। धर्मका बारेमा धेरै बहस गर्नु जरुरी नै छैन। संविधानले आफ्नो धर्म मान्न कसैलाई रोकेको छैन’ निधिले भने।

सभापतिको उम्मेदवारीबाट पछि नहट्ने दृढता निधिले व्यक्त गरे। आगामी निर्वाचनमा तीनै तहमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन आफू सभापतिको उम्मेदवार बन्न लागेको निधिको भनाइ थियो।

‘मेरो सम्पूर्ण ध्यान नेपाली कांग्रेसको सभापति हुने कुराको लागि हो। मेरो उद्देश्य आगामी आम चुनावमा नेपाली कांग्रेसको रुख छापलाई देशभरमा बहुमत प्राप्त गराउनका लागि हो,’ निधिले भने, ‘म कसैलाई पराजित गर्न, कसैलाई असक्षम घोषित गर्न, कसैलाई रिटायर्ड गर्नको लागि सभापतिको उम्मेदवार हुन खोजेको होइन।’

निधिले संविधान बनाएको स्वामित्व कांग्रेसले लिन नसकेको बताए।

उनले भने, ‘सभापति बनेपछि जनता र मतदाताको वीचमा गएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको कांग्रेसले हो भन्न चाहन्छु।’ निधिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार संघीयता र गणतन्त्र पक्षधर नभएको सन्देश जनता र कांग्रेस कार्यकर्ताबीच पुर्‍याउने बताए।

क्रियाशील सदस्यतामा युवा उमेर समूह उल्लेख्य रहेको बताउँदै निधिले युवा पुस्तालाई मिलाएर अघि बढ्ने बताए। उनले भने, ‘देश विकासको नेतृत्व युवापुस्ताले गर्न सकोस्। त्यसको लागि म सहजकर्ताको भूमिका निर्वाह गर्न म सभापतिको उम्मेदवारी दिन लागेको छु।’ 

संस्थापनइतर रहेका नेता चन्द्र भण्डारीले सबै पक्षलाई समेटेर अघि बढ्न निधिलाई सुझाव दिए। गुट र उपगुटबाट बाहिर निस्कने नेतृत्व चाहेको उनले बताए। निधितर्फ हेर्दै भण्डारीले भने ‘विमल दाइ, हामी सबैलाई मिलाएर अघि बढ्नुपर्छ। यसपटकलाई शीर्ष नेताहरुलाई नेता मान्नेछौं। १५ औं महाधिवेशनमा सबैलाई बिदा गरेर नयाँ नेतृत्व बनाउने छौं।’ शीर्ष तहका नेताको दायित्व आफू उठ्छु भन्ने मात्रै नभई सबैलाई साथमा लिएर अघि बढ्छु भन्ने हुनुपर्ने उनको सुझाव थियो।

पत्रकार महासंघका पूर्व सभापति होमनाथ दाहालले आफ्नो पत्रकारिता कालमा सबैभन्दा बढी लेखेको नाम निधिको भएको स्मरण गरे। २०३६ सालमा नेविसंघको नेतृत्व देउवाले निधिलाई सुम्पेको बताउँदै फेरि त्यही परिस्थिति आएको बताए। तत्कालीन समयमा नेविसंघको नेतृत्व सुम्पेका देउवाले पार्टी नेतृत्व निधिलाई हस्तान्तरण गर्नुपर्ने उनको तर्क थियो।

देउवालाई निरन्तर सहयोग गर्दै आएका निधिलाई १४ महाधिवेशनमा सभापतिले साथ दिनुपर्ने तर्क डडेल्धुराका जिल्ला सभापति कर्ण मल्लको थियो।

सभापतिमा देउवालाई जिताउन १० औं महाधिवेशनमा बिजुलीबजारमा सम्पर्क कार्यालय सञ्चालन गरेदेखि हालसम्म निधिले सहयोग गरिरहेको स्मरण गरे। सभापति बनाउन विगत २१ वर्षदेखि निधिले गरेको त्याग देउवाले सम्झनुपर्ने मल्लको धारणा थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्