• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

छाउगोठ भत्काएर महिलालाई कहाँ पठाउने?

64x64
धनु विश्वकर्मा शुक्रबार, भदौ ११, २०७८  ०७:०४
1140x725

आमा हरेक महिनाको पाँच दिन छाउगोठमा सुत्न जानुहुन्थ्यो। सानो छँदा म ती पाँच दिन आमासँगै हुन्थेँ। ती दिनमा आमामाथि हुने व्यवहार मलाई अनौठो लाग्थ्यो।

पछि ठूलीआमा, भाउजू, काकी र छिमेकका दिदीबहिनीहरु छाउ बस्दा पनि जान थालेँ। म छाउगोठमा उहाँहरुको साथी हुन जान्थेँ। छाउ बार्ने सबैको साथी हुनपर्दा मेरो बास घरभित्रभन्दा छाउगोठमा बढी हुन्थ्यो। म छाउगोठको कुरुवा नै भएको थिएँ।

आमा छाउपडी बस्न थालेपछि घरबाट कपडा ल्याइदिने, भित्रको अरु सामान बाहिर ल्याउने, खाना ल्याइदिने लगायत जिम्मेवारी मेरै थियो। आमा र भाउजूले गर्ने काम पनि मैले गर्नुपर्थ्यो। दिनभरि घरभित्रको काम गर्ने र राति छाउगोठमा सुत्ने मेरो दैनिकी हुन्थ्यो। 

मेरो महिनावारी सुरु हुनुभन्दा पहिला नै मलाई यसबारे जानकारी थियो। निरन्तर छाउपडीमा सुत्नु परेपछि थाहा नहुने कुरै भएन। 

धनु विश्वकर्मा

हाम्रो परिवारको अलग्गै छाउगोठ थियो। पछि बार्दलीमा सुत्न थाल्यौँ। काकाको घरको एउटा कोठा अहिले पनि छाउगोठ (महिनावारी हँदा सुत्ने ठाउँ) भनेर छुट्याइएको छ। जो महिनावारी हुन्छन् सबैको सुत्ने थलो त्यही कोठा बनेको छ। त्यो कोठा घरको पहिलो तलामा छ। हाम्रोतिर घरको पहिलो तलामा गाईबस्तुको गोठ पनि हुन्छ।

म पहिलो चोटि महिनावारी हुँदा कक्षा ६ मा पढ्थेँ। त्यो दिनको घटना सम्झँदा अहिले पनि कहाली लाग्छ।

बाजुरा सदरमुकाम मार्तडीसम्म सडक पुगेको थिएन। सदरमुकाममा हाम्रो पसल थियो। म बुवासँग पसलको सामान लिन मौरे बजार गएको थिएँ। मार्तडीबाट मौरै एक दिनको पैदलमा पुगिन्थ्यो। मौरेसम्म ट्याक्टरले सामान ल्याउँथ्यो। त्यहाँबाट भारी बोकेर मार्तडी पुग्न पैदल दुई दिन लाग्थ्यो।

म नुन बोकेर बुवासँगै पाइला मिलाइरहेको थिएँ। बाटोमा हिँड्दाहिँड्दै महिनावारी भएँ। बासबस्ने ठाउँ पुग्दा शरीरभरि रगत भइसकेको थियो। हामी ताप्रिसेरा बजारमा बास बस्यौँ। भोलिपल्ट अर्को एक दिनको बाटो हिँड्न बाँकी नै थियो।

nimb
nimb
Ncell 2
Ncell 2

मनमा डर लागिरहेको थियो। अरुले थाहा पाउने हुन् कि भन्ने चिन्ता पनि थियो। बुवालाई भन्न पनि अप्ठ्यारो लागिरहेको थियो। आमा, भाउजू र गाउँका जति पनि महिनावारी हुन्थे, त्यो कुरा परिवारमा खुलेर बताउँदैन थिए। लाज मान्थे। ‘महिनावारी भनेको त लाजको विषय पो रहेछ’ भन्ने सोच बनिसकेको थियो। तर, बुवाले आफैँ थाहा पाउनु भयो।

कम्मरमा पछ्यौरा बेरेँ, अनि पाँच केजी नुन पिठ्युँमा बोकेर अर्को दिन साँझ घर पुगेँ। बुवाले आफैँ आमालाई सुनाउनुभयो। आमाले अलग बस्न लगाउनुभयो। तर, बुवा र दाजुभाइको मुख भने हेरेँ। कसैले रोकेनन्। 

महिनावारी भएको बेला स्कुलमा पनि समस्या पर्थ्यो। कहिले त बेन्चमा रगत लागेको हुन्थ्यो। महिनावारी भएर ड्रेसमा लाग्ला, अरुले थाहा पाउलान् भन्ने भय हुन्थ्यो। त्यसैले होला केटा साथीसँग नजिक हुन गाह्रो लाग्थ्यो। स्कुलमा पुरुष शिक्षक धेरै थिए। उहाँहरुलाई महिनावारी भएको भन्न लाज लाग्थ्यो। अथवा एक खालको डर पनि लाग्थ्यो। शिक्षिकालाई भने सजिलै भन्थ्यौँ। 

स्कुलमा त्यस बेला ‘महिनावारी प्राकृतिक हो’ भनेर पढाइ हुन्थ्यो। तर, पढाइ र व्यवहार स्कुलमै पनि समान थिएन। र, अहिलेसम्म पनि छैन।

प्राकृतिक रूपले मासिकश्रावको ‘वरदान’ पाए पनि ‘अछुत’ हुन्छौँ भन्ने छाप मस्तिष्कमा गढेको थियो। आमा, भाउजूहरूले जे गरे हामीले त्यही बुझ्यौँ र त्यसैलाई निरन्तरता दियौँ। त्यही यथार्थ लाग्थ्यो। सिङ्गो समाजले पालना गर्दै आएको विषय भएकोले विद्रोह गर्न सक्ने मानसिकता बनेकै थिएन। 

महिनावारी हुनु भनेको प्राकृतिक र शारीरिक रूपमा महिला प्रजननका लागि तयार हुनु पनि हो। सृष्टि संरक्षणार्थ मानव विकासको यो विशुद्ध प्रथम प्रक्रियालाई मान्छेहरू आफू अनुकूल बनाएर धर्म संस्कारसँग किन जोडेको होला? महिनावारी हुँदा मन्दिर जान नपाउने। पूजा गर्न नमिल्ने। भित्र पस्न नहुने। शारीरिक प्रक्रियालाई धर्ममा जोडेर महिलामाथि गरिएको यो चरम विभेद हो।

महिनावारी हुँदा प्रत्येक दिन छाउगोठको बास हुन्थ्यो। पढ्न नपाइने। होमवर्क गर्न नपाइने। त्यति बेला पक्की घरमा त बिजुली थिएन भने छाउगोठमा हुने कुरै भएन। 

बढ्दो उमेरमा माया र सुरक्षा चाहिने अवस्थामा अभिभावकबाट टाढिनु पर्दाको मानसिक पीडा छुट्टै हुन्थ्यो। हरेक महिनाको पाँच दिन अहिले पनि हाम्रो ‘हक’ खोसिन्छ।

छाउगोठमा हुने हिंसा त अर्को कहालीलाग्दो विषय छ। त्यहाँ बलत्कार गर्ने र ज्यानै लिनेसम्मका घटना भएका छन्। छाउगोठमा निसास्सिएर कतिपयको मृत्युसमेत भएको छ। सर्पले टोक्ने अथवा जंगली जनावरले आक्रमण गरेका घटना पनि सुनिन्छन्। 

हाम्रो धर्मले महिलालाई देवी मानेको छ। ती ‘देवी’ चाहिँ महिनावारी हुँदैनन् थिए होला? अझ हास्यास्पद कुरा महिनावारी हुँदा गाईबस्तु र फलफूलका बोटबिरुवा छुन नदिने। जनावर पवित्र हुने, तर महिनावारी भएको महिला अपवित्र हुने! हाम्रो चेताको स्तर यसले स्पष्ट बनाउँछ। अनि हामी कसरी प्रगतिशील छौँ भनेर भन्ने? 

खाना पकाउने, भाडा धुने र घरको अरु सबै काम छोरीको जिम्मामा हुन्छ। छोराले काम नगरे पनि हुने, छोरीले गर्नैपर्ने। 

महिनावारीको बेला शारिरीक रूपमा पनि अशक्त हुइन्छ। त्यति बेला आरामको खाँचो हुन्छ। प्रशस्त पोषणयुक्त खानाको जरुरी हुन्छ। हेरचाह र संरक्षणको आवश्यकता हुन्छ।  तर, परिस्थिति ठ्याक्कै उल्टो छ। दही, दूध त खानै पाइँदैन।

राजधानी काठमाडौंमा छाउगोठ छैनन्। तर, मानसिकतामा छाउगोठ जति नै भयानक छ। यहाँको ‘छाउप्रथा’ अलि भिन्न छ। छाउगोठ बस्न नपरे पनि विभेद उस्तै। पूजा कोठा जान नहुने, खाना पकाउन नमिल्ने, भाडा बस्ने महिलालाई ‘यता लुगा सुकाऊ, उता नसुकाऊ’ भन्ने, तुलसीको बोट नजिक जान नमिल्ने, छतमा जान नमिल्ने, भित्री वस्त्र सलमा लुकाएर सुकाउन पर्ने। इनार पनि छुन नहुने। यो ‘आधुनिक शैली’को छाउपडी प्रथा हो। 

मानसिकतामा नै बसेको छाउपडी प्रथा हटाउन ठूलै पापड पेल्नुपर्ने देखिन्छ। सुदूरपश्चिम र कर्णालीमा यो कुप्रथाविरुद्ध काम गर्ने संघसंस्थाको लहर छ। तर, यसबारे जति कार्यक्रम गरे पनि र खर्च गरे पनि नतिजामुखी छैन। वास्तवमा छाउगोठ भत्काएर समस्याको समाधान हुँदैन। त्यसको साटो महिलालाई ओडारमा खेदिन्छ। बरु कसरी व्यवस्थित बनाउने र चेतनाको लहर जगाउने भन्नेतर्फ ध्यान दिनुपर्छ।

छाउगोठ भत्काउनुअघि प्याड लगाउन सिकाउनुपर्छ। प्याड नपाउने ठाउँमा सफा कपडालाई कसरी प्याडको रुपमा प्रयोग गर्ने भन्ने सिकाउनुपर्छ।

गाउँमा अर्को पनि समस्या हुन्छ। संयुक्त परिवारका लागि पर्याप्त कोठा हुँदैनन्। परिवारका धेरै सदस्य एउटै कोठामा बस्नुपर्ने बाध्यता हुन्छ। अलग–अलग कोठा बनाउन सकिएको हुँदैन। त्यस कारण पनि छाउगोठ आवश्यक भइरहन्छ। किनभने एउटै कोठामा बसेर प्याड बदल्न र सफाइको काम गर्न सकिँदैन। त्यही कोठामा आराम गरेर बस्न पनि समस्या हुन्छ। शान्त वातावरण नहुन सक्छ। 

आज पनि गाउँमा आमा, काकी, भाउजूहरु भित्री वस्त्र लगाउँदैनन्। उनीहरुले प्याड लगाउन जानेकै छैन। प्याड नियमित किन्ने पैसा नहुन पनि सक्छ। आर्थिक नियन्त्रण पुरुषहरुकै छ। प्याड किन्नका लागि पनि पैसा माग्नुपर्ने हुन्छ। समस्या कति हुन्छन्, कति।

आज पनि गाउँमा आमा, काकी, भाउजूहरु भित्री वस्त्र लगाउँदैनन्। उनीहरुले प्याड लगाउन जानेकै छैन। प्याड नियमित किन्ने पैसा नहुन पनि सक्छ। आर्थिक नियन्त्रण पुरुषहरुकै छ। प्याड किन्नका लागि पनि पैसा माग्नुपर्ने हुन्छ। समस्या कति हुन्छन्, कति।

छाउगोठ भत्काएर महिलालाई सुरक्षित स्थान्तरण गर्ने ठाउँ तय गरिएको छैन। न त परिवारसँग बस्ने वातावरण छ, न चेतना पुगिसकेको छ। महिनावारीलाई उत्सवको रुपमा मनाउने वातावरण हुनुपर्ने हो, तर यो निकै परको कुरा हो। अहिले पनि महिनावारी ‘अपवित्रताको अलार्म’ भएको छ।

हरेक पुरुषले पनि बिहे गरेपछि सन्तान प्राप्तिको चाहना राख्छ। महिनावारी नहुने हो भने महिलाले बच्चा कसरी जन्माउन सक्छ? महिलाले जन्माएको बच्चा प्यारो हुने, अनि महिनावारी र गर्भधारण चैँ लज्जाको विषय बन्ने?

कतिपयले तर्क गर्छन्– महिला आफैंले महिनावारी भएकी अर्की महिलालाई छोइछिटो गर्छन्। यो समाज नै पितृसत्तात्मक छ। पुरुषले चलाएको चलनमा अन्जानवस महिलाले पनि साथ दिनु पितृसत्ताकै चरित्र हो। महिलाको जीवनको चक्र पुरुषले जसरी घुमायो त्यसरी नै घुम्ने हो।

यसको उदाहरण हाम्रो राज्य संयन्त्रलाई हेरे पुग्छ। कुनै समय राज्यका प्रमुख निकायको नेतृत्व महिलाले गरेका थिए। तीन अङ्गमध्ये न्यायपालिका र व्यवस्थापिकको नेतृत्वमा महिला थिए। सेरेमोनियल नै भए पनि सबैभन्दा उच्च ओहोदा राष्ट्रपति पदमा महिला नै आसिन छिन्। तर, महिला समानताको मुद्दा कति अघि बढ्न थाले त? हाम्रो संरचना कति पुरुषवादी छ भन्ने यसैले देखाउँछ।

कोही महिनावारी भएको महिलालाई पशुपतिमा पूजा गर्न लाउँदैमा, छाउगोठ भत्काउँदैमा, घरभित्र राख्दैमा समग्र महिलाको सामाजिक र सांस्कृतिक उत्थान भइहाल्दैन। महिलाका समस्याको व्यवस्थापन गर्ने आधार तयार हुनुपर्छ। जसमा पुरुषले समेत जिम्मेवारी लिनुपर्छ। यसमा पनि सैद्धान्तिक बहस हुन जरुरी पर्छ। 

छाउपडी प्रथाविरुद्धको अभियानमा महिला र पुरुषसँगै हुने हो भने यसलाई हटाउन नसकिने प्रश्नै छैन। हिजो खुला ठाउँमा दिसापिसाब गर्ने चलन तराई र पहाडमा नै व्याप्त थियो। तर, सरकारको अभियानमा सबैले साथ दिएपछि नेपाल दक्षिण एसियाकै पहिलो खुला दिशामुक्त देश भयो। 

नेपालमै कुनै समय सतिप्रथा थियो। त्यसलाई महिलाको समस्या मानेर छाडेको भए आज पनि हाम्रा आमा, हजुरआमाहरु मात्र होइन केहीपछि हामी पनि सति जानुपर्ने अवस्था हुन्थ्यो। समाज परिवर्तन हुन्छ भन्ने उदाहरण यी पनि हुन्। त्यसो भए छाउप्रथालाई भने हामी किन हटाउन सक्दैनौँ?

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
सिरुवारी पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध बुधबार, जेठ १३, २०८३
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै बुधबार, जेठ १३, २०८३
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
श्रम संस्कृति पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य गर्न निर्देशन मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्