• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती

64x64
नेपाल लाइभ आइतबार, भदौ १४, २०८३  १८:०४
1140x725

काठमाडौं– प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने गर्छ । विशेषगरी एकैपटक ठूलो संख्यामा शव प्राप्त हुँदा भावनात्मक पक्षसँगै वैज्ञानिक र कानुनी प्रक्रिया पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

फरेन्सिक मेडिसिन विज्ञ प्राडा हरिहर वस्तीका अनुसार मृतकको पहिचान, मृत्युको कारण पत्ता लगाउनेदेखि शवलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने काममा फरेन्सिक विज्ञानको भूमिका निर्णायक हुन्छ ।

‘फरेन्सिक’ शब्द प्रमाण र तथ्यसँग सम्बन्धित विषय भएको उल्लेख गर्दै वस्तीले फरेन्सिक मेडिसिनलाई चिकित्सा विज्ञानका तथ्य तथा ज्ञानको अदालतमा हुने उपयोगसम्बन्धी अध्ययनका रूपमा व्याख्या गरे ।

उनले भने,‘फरेन्सिस’ ग्रीक रोमन शब्द मानिन्छ । प्रमाणसँग सम्बन्धित शब्द हो । र फरेन्सिक भनेको जहिले पनि एड्जेक्टिभ (विशेषण) को रूपमा युज गरिन्छ । फरेन्सिक मेडिसिन भन्नेबित्तिकै चिकित्सा क्षेत्रको तथ्य तथा ज्ञानको खोज भनेर बुझ्नुपर्छ । यो शब्द अदालतमा पनि उपयोग हुन्छ । चिकित्सा विज्ञानको तथ्य तथा ज्ञानको अदालती उपयोगको अध्ययन गर्ने शास्त्र भनेर भनिन्छ ।’

उनका अनुसार फरेन्सिक मेडिसिन कानुनमा पनि आवश्यक पर्ने चिकित्सा पद्धती पनि हो । कुनै घटना भएको हो वा होइन, मृत्यु कसरी भयो, कसैको संलग्नता छ वा छैन भन्ने विषयमा निष्कर्षमा पुग्न तथ्य र प्रमाण आवश्यक हुन्छ । ती तथ्य तथा प्रमाण वैज्ञानिक ढंगले संकलन र विश्लेषण गर्ने भएकाले फरेन्सिकको महत्त्व हुन्छ ।

जिउँदोदेखि शवसम्म फरेन्सिकको भूमिका

फरेन्सिक मेडिसिनलाई मृत शरीर चिर्ने विषयका रूपमा मात्र बुझ्न नहुने डा.वस्ती बताउँछन् । जीवित व्यक्तिको परीक्षण पनि यसको महत्त्वपूर्ण हिस्सा हो ।

बलात्कार वा अन्य यौनजन्य अपराधका पीडित तथा आरोपितको परीक्षण, कुटपिटबाट लागेको चोटको परीक्षण, उमेर निर्धारणलगायतका काम फरेन्सिक मेडिसिनअन्तर्गत पर्छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

तर ठूलो विपद्का बेला यसको सबैभन्दा चुनौतीपूर्ण पक्ष शव परीक्षण र पहिचानसँग जोडिन्छ । कुनै व्यक्ति दुर्घटनामा परेको हो, आत्महत्या गरेको हो वा हत्या भएको हो भन्ने छुट्याउन शव परीक्षणबाट महत्त्वपूर्ण प्रमाण प्राप्त गर्न सकिने वस्तीको भनाइ छ । 

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने, ‘फरेन्सिक मेडिसिन भनेको मृत शरीर चिर्ने विषय मात्र होइन । जीवित व्यक्तिको परीक्षण पनि यसको महत्त्वपूर्ण हिस्सा हो । बलात्कार वा अन्य यौनजन्य अपराधका पीडित तथा आरोपितको परीक्षण, कुटपिटबाट लागेको चोटको परीक्षण, उमेर निर्धारणलगायतका काम पनि फरेन्सिक मेडिसिनअन्तर्गत पर्छन् । तर ठूलो विपद्का बेला यसको सबैभन्दा चुनौतीपूर्ण पक्ष शव परीक्षण र पहिचानसँग जोडिन्छ । कुनै व्यक्ति दुर्घटनामा परेको हो, आत्महत्या गरेको हो वा हत्या भएको हो भन्ने छुट्याउन शव परीक्षणबाट महत्त्वपूर्ण प्रमाण प्राप्त गर्न सकिन्छ ।’

ठूलो संख्यामा शव आएपछि चुनौती थपियो

हालैको बाढी तथा विपद्का कारण ठूलो संख्यामा शव प्राप्त भएपछि नेपालमा फरेन्सिक व्यवस्थापनको आवश्यकता झन् स्पष्ट भएको डा.वस्ती बताउँछन् ।

विपद्को सुरुवाती चरणमा एक–दुई शव प्राप्त हुँदा तत्काल उपलब्ध स्रोतसाधनबाट व्यवस्थापन गर्न सकिए पनि एकैपटक दर्जनौँ र सयौँ शव प्राप्त हुन थालेपछि अवस्था जटिल बन्ने उनको अनुभव छ ।

उनका अनुसार अहिले प्राप्त भइरहेका शवमध्ये धेरैको अवस्था बिग्रिँदै गएको छ । केही दिनमै शव फुल्ने, कुहिने र कीरा पर्ने भएकाले अनुहारका आधारमा मात्र आफन्तले पहिचान गर्न नसक्ने अवस्था आउन सक्छ ।

उनले भने, ‘विपद्को सुरुवाती चरणमा एक–दुईवटा शव आउँदा उपलब्ध स्रोतसाधनबाटै व्यवस्थापन गर्न सकिन्छ । तर एकैपटक दर्जनौँ र सयौँ शव आउन थालेपछि अवस्था जटिल बन्छ । अहिले प्राप्त भइरहेका धेरै शवको अवस्था बिग्रिँदै गएको छ । केही दिनमै शव फुल्ने, कुहिने र कीरा पर्ने भएकाले अनुहार हेरेर मात्रै आफन्तले पहिचान गर्न नसक्ने अवस्था आउँछ । त्यसैले यस्तो अवस्थामा शवलाई वैज्ञानिक विधिबाट परीक्षण गरेर उपलब्ध सबै प्रमाण सुरक्षित राख्नुपर्छ ।’

यस्तो अवस्थामा शवलाई वैज्ञानिक विधिबाट परीक्षण गरी उपलब्ध सबै प्रमाण सुरक्षित राख्नुपर्ने हुन्छ ।

शवको पहिचानका लागि के गरिन्छ ?

डा.वस्तीका अनुसार पहिचान नखुलेका शवको पहिचानका लागि मुख्यतः प्रारम्भिक र भरपर्दा वैज्ञानिक विधि प्रयोग गरिन्छ ।

प्रारम्भिक चरणमा शवको शारीरिक बनोट, अनुहार, पहिरन, गरगहना, घडी तथा अन्य व्यक्तिगत सामग्रीको अभिलेख राखिन्छ । शरीरमा रहेका ट्याटु, कोठी, खत, अप्रेसनका चिनो, असामान्य शारीरिक विशेषता वा औँलाको संख्या जस्ता विवरण पनि संकलन गरिन्छ ।

शवको फोटो खिचेर सम्पूर्ण विवरण अभिलेखीकरण गरिन्छ । औँठाछाप लिन सकिने अवस्था भए प्रहरीका फरेन्सिक तथा फिङ्गरप्रिन्ट विज्ञको सहयोगमा औँठाछापसमेत संकलन गरिन्छ ।

त्यसैगरी भविष्यमा आवश्यक पर्नसक्ने भएकाले डीएनए परीक्षणका लागि उपयुक्त नमुना सुरक्षित राखिन्छ ।

उनले भने, ‘पहिचान नखुलेका शवको पहिचानका लागि प्रारम्भिकदेखि वैज्ञानिक विधिसम्म प्रयोग गर्नुपर्छ । शवको शारीरिक बनोट, अनुहार, पहिरन, गरगहना, घडी तथा अन्य व्यक्तिगत सामग्रीको विवरण राखिन्छ । शरीरमा ट्याटु, कोठी, खत, अप्रेसनका चिनो वा अन्य कुनै विशेष पहिचानजन्य लक्षण छन् भने ती सबै अभिलेखीकरण गरिन्छ । शवको फोटो खिचिन्छ र अवस्था हेरेर औँठाछापसमेत संकलन गरिन्छ । त्यसका लागि फिङ्गरप्रिन्ट विज्ञको सहयोग लिनुपर्छ । भविष्यमा आवश्यक पर्न सक्ने भएकाले डीएनए परीक्षणका लागि उपयुक्त नमुनासमेत सुरक्षित राख्नुपर्छ ।’

शवलाई तत्काल नामबाट पहिचान गर्न नसकिने अवस्थामा निश्चित कोड वा नम्बर दिएर अभिलेख राखिन्छ । त्यसै नम्बरका आधारमा शवसँग सम्बन्धित सम्पूर्ण विवरण सुरक्षित गरिन्छ ।

आफन्तले दिने विवरण पनि उत्तिकै महत्त्वपूर्ण

शवको पहिचानमा मृतकको मृत्यु हुनुअघिको अवस्थासम्बन्धी विवरण अर्थात् ‘एन्टिमोर्टम डेटा’ महत्त्वपूर्ण हुन्छ ।

आफन्तले मृतकको उचाइ, कपालको अवस्था, शरीरमा रहेका कोठी वा खत, पुराना चोटपटक, शल्यक्रियाका चिनो, हड्डी भाँचिएको इतिहास, दाँतको अवस्था, नक्कली दाँत वा दाँतमा गरिएको उपचारलगायतका विवरण उपलब्ध गराउन सक्छन् ।

अर्कोतर्फ शव परीक्षणका क्रममा संकलन गरिएका विवरणलाई ‘पोस्टमार्टम डेटा’ का रूपमा राखिन्छ । 

यी दुई प्रकारका विवरणबीच तुलना गरेर पहिचानको सम्भावना खोजिन्छ । सामान्य हुलिया मिल्नु प्रारम्भिक आधार हुनसक्छ । तर भरपर्दो पहिचानका लागि औँठाछाप वा डीएनए जस्ता वैज्ञानिक प्रमाण आवश्यक पर्न सक्छन् ।

‘औँठाछाप मिल्यो भने पहिचान गर्न सकिन्छ । त्यो पनि सम्भव भएन भने डीएनए परीक्षणमा जानुपर्छ,’ वस्तीले भने, ‘डीएनए परीक्षणले आफन्तसँगको जैविक सम्बन्धका आधारमा पहिचान पुष्टि गर्न मद्दत गर्छ ।’

पहिचान तत्काल सम्भव हुँदैन

ठूलो विपद्का बेला सयौँ शव एकैपटक प्राप्त हुँदा सबैको पहिचान तत्काल गर्न सम्भव नहुने वस्तीको भनाइ छ । 

शवको वैज्ञानिक परीक्षण, विवरण संकलन, फोटो अभिलेख, औँठाछाप तथा डीएनए नमुना संकलनलगायतका कामका लागि निश्चित समय आवश्यक हुन्छ । 

उनका अनुसार विज्ञको संख्या बढाए पनि वैज्ञानिक प्रक्रियाको आफ्नै गति हुन्छ । एकैदिन ठूलो संख्यामा शव आएमा सबैको काम तत्काल सम्पन्न गर्न कठिन हुन्छ ।

त्यसैले पहिचान नखुलेका शवलाई सुरक्षित राख्ने व्यवस्था पहिल्यै तयार हुनुपर्ने उनको जोड छ ।

उनले भने, ‘ठूलो विपद्का बेला सयौँ शव एकैपटक आउँदा सबैको पहिचान तत्काल गर्न सम्भव हुँदैन । शवको वैज्ञानिक परीक्षण, विवरण संकलन, फोटो अभिलेख, औँठाछाप र डीएनए नमुना संकलनलगायतका कामका लागि समय चाहिन्छ । विज्ञको संख्या बढाए पनि वैज्ञानिक प्रक्रियाको आफ्नै गति हुन्छ, एकैदिन ठूलो संख्यामा शवको काम सकिँदैन । त्यसैले पहिचान नखुलेका शवलाई सुरक्षित राख्ने व्यवस्था पहिल्यै तयार हुनुपर्छ ।’

‘शव कहाँ र कसरी राख्ने ?’

ठूलो विपद्का बेला सबैभन्दा गम्भीर प्रश्न शव कहाँ र कसरी राख्ने भन्ने हुन्छ । वस्तीका अनुसार पर्याप्त शवगृह वा चिस्यानयुक्त भण्डारणको व्यवस्था नभए शवलाई अस्पताल वा बजार क्षेत्रमा लामो समय राख्दा सार्वजनिक स्वास्थ्य र वातावरणमा समेत समस्या आउन सक्छ ।

२०७२ सालको भूकम्पको अनुभव स्मरण गर्दै उनले त्यतिबेला काठमाडौंको महाराजगन्ज क्षेत्रमा शव व्यवस्थापन ठूलो चुनौती बनेको बताए । लामो समय शव व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको र पछि अस्थायी चिहानको समेत व्यवस्था गर्नुपरेको उनको भनाइ छ ।

यही अनुभवका आधारमा विपद्पछि शव व्यवस्थापनसम्बन्धी निर्देशिकालाई समयअनुकूल परिमार्जन गरिएको उनले बताए ।

उनले भने, ‘ठूलो विपद्का बेला सबैभन्दा ठूलो चुनौती शव कहाँ र कसरी राख्ने भन्ने हुन्छ । पर्याप्त शवगृह वा चिस्यानयुक्त भण्डारणको व्यवस्था छैन भने अस्पताल वा बजार क्षेत्रमा लामो समय शव राख्न सकिँदैन । २०७२ सालको भूकम्पमा पनि महाराजगन्ज क्षेत्रमा शव व्यवस्थापन निकै ठूलो समस्या बनेको थियो । लामो समयसम्म शव व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको थियो र पछि अस्थायी चिहानसमेत बनाउनुपरेको थियो । त्यही अनुभवका आधारमा विपद्पछि शव व्यवस्थापनसम्बन्धी निर्देशिकालाई पनि समयअनुकूल परिमार्जन गरिएको हो ।’

अस्थायी चिहान पनि वैज्ञानिक व्यवस्थापनको विकल्प

ठूलो संख्यामा शव प्राप्त हुँदा तत्काल सबैलाई चिस्यानयुक्त भण्डारणमा राख्न सम्भव नहुने अवस्थामा अस्थायी रूपमा गाड्ने विकल्प प्रयोग गर्न सकिने वस्ती बताउँछन् ।

तर त्यसरी गाडिएका शवलाई स्थायी रूपमा बेवारिसे बनाउने उद्देश्य भने नहुने उनको स्पष्टोक्ति छ ।

शवलाई वैज्ञानिक रूपमा अभिलेखीकरण गरेर निश्चित नम्बर वा कोड प्रदान गर्ने, आवश्यक नमुना संकलन गर्ने र स्थानको विवरण सुरक्षित राख्ने हो भनेपछि आफन्तले दाबी गर्दा पुनः पहिचान गर्न सकिने उनको भनाइ छ ।

उनले भने, ‘ठूलो संख्यामा शव प्राप्त हुँदा तत्काल सबैलाई चिस्यानयुक्त भण्डारणमा राख्न सम्भव हुँदैन । त्यस्तो अवस्थामा अस्थायी रूपमा गाड्ने विकल्प प्रयोग गर्न सकिन्छ । तर त्यसरी गाडिएको शव स्थायी रूपमा बेवारिसे बनाउने होइन । प्रत्येक शवको वैज्ञानिक रूपमा अभिलेखीकरण गरेर निश्चित नम्बर वा कोड दिनुपर्छ, आवश्यक नमुना संकलन गर्नुपर्छ र गाडिएको स्थानको विवरण सुरक्षित राख्नुपर्छ । त्यसो गरियो भने पछि आफन्त आएर दाबी गर्दा वैज्ञानिक प्रमाणका आधारमा पुनः पहिचान गर्न सकिन्छ ।’

उनका अनुसार अस्थायी चिहानमा शव गाड्दा सामान्यतः कुनै विशेष रसायन प्रयोग गर्न आवश्यक पर्दैन । शवलाई पर्याप्त गहिराइमा गाडेमा जनावरले उधिन्न नसक्ने र दुर्गन्धसमेत बाहिर नआउने हुन्छ ।

डा.वस्तीका अनुसार शवलाई छिटो गलाउने उद्देश्य भए नुन प्रयोग गर्न सकिने भए पनि पहिचानका लागि सुरक्षित राख्ने अवस्थामा त्यसको आवश्यकता हुँदैन ।

१२ वर्षसम्म पहिचानको कानुनी अधिकार

विपद्पछि गाडिएका अस्थायी चिहानका शवलाई लामो समयपछि पनि पहिचान गर्न सकिने व्यवस्था रहेको वस्ती बताउँछन् ।

उनका अनुसार सम्बन्धित निर्देशिकाले अस्थायी चिहानलाई १२ वर्षसम्मको अवधिसँग जोडेको छ । यस अवधिमा आफन्तले मृतकको पहिचानसम्बन्धी दाबी गरेमा उपलब्ध अभिलेख र वैज्ञानिक प्रमाणका आधारमा खोज तथा पहिचानको प्रक्रिया अघि बढाउन सकिन्छ ।

तर १२ वर्षपछि पनि चिहान तुरुन्त हटाइहाल्ने भन्ने अर्थ नलाग्ने उनले स्पष्ट पारे । मानवीयतासँग जोडिएको विषय भएकाले लामो समयपछि पनि पहिचानको प्रयास गर्न सकिने उनको भनाइ छ ।

उनले भने, ‘१२ वर्षसम्म त्यो चिहान अस्थायी चिहान हुन्छ । कसैले १२ बर्षपछि मेरो मान्छे खोजीदेउ भन्दाखेरि खोज्नुपर्छ । तर १२ वर्षपछि चाहिं क्लेम लाग्दैन । चिहान कसैले १२ वर्षको भोलिपल्ट फाल्दैन । चिहान त २० वा ४० वर्षसम्म बसिरहन्छ ।’

‘आत्तिएर होइन, वैज्ञानिक प्रणालीबाट अघि बढ्नुपर्छ’

डा.वस्तीका अनुसार ठूलो विपद्का बेला सबैभन्दा आवश्यक कुरा धैर्यता र व्यवस्थित प्रणाली हो । ‘आत्तिएर होइन, सिस्टेमेटिक एप्रोच लिनुपर्छ । वैज्ञानिक पद्धति अपनाउनुपर्छ,’ उनले भने ।

उनका अनुसार बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता देशमा पनि ठूलो विपद्का बेला सयौँ वा हजारौँ शवको पहिचान तत्काल सम्पन्न हुँदैन । त्यहाँ पनि शवको अभिलेखीकरण, सुरक्षित व्यवस्थापन, एन्टिमोर्टम तथा पोस्टमार्टम डेटा संकलन र वैज्ञानिक परीक्षणमार्फत क्रमशः पहिचान गरिन्छ ।

त्यसैले नेपालमा पनि ठूलो विपद्को सम्भावनालाई ध्यानमा राखेर पर्याप्त शवगृह, प्रशिक्षित जनशक्ति, फरेन्सिक विज्ञ, फिङ्गरप्रिन्ट विशेषज्ञ, डीएनए परीक्षणको क्षमता र व्यवस्थित अभिलेख प्रणाली तयार गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

‘आफन्तले आफ्नो मान्छेको शव तुरुन्त पाऊन् भन्ने स्वाभाविक चाहना हो । तर ठूलो विपद्का बेला वैज्ञानिक पहिचानका लागि समय लाग्छ । त्यसैले शवलाई सुरक्षित राख्नु र प्रमाण जोगाउनु नै अन्ततः आफन्तलाई सही शव हस्तान्तरण गर्ने आधार हो,’ वस्तीले भने ।

ठूलो विपद्मा मृत्युको संख्या गन्नु मात्र पर्याप्त हुँदैन । प्रत्येक शवको पहिचान, प्रमाणको संरक्षण र सम्मानजनक व्यवस्थापन पनि राज्यको उत्तिकै महत्त्वपूर्ण दायित्व हो । फरेन्सिक विज्ञानले यही दायित्व पूरा गर्न तथ्य, प्रमाण र विज्ञानलाई एउटै ठाउँमा जोड्ने काम गर्छ । 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना
छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध
खुर्कोटदेखि किमाथांकासम्म सडकमा समस्या, कतै समय तोकेर सवारी सञ्चालन
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना आइतबार, असोज ४, २०८३
छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध आइतबार, असोज ४, २०८३
खुर्कोटदेखि किमाथांकासम्म सडकमा समस्या, कतै समय तोकेर सवारी सञ्चालन आइतबार, असोज ४, २०८३
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना आइतबार, असोज ४, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो: एकजना घाइते, प्रहरी अनुसन्धान गर्दै शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्