फाइल तस्बिर
विराटनगर– सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर घाइते भएका युवकको पहिचान खुलेको छ। गोली लागेर स्थानीय निरज यादव घाइते भएका हुन्।
शनिबार बेलुका अज्ञात समूहले चलाएको गोली यादवको तिघ्रामा लागेको वडाध्यक्ष सूर्यनारायण पालले जानकारी दिए। गोली लागेर गम्भीर घाइते यादवलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार घटनामा संलग्न समूहको पहिचान भने खुलिसकेको छैन। प्रहरीले गोली चलाउने व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
घटनापछि स्थानीयवासी आक्रोशित भएका छन्। थप अप्रिय घटना हुन नदिन प्रहरीले क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।